अर्थ/बजार

कास्कीमा मसलन्द तथा अन्य सामान सप्लायस सङ्घ गठन

पोखरा, १५ चैत। कास्कीमा रहेका स्टेशनरी  तथा पुस्तकलगायतका व्यवसाय गर्दै आएका व्यवसायीको एक भेलाले सुरेन्द्र पौडेलको अध्यक्षतामा नौ सदस्यीय मसलन्द तथा अन्य सामान सप्लायस सङ्घ गठन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा श्रीराम सुवेदी, द्वितीय उपाध्यक्षमा राजकुमार तमु, सचिवमा भगवान पोख्रेल, सहसचिवमा चन्द्रकान्त पौडेल र कोषाध्यमा दीपक सुवेदी रहेका छन्। नवगठित तदर्थ समितिको सदस्यमा दीपेन्द्र आचार्य, जीत कुँवर र कञ्चन अधिकारी… पुरा पढौ

नमस्ते बचतको आजदेखि औपचारिक कारोबार

वालिङ, १५ चैत। स्याङ्जाको वालिङ तथा आसपासका युवाहरूको सक्रियतामा वालिङ मोडमा स्थापना भएको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रबारदेखि औपचारिक रुपमा कारोबार सुरु गर्दैछ। युवा सिर्जनाको भकारी, गरिबी निवारणमा प्रतिबद्ध हाम्रो सहकारी भन्ने मूलनाराका साथ युवाहरूको पहलमा स्थापना भएको सहकारीले विशेष गरी युवावर्गलाई स्वयं रोजगारीतर्फ लक्षित गरी कर्जा लगानी गर्ने लक्ष्य लिइएको संस्थाका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए।… पुरा पढौ

चौथो हेमजा आलु महोत्सवलाई विभिन्न सङ्घ-संस्थाले सहयोग गर्ने हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महोत्सवको भूमिका महत्त्वपूर्ण

पोखरा, १५ चैत। विष्णुपादुका क्लब हेमजाको संयोजनमा आगामी चैत २१ गतेदेखि हेमजामा हुने चौथो हेमजा आलु महोत्सव २०६९ सङ्घसंस्था तथा सुरक्षा निकायले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। महोत्सव मूलआयोजक समितिले आयोजना गरेको वृहत् छलफल कार्यक्रममा सहभागी सरकारी निकायका प्रमुख, विभिन्न सङ्घ-संस्था तथा सुरक्षा निकायका प्रमुखहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। हेमजामा हुने गरेको महोत्सवले हेमजाको कृषि क्षेत्रलाई उजागर गर्न महत्त्वपूर्ण… पुरा पढौ

गुप्तेश्वर महिला सहकारीको पहिलो वाषिर्कोत्सव

पोखरा, १२ चैत। गुप्तेश्वर महिला बचत तथा ऋण सहकारी संस्था पोखरा १७ छोरेपाटनको पहिलो वाषिर्कोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ। वाषिर्कोत्सवका अवसरमा नववर्ष २०७० सालको शुभकामना आदानप्रदान तथा तथा नववर्षको क्यालेण्डर विमोचन कार्यक्रम आयोजना गरिएको थियो। क्यालेण्डरको विमोचन संस्थाका अध्यक्ष सीता बराल तथा सल्लाहकार सरिता घिमिरेले संयुक्तरूपमा गरेका थिए।कार्यक्रममा सल्लाहकार घिमिरेले सहकारीका माध्यमबाट महिलाको सशक्तीकरण भएको दाबी गर्दै एक वर्षमै… पुरा पढौ

माझठाना कृषि सहकारीको नाफा १४ लाख

पोखरा, १२ चैत। कास्कीको माझठाना गाविसमा रहेको साना किसान कृषि सहकारी संस्थाले आर्थिक वर्ष ०६८/०६९ मा  १४ लाख ८५ हजार खुद मुनाफा गरेको छ। शनिबार सम्पन्न सातौं वाषिर्क साधारणसभाको अवसरमा दिइएको जानकारी अनुसार संस्थाले दुर्इ करोड ८० लाख कर्जा लगानी गरेको छ। संस्थाको शेयर पूँजी ५९ लाख ५९ हजार, निक्षेप एक करोड २५ लाख, बाह्य स्रोत ८९ लाख रहेको छ… पुरा पढौ

लिटिल लनर्स मन्टेश्वरीको प्रथम वाषिर्कोत्सव

पोखरा, १० चैत। लिटिल लनर्स मन्टेश्वरी, पोखरा-२ को प्रथम वाषिर्कोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि कन्या क्याम्पस, नदीपुरका क्याम्पस प्रमुख सुरेन्द्र भारीले बालमैत्री शिक्षा प्रदान गर्न मन्टेसरी शिक्षाको महत्वपूर्ण स्थान हुने धारणा राखे। उनले शिक्षिकाहरुलाई तालिमको अवसर प्रदान गरी अझ परिकृतरुपमा मन्टेश्वरी सञ्चालन गर्न सुझाव दिए।सो अवसरमा पिसजोन एकेडेमीका संस्थापक योगेन्द्र शर्मा दाहालले पनि बोलेका… पुरा पढौ

एकैपटक १६ वटा डेरी उद्योगको अनुगमन

पोखरा, ८ चैत। जिल्ला अनुगमन समिति कास्कीले बिहीबार कास्की जिल्लामा सञ्चालित डेरी उद्योगको अनुगमन गरेको छ। अनुगमन समितिले पाँचवटा अनुगमन टोली एकैपटक एउटै समयमा परिचालन गरी कास्की जिल्लामा सञ्चालित १६ वटा डेरी उद्योगको अनुगमन गरेको हो। डेरीबाट बिक्री वितरण हुँदै आएको दूधको गुणस्तर परीक्षण गर्ने उद्देश्यले अनुगमन गरिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष एवं जिल्ला अनुगमन समिति कास्कीका सदस्य कपिलनाथ कोइरालाले… पुरा पढौ

जल्धारे बचत तथा ऋण सहकारीको अध्ययन अवलोकन भ्रमण

लेखनाथ, ८ चैत। जल्धारे बचत तथा ऋण सहकारी संस्था लेखनाथ ४ ले सहकारीबीच अन्तरसम्बन्ध विस्थार एवं शेयर सदस्यको मनोवल वृद्धिमा सहयोग पुग्ने गरि तीन दिने अध्ययन अवलोन भ्रमण सम्पन्न गरेको छ। गत चैत ५ गतेदेखि ७ गतेसम्म भएको ३१ सदस्यीय भ्रमण टोलीले स्याङ्जाको वालिङमा रहेको उपकार बचत तथा ऋण सहकारी संस्था, कालीगण्डकी जलविद्युत आयोजना, पाल्पा दरवार, रूपन्देहीको सामूहिक विकास बचत… पुरा पढौ

चौथो हेमजा आलु महोत्सवको तयारी तीव्र आलुकै परिकार २५ प्रकारका

पोखरा, ५ चैत। विष्णुपादुका क्लब हेमजाको संयोजनमा आगामी चैत २१ गतेदेखि हेमजामा हुने चौथो हेमजा आलु महोत्सव-२०६९ को तयारी तीव्र पारिएको छ। महोत्सव सफल बनाउनका लागि मूल समिति र विभिन्न उपसमितिले आफ्नो कामलाई तीव्र बनाएको सोमबार हेमजामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। ‘सुन्दर गाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔ’, ‘आलु एक परिकार अनेक’ भन्ने मूलनाराका साथ आयोजना गरिएको उक्त… पुरा पढौ

पुष्प व्यापार मेलामा झण्डै १० लाखको कारोबार

पोखरा, २९ फागुन। फ्लोरिकल्चर एशोसिएसन नेपाल जिल्ला कार्यसमिति कास्कीद्वारा पोखरामा आयोजित चौथो व्यापार मेला म·लबार सम्पन्न भएको छ। पाँच दिनसम्म पोखराको सहभागृह परिसरमा चलेको मेलामा साढे नौ लाख रुपैयाँ बराबरको कारोबार भएको आयोजकको दाबी छ। यस्तै मेलाको १६ हजार जना दर्शकले अवलोकन गरेका छन्। संस्थाका संस्थापक अध्यक्ष बसन्त बानियाँले मेलामा नौ लाख ५० हजार रुपैयाँ बढीको कारोबार भएको र १६… पुरा पढौ