विदेश

बग्दादमा विस्फोटमा ६९ को मृत्यु

बग्दाद, ५ जेठ। इराकको राजधानी बग्दाद र छिमेकी इलाकमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ। चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो। उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। मङ्गलबार अपराहृन सो विस्फोटहरू भएका थिए। सिया मुसलमान समुदायको बलियो प्रभाव रहेको इलाकाहरुमा गरिएको यस आक्रमणको… पुरा पढौ

चिनियाँ निजी क्षेत्रलाई लगानी गर्न प्रधानमन्त्रीको आग्रह

पोखरा, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित नेपाली तथा चिनियाँ व्यापारिक समुदायलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र नै चिनियाँ अर्थतन्त्रसँग समाहित भएको यस घडीमा नेपाल यसबाट बाहिर रहन नसक्ने बताए। उनले चीन आफ्नो विशाल भूगोलका कारणले नभई इतिहासमै… पुरा पढौ

थापा मेम्बरस अफ ब्रिटिस एम्पाएरबाट विभूषित

बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्व ब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई 'मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गरिएको छ। [caption id="attachment_44690" align="aligncenter" width="690"] a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 …Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fsf] qmddf kf]v/fsf] lj|l6; SofDkdf /x]sf] ;lxb :df/sdf >4fGhnL ck{0f ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;[/caption]   समाजसेवा र सहासी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा… पुरा पढौ

ब्रसेल्स विष्फोटमा २६ मारिए

पोखरा, ९ चैत। बेल्जियम र युरोपियन युनियन (इयु)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राटि्रय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ।   विष्फोटको धमाकाले त्यस आसपासका जनमानसमा ठूलो त्रास उत्पन्न भएको छ। दुर्इ ठाउँमा भएको विष्फोटमा अहिलेसम्म २६ जनाको ज्यान गएको पुष्टि भएको छ। मङ्गलबार स्थानीय समयअनुसार बिहान करिब ८ बजेको व्यस्त समयमा विमानस्थल डिपार्चर एरियामा भएको बम… पुरा पढौ

नेपाल-चीन १० सम्झौता, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पक्का

पोखरा, ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन सोमबार द्विपक्षीय १० बुँदे सम्झौता एवम् समझदारी भएको छ।   दुर्इ देशका प्रधानमन्त्रीको उपस्थितिमा भएको सम्झौतामा दुर्इ देशबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यान्वयनका लागि आर्थिक एवम् प्राविधिक सहयोगसम्बन्धी सम्झौता, यातायात तथा पारवहन, हुम्ला र सिवारा नदी (हिल्सा) मा पुल निर्माण, व्यवस्थापन, मर्मतलगायतमा सम्झौता भएको हो। पोखरामा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय… पुरा पढौ

ह्यारीको स्वागतमा आतुर पोखरा

पोखरा, ७ चैत। पोखरा लाहुरेहरूको सहर। लाहुरे इतिहासको लामो कालखण्ड पार गरेको पोखराले अहिले पनि लाहुरेहरू जन्माइरहेका छ। भारत बेलायतलगायतका देशसँग गोर्खा सैनिकको सम्बन्ध जोडेको पोखराले दुर्इ यस वर्ष पूरा गरिसकेको छ। इमान्दार र साहसी सेनाका रूपमा नाम कमाएको गोर्खा सैनिकको सहर पोखराले मङ्गलबार अर्को अवसर प्राप्त गर्दैछ। बेलायती सेनामा सेवा गरेकाहरूको सहर पोखराले बेलायती राजकुमार हेनरी चार्ल्स अर्ल्बर्ट डेभिड… पुरा पढौ

प्रधानमन्त्री बेइजिङमा

पोखरा, ७ चैत। प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणको क्रममा आइतबार चीनको राजधानी बेइजिङ पुगेका छन्। प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङ्गको निमन्त्रणामा १४ गतेसम्म हुने भ्रमणका क्रममा आइतबार त्यहाँ पुगेका हुन्। प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लिउ जेन मिन, चीनका लागि नेपाली राजदुत डा. महेशकुमार मास्के तथा परराष्ट्र मन्त्रालय तथा राजदुतावासका उच्चपदस्थ अधिकारीहरुले स्वागत… पुरा पढौ

सार्कका विदेशमन्त्रीहरू पोखरामा

पोखरा, ३ चैत। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सम्मेलन अबदेखि नोभेम्बर महिनामा मात्रै हुने भएको छ।   प्रत्येक दुर्इ वर्षमा हुने सम्मेलन यसअघि अवस्था हेरी गर्ने गरिएको थियो। पोखरामा जारी सार्क बैठक अन्तर्गत बुधबारको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। यद्यपि यसलाई बिहीबार हुने परराष्ट्र मन्त्री स्तरीय बैठकले अन्तिम निर्णयका रुपमा सार्वजनिक गर्नेछ। महिना तोकिए पनि गते भने… पुरा पढौ

सार्क बैठक पुरानै निर्णयमा केन्द्रित

पोखरा, २ चैत। दुर्इ दिनदेखि पोखरामा जारी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को कार्यक्रम समितिको बैठकले नयाँ एजेण्डाका रूपमा सामुदायिक वन व्यवस्थापनलाई प्रस्ताव गरेको छ। वन संरक्षण र वनबाट गर्न सकिने आयआर्जनलाई मध्येनजर गरी सामुदायिक वन व्यवस्थापनको प्रस्तावअघि सारिएको कार्यक्रमका अध्यक्ष तथा परराष्ट्र मन्त्रालयका सह-सचिव मणिप्रसाद भट्टराईले जानकारी दिए। 'यो प्रस्तावले गरिबी न्यूनीकरण, ग्रामिण विकास र जलवायु परिवर्तन कम हुने… पुरा पढौ

‘चीनसँग आधा दर्जन समझदारी’

काठमाडौँ, १ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणमा दुर्इ देशबीच करिब आधा दर्जन विषयमा समझदारी हुने भएको छ। परराष्ट्रमन्त्री कमल थापाले मिडिया नेपालद्वारा सोमबार आयोजित घोषणासभालाई सम्बोधन गर्दै छिमेकी मित्र राष्ट्रको भ्रमणका अवसरमा पारवहन, व्यापार, लगानीलगायत विषयमा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने जानकारी दिए। नेपालको पूर्वाधार विकासका बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा महत्वपूर्ण कुराकानी र निर्णय हुने… पुरा पढौ