विदेश

टर्कीमा सैनिक विद्रोह प्रयास

अंकरा (र्टर्की), १ साउन। टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह 'कु' को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या एक सय ६१ पुगेको शनिबार बताएका छन्। घटनामा एक हजार चार सय ४० जना घाइते भएका छन् भने सरकारले दुर्इ हजार आठ सय ३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले बताए। थप केही सेनालाई विद्रोह… पुरा पढौ

मेसीको सन्यास

पोखरा, १३ असार। अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। कोपा अमेरिकाको महत्वपूर्ण पेनाल्टीमा मेसीले गोल गर्न चुकेसँगै उनले सन्यास घोषणा गरेका हुन्। 'मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, 'मैले जे जति गर्न सक्थें सबै गरेजस्तो लाग्छ तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’ चिलीले अर्जेन्टिनालाई ४-२ ले पछि पार्दै गत… पुरा पढौ

बेलायत इयुबाट अलग

काठमाडौ, १० असार। बेलायतमा भएको जनमत संग्रहमा युरोपीय युनियन (इयु)बाट बाहिरिने पक्ष विजयी भएको छ। इयुमा रहिरहने कि अलग हुने भन्नेबारे बेलायतमा बिहीबार ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्रतिशत मतदाताले इयु छाड्ने पक्षमा मत दिएका छन्। प्रतिस्पर्धात्मक चुनावमा इयुमा रहिरहनु पर्छ भन्ने पक्ष थोरैपछाडि पर्‍यो। इयु छाड्न पर्ने पक्षमा एक करोड ७४ लाख १० हजार सात सय… पुरा पढौ

अफ्गानिस्तानसहित चार देशमा जान रोक

काठमाडौँ, ९ असार।सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार रु. १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए। काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले काबुलबाट तिनको… पुरा पढौ

आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु

  काठमाडौं, ६ असार। आत्मघाती बम आक्रमणमा परी अफ्गानिस्तानको राजधानी काबुलमा सोमबार १२ नेपालीको मृत्यु भएको छ। आक्रमणमा परी सात जना गम्भीर घाइते छन्। १२ वर्षअघि इराकमा १२ नेपाली आतंककारी आक्रमणको निशाना बनेको घाउ सेलाउन लागेको बेला सोमबार काबुलमा विपत्ति दोहोरिएको छ। फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीमाथि सोमबार बिहान ५.४० बजे गरिएको भएको आत्मघाती आक्रमणमा निदोर्ष नेपालीले ज्यान… पुरा पढौ

श्रीलङ्कामा बाढी, पहिरोबाट ६३ को मृत्यु

कोलोम्बो, ७ जेठ। श्रीलङ्काको कैयौ जिल्लामा जारी भारी वर्षा र त्यसका कारण आएको बाढी, पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ। श्रीलङ्काली सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार यस पहिरोमा परी ६३ को मृत्यु हुनुको साथै सयौँ बेपत्ता भएका छन्। शुक्रबार श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार उक्त बाढीका कारण चार लाख ५० हजार बढी व्यक्ति नराम्ररी प्रभावित भएका… पुरा पढौ

बग्दादमा विस्फोटमा ६९ को मृत्यु

बग्दाद, ५ जेठ। इराकको राजधानी बग्दाद र छिमेकी इलाकमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ। चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो। उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। मङ्गलबार अपराहृन सो विस्फोटहरू भएका थिए। सिया मुसलमान समुदायको बलियो प्रभाव रहेको इलाकाहरुमा गरिएको यस आक्रमणको… पुरा पढौ

चिनियाँ निजी क्षेत्रलाई लगानी गर्न प्रधानमन्त्रीको आग्रह

पोखरा, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित नेपाली तथा चिनियाँ व्यापारिक समुदायलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र नै चिनियाँ अर्थतन्त्रसँग समाहित भएको यस घडीमा नेपाल यसबाट बाहिर रहन नसक्ने बताए। उनले चीन आफ्नो विशाल भूगोलका कारणले नभई इतिहासमै… पुरा पढौ

थापा मेम्बरस अफ ब्रिटिस एम्पाएरबाट विभूषित

बेलायती महारानी एलिजावेथ द्वितीयबाट पूर्व ब्रिटिस गोर्खा क्याप्टेन भक्तबहादुर थापालाई 'मेम्बरस अफ ब्रिटिस एम्पाएर’ पदकबाट विभूषित गरिएको छ। [caption id="attachment_44690" align="aligncenter" width="690"] a]nfotsf /fhs'df/ x]g/L rfN;{ cNj6{ 8]le8 …Xof/LÚ g]kfnsf] kfFrlbg] cf}krfl/s e|d0fsf] qmddf kf]v/fsf] lj|l6; SofDkdf /x]sf] ;lxb :df/sdf >4fGhnL ck{0f ub}{ . tl:a/ M k|bLk/fh jGt,/f;;[/caption]   समाजसेवा र सहासी एवम् बहादुरी कार्यमा अतुलनीय योगदान गर्ने ब्रिटिस गोर्खा… पुरा पढौ

ब्रसेल्स विष्फोटमा २६ मारिए

पोखरा, ९ चैत। बेल्जियम र युरोपियन युनियन (इयु)को राजधानी ब्रसेल्सदेखि करिब ११ किमी टाढा रहेको जाभेन्तम अन्तर्राटि्रय विमानस्थलमा शक्तिशाली बम बिष्फोट भएको छ।   विष्फोटको धमाकाले त्यस आसपासका जनमानसमा ठूलो त्रास उत्पन्न भएको छ। दुर्इ ठाउँमा भएको विष्फोटमा अहिलेसम्म २६ जनाको ज्यान गएको पुष्टि भएको छ। मङ्गलबार स्थानीय समयअनुसार बिहान करिब ८ बजेको व्यस्त समयमा विमानस्थल डिपार्चर एरियामा भएको बम… पुरा पढौ