अर्थ/बजार

लेखनाथ हार्डवेयर एशोसिएसनद्वारा स्टेशनरी सामग्री वितरण

लेखनाथ, २ असार। लेखनाथ हार्डवेयर एशोसिएसनले छैटौं वाषिर्कोत्सव अवसरमा विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ। एशोसिएसन आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा २९, नवदुर्गा अधारभुत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई स्टेशनरीसहित झोला वितरण गरेको हो। एशोसिएसन सल्लाहकार सदस्य सुदीप गुरुङले विद्यार्थीलाई चक्लेट वितरण गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी र अतिथिले विद्यार्थीलाई स्टेशनरी सहितको झोला प्रदान गरेका थिए।… पुरा पढौ

उत्पादनमूलक क्षेत्रमा लगानीमा जोड

पोखरा, २८ जेठ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) र कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा बचत तथा ऋण सहकारीको कास्की जिल्लास्तरीय प्रथम महिला गोष्ठी सम्पन्न भएको छ। प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए। आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए। नेफ्स्कुनका केन्द्रीय अध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रमा महिलाको… पुरा पढौ

महिला उद्यमी मेला तयारी पूरा 

पोखरा, २८ जेठ। पोखरामा जेठ ३० देखि असार २ गतेसम्म हुन लागेको महिला उद्यमी मेला-२०७५ तयारी पूरा भएको छ। 'आर्थिक समृद्विका लागि महिला उद्यमशीलता’ भन्ने मूलनाराका साथ पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमितिले मेला आयोजना गर्न लागेको हो। मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ। 'मेला तयारी पूरा भएको छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यमी मेला संयोजक सीता… पुरा पढौ

पोखरामा मोवाइल टावर

पोखरा, २८ जेठ । महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ । पाँचतले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्ने गरी मोवाइलको मात्र बजार शुरु भएको हो । यहाँ ८० वटा सटरमा मोवाइल पसल रहने छन् । अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निःशुल्क पार्किङ व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् ।… पुरा पढौ

उज्यालोमा आगलागी, २ करोड क्षति

पोखरा, २६ जेठ । पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरुको समूहले खोलेको 'उज्यालो बजार’मा शुक्रबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ। चिप्लेढुंगास्थित सिर्द्धार्थ मिनीमार्केटमा सञ्चालनमा रहेको उक्त बजारमा शुक्रबार मध्यरात करिब १२ बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन कार्कीले जानकारी दिए। आगलागीबाट बजारका ६० वटा सटरमध्ये… पुरा पढौ

गरिमाको दम्पत्ति बचत खाता योजना

पोखरा, २३ जेठ । गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ। झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष  चन्द्रकान्त बरालले सो बचत योजनाको शुभारम्भ गरे। प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न जिल्लामा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्व सन्ध्यामा सो योजना सार्वजनिक गरिएको बताइएको छ। बैंकमा गरिमा दम्पति बचत खाता खोल्ने ग्राहकले वाषिर्क ९ प्रतिशत व्याज प्राप्त… पुरा पढौ

जय मनकामना सहकारीको वाषिर्कोत्सव

पोखरा, १७ जेठ । जय मनकामना बचत तथा ऋण सहकारी संस्था लामाचौर पोखराको २० औं वाषिर्कोत्सव कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सहकारी निकै संघर्ष गरेर अहिलेको अवस्थामा आएको अध्यक्ष पौडेलले बताए ।  कार्यक्रममा संस्थाका सल्लाहकार पुष्पेन्द्र पाण्डे, सुरेन्द्रमानसिंह भण्डारी लगायतले बोलेका थिए । लामाचौरमा मुख्य कार्यालय रहेको सहकारीको चिप्लेढुङ्गामा सेवा केन्द्र छ । थप ४ सेवाकेन्द्र संचालन तयारी भइरहेको छ । करिब ५५ करोड कारोबार… पुरा पढौ

१३ खर्ब १५ अर्बको बजेट

[caption id="attachment_61625" align="alignnone" width="690"] cy{dGqL 8f=o'j/fh vltj8fåf/f ;+;bdf cfly{s jif{ @)&%÷@)&^ sf] jflif{s jh]6 k|:t't ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt,/f;;[/caption] पोखरा, १५ जेठ। सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। संघीय संसद्को मंगलबारको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट… पुरा पढौ

पृथ्वी सहकारी अवलोकन भ्रमण

पोखरा,  १४ जेठ। पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेयर सदस्य तथा कर्मचारीलाई सहकारी अध्ययन अवलोकन भ्रमण गराएको छ। जेठ ११ देखि १३ गतेसम्म भएको भ्रमणक्रममा बुद्धको जन्मस्थल लुम्बिनीका विभिन्न गुम्बा, सरोवर, मन्दिर लगायत ऐतिहासिक एवं पुरातात्विक स्थल भ्रमण गरिएको थियो।त्यस्तै, नवलपरासीस्थित शास्वतधाम हुँदै सौराहाका विभिन्न ठाउँको अवलोकन गरि चितवन, शारदानगरस्थित नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अन्तर्क्रिया गरिएको… पुरा पढौ

गण्डकीको रत्नचोक शाखा उद्घाटन

पोखरा, १३ जेठ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको यात्रा समृद्घकिो यात्रा रहेको बताएका छन्। पोखराको रत्नचोकमा गण्डकी विकास बैंकको शाखा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्। उनले आर्थिक समृद्धिको यात्रा पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरुबीच सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए। उनले अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र वैकहरुले पनि यी… पुरा पढौ