विदेश

दाहाल-सीबीच भेटवार्ता

[caption id="attachment_51145" align="alignnone" width="690"] rLgsf /fi6«klt ;L lhglkª / k|wfgdGqL bfxfnaLr e]6a]Olhªdf ;f]daf/ rLgsf /fi6«klt ;L lhglkª / k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú aLr e]6 ub}{ . tl:a/ M ;f}hGo, k|wfgdGqLsf] lghL ;lrjfno . /f;;[/caption] काठमाडौं, १४ चैत । प्र्रधामन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपालसँग यसअघि भएका सम्झौताको कार्यान्वयनसँगै… पुरा पढौ

प्रमद्वारा बोआओ मञ्चलाई सम्बोधन

काठमाडौं, १२ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले भूपरिवेष्ठित देशले सहज पारवहन पाउनुपर्ने बताएका छन्। चीनको पर्यटकीय नगरी बोआओमा शनिबार एशियाली मञ्चको वाषिर्क सम्मेलन उद्घाटन समारोहमा बोल्दै उनले विश्वव्यापीकरणको एसियाली मोडल विकास गर्नुपर्ने पनि बताए। एशिया विश्व अर्थतन्त्रको ‘पावर हाउस’ भएको भन्दै प्रधानमन्त्री दाहालले सम्बोधनमा ‘विश्व अर्थतन्त्रलाई गति दिने र आविष्कारको हव बन्ने दिशमा एशिया अघि बढेको’ जनाए। समावेशितालाई अनिवार्य गर्न सकेमा… पुरा पढौ

नेपालीलाई आममाफी दिने

लेखनाथ, २० कात्तिक। पासपोर्ट तथा अन्य आवश्यक कागजपत्र नभएर गैरकानुनी रुपमा बसेका नेपालीलाई कतार सरकारले  १ डिसेम्बर २०१६ सम्ममा आममाफी दिने भएको छ। रोजगारीको सिलसिलामा कतार आइसकेपछि विभिन्न कारणले संम्बन्धित कम्पनी छाडी लुकिछिपी काम गर्ने नेपालीलगायतलाई विना शर्त आफनो देश र्फकन निश्चित समयका लागि कतार सरकारले आममाफी घोषणा गरेको हो। गैरकानुनी रुपमा बसेका नेपाली नागरिकलाई  यो सुवर्णयअवसर रहेको कतारका लागि… पुरा पढौ

टर्कीमा सैनिक विद्रोह प्रयास

अंकरा (र्टर्की), १ साउन। टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह 'कु' को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या एक सय ६१ पुगेको शनिबार बताएका छन्। घटनामा एक हजार चार सय ४० जना घाइते भएका छन् भने सरकारले दुर्इ हजार आठ सय ३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले बताए। थप केही सेनालाई विद्रोह… पुरा पढौ

मेसीको सन्यास

पोखरा, १३ असार। अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। कोपा अमेरिकाको महत्वपूर्ण पेनाल्टीमा मेसीले गोल गर्न चुकेसँगै उनले सन्यास घोषणा गरेका हुन्। 'मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, 'मैले जे जति गर्न सक्थें सबै गरेजस्तो लाग्छ तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’ चिलीले अर्जेन्टिनालाई ४-२ ले पछि पार्दै गत… पुरा पढौ

बेलायत इयुबाट अलग

काठमाडौ, १० असार। बेलायतमा भएको जनमत संग्रहमा युरोपीय युनियन (इयु)बाट बाहिरिने पक्ष विजयी भएको छ। इयुमा रहिरहने कि अलग हुने भन्नेबारे बेलायतमा बिहीबार ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्रतिशत मतदाताले इयु छाड्ने पक्षमा मत दिएका छन्। प्रतिस्पर्धात्मक चुनावमा इयुमा रहिरहनु पर्छ भन्ने पक्ष थोरैपछाडि पर्‍यो। इयु छाड्न पर्ने पक्षमा एक करोड ७४ लाख १० हजार सात सय… पुरा पढौ

अफ्गानिस्तानसहित चार देशमा जान रोक

काठमाडौँ, ९ असार।सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार रु. १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए। काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले काबुलबाट तिनको… पुरा पढौ

आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु

  काठमाडौं, ६ असार। आत्मघाती बम आक्रमणमा परी अफ्गानिस्तानको राजधानी काबुलमा सोमबार १२ नेपालीको मृत्यु भएको छ। आक्रमणमा परी सात जना गम्भीर घाइते छन्। १२ वर्षअघि इराकमा १२ नेपाली आतंककारी आक्रमणको निशाना बनेको घाउ सेलाउन लागेको बेला सोमबार काबुलमा विपत्ति दोहोरिएको छ। फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीमाथि सोमबार बिहान ५.४० बजे गरिएको भएको आत्मघाती आक्रमणमा निदोर्ष नेपालीले ज्यान… पुरा पढौ

श्रीलङ्कामा बाढी, पहिरोबाट ६३ को मृत्यु

कोलोम्बो, ७ जेठ। श्रीलङ्काको कैयौ जिल्लामा जारी भारी वर्षा र त्यसका कारण आएको बाढी, पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ। श्रीलङ्काली सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार यस पहिरोमा परी ६३ को मृत्यु हुनुको साथै सयौँ बेपत्ता भएका छन्। शुक्रबार श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार उक्त बाढीका कारण चार लाख ५० हजार बढी व्यक्ति नराम्ररी प्रभावित भएका… पुरा पढौ

बग्दादमा विस्फोटमा ६९ को मृत्यु

बग्दाद, ५ जेठ। इराकको राजधानी बग्दाद र छिमेकी इलाकमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ। चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो। उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। मङ्गलबार अपराहृन सो विस्फोटहरू भएका थिए। सिया मुसलमान समुदायको बलियो प्रभाव रहेको इलाकाहरुमा गरिएको यस आक्रमणको… पुरा पढौ