अर्थ/बजार

इलेक्ट्रोनिक्स व्यवसायीका तर्फबाट पौडेलको उम्मेदवारी

पोखरा, २ भदौ।पोखरा उद्योग वाणिज्य सङ्घको आसन्न अधिवेशनमा पोखराका इलेक्ट्रोनिक्स व्यवसायीले नारायण पौडेललाई अगाडि सारेका छन्। पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष पौडेललाई पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यमा सर्वसम्मत अगाडि सारिएको सङ्घका अध्यक्ष श्रीप्रसाद घलेले जानकारी दिए। पोखरामा इलेक्ट्रोनिक्स व्यवसायी आजसम्म नेतृत्वमा पुग्न नसकेकाले यसपटक एकीकृत ढ·ले अगाडि बढेको घलेको भनाइ छ। पोखराका करिब तीन सय इलेक्ट्रोनिक्स व्यवसायीको हितका… पुरा पढौ

जननी तीज विशेष पश्चिमाञ्चल हस्तकला व्यापार मेला सुरु

पोखरा, ३१ साउन। पोखराको प्रदर्शनी केन्द्रमा शनिबारदेखि जननी तीज विशेष पश्चिमाञ्चल हस्तकला व्यापार मेला २०७१ सुरु भएको छ। कास्की पोखरा हस्तकला संघ र रेडियो जननी ९०.६ को संयुक्त आयोजनामा 'उद्यमशिलतामा सँगसँगै अगाडि बढौं’ भन्ने नाराका साथ आयोजित मेला भदौ ८ गतेसम्म चल्नेछ। मेलाको कास्कीका चार सभासद् रवीन्द्र अधिकारी, शारदा पौडेल, वृन्दा राना र तेजकुमारी पौडेलले संयुक्त रुपमा उद्घाटन गरे। काङग्रेस… पुरा पढौ

अमरसिंह व्यापार समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन

पोखरा, ३१ साउन।अमरसिंह व्यापार समितिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले ओमप्रसाद सुवेदीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। समितिको उपाध्यक्षमा पूर्णकला पोखरेल, सचिवमा श्रीधर रानाभाट, कोषाध्यक्षमा शान्तकुमार श्रेष्ठ, सहसचिवमा पार्वती पोखरेल तथा सदस्यमा सीता भुषाल, साविर अलि, प्रेमनारायण पौडेल र बालकृष्ण बास्तोला रहेका छन्। सो कार्यक्रमको निर्वाचन संयोजकमा राजेन्द्र घिमिरे तथा सदस्यद्वय फातुमा… पुरा पढौ

बन्द हाते कागज उद्योग पुनः सञ्चालनमा

म्याग्दी, २७ साउन।म्याग्दीको रुम र लुलाङमा बन्द भएका दुर्इ हाते कागज उद्योग पुनः सञ्चालनमा आएका छन्। वि. सं २०६५ मा रुम-९ मा स्थापना भएको सोले हब्स प्रालि र लुलाङ-५ मा रहेको ढोरपाटन गेटवे हब्स प्रालि बन्द भएको करिब चार वर्षपछि सामुदायिक व्यवस्थापनमा पुनः सञ्चालनमा आएका हुन्। उद्योग बन्द हुँदा लाखौँको उपकरण अलपत्र परेको अवस्थामा पुनः सञ्चालनमा आएपछि स्थानीय स्रोत र… पुरा पढौ

पोखरा बस व्यवसायीको नयाँ कार्य समिति

पोखरा, २४ साउन।पोखरा बस व्यवसायी समितिको १२ औं अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै शुक्रबार सम्पन्न भयो। अधिवेशनबाट रमेश गिरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।वरिष्ठ उपाध्यक्षमा देउप्रसाद गुरुङ, उपाध्यक्षमा क्षेत्रबहादुर राना, सचिवमा अमृत शर्मा तिमिल्सिना, सहसचिवमा देवीप्रसाद कुइँकेल र कोषाध्यक्षमा चन्द्रमान गुरुङ चयन भएका छन्। यसैगरी सदस्यमा पदमबहादुर केसी, रामकृष्ण भण्डारी,र्र् इश्वर गुरुङ, सीता गुरुङ, गोविन्दबहादुर… पुरा पढौ

पुस्तक व्यवसायी र मसलन्द सङ्घको कार्यगत एकता

पोखरा, २४ साउन।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र मसलन्द तथा अन्य सप्लायर्स सङ्घबीच एकता भएको छ। शनिबार बसेको दुवै संस्थाको संयुक्त बैठकबाट उक्त कार्यगत एकता गर्ने निर्णय भएको हो। करिब डेढवर्ष अगाडि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घबाट अलग भई मसलन्द तथा अन्य सप्लायर्स सङ्घमा आवद्ध भई आफ्ना क्रियाकलाप गर्दै आएकोमा भौगोलिक र व्यवसायिकरूपमा एउटै प्रकृतिको पेशा व्यवसाय भएको… पुरा पढौ

डेभिजफल सहकारीको तेस्रो वाषिर्क साधारणसभा

पोखरा, २४ साउन।डेभिजफल बचत तथा ऋण सहकारी संस्था लिले शनिबार तेस्रो वाषिर्क साधारणसभा सम्पन्न गरेको छ। उक्त सभामा प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारीका सिद्धान्तविपरीत कार्य गर्ने सहकारीलाइ कारबाही गरिने बताए। उनले भने-'कतिपय सहकारीले सिद्धान्तविपरीत बढी से बढी लाभांश कमाउन आफ््नो क्षेत्राधिकार नाघेर लगानी गरेको पाइएमा कारबाहीमा पर्नेछन्।’ उनले सहकारीलाई अगाडि बढाउनको लागि शेयर सदस्यहरूको… पुरा पढौ

बिजनेस युनिभर्सलको नाफा पाँच करोड

पोखरा, १९ साउन। बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७०/७१ को असार मसान्तसम्म चार अर्ब २८ करोड कर्जा लगानी तथा चार अर्ब ९० करोड निक्षेप परिचालन गरी सञ्चालन मुनाफा ९ करोड ७५ लाख र खुद मुनाफा पाँच करोड आर्जन गरेको छ। अनामनगर, काठमाण्डौंमा प्रधान कार्यालय रहेको बैंकले काठमाण्डौको न्युरोड र कान्तिपथ, पोखराको न्युरोड, विरौटा र बुद्धचोक तथा तनहुँको दमौली,… पुरा पढौ

अत्याधुनिक प्रविधिबाट प्रशोधित मासु पहिलो पटक पोखरामा

पोखरा, १६ साउन।पोखराको लेकसाइडस्थित आरवि प्रोभिजन एण्ड फ्रेस हाउसले नेपालमै पहिलोपटक भित्राइएको प्रशोधन पद्धतिमार्फत कुखुराको बध गरी पूर्णरूपले सफा र स्वच्छ पारिएको मासुको शुक्रबारदेखि बिक्री वितरण सुरु गरेको हो। यसको लागि उक्त फ्रेस हाउसले चितवनको भरतपुरस्थित नेपाल मिट प्रोसेसिङ इण्डष्ट्रिज प्रालिसँग सहकार्य गरेको छ। चितवनमा विशेषज्ञद्वारा कुखुराको स्वास्थ्य जाँचपछि विभिन्न प्रोसेसिङमार्फत स्वस्थ्य र सफा पारिएको मासु थमोर्कुल जडित गाडीमार्फत सीधै… पुरा पढौ

स्याङ्जाका २३ सहकारीको दर्ता खारेज

वालिङ, १३ साउन।डिभिजन सहकारी कार्यालय स्याङ्जाले जिल्लाका निस्िक्रय सहकारी संस्थाहरूको दर्ता खारेजी गरेको छ। आफ्नो उद्देश्य अनुसार काम नगरी निस्िक्रय रहेका जिल्लाका २३ सहकारी संस्थाको गत आर्थिक वर्षमा दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालय स्याङ्जाका नायव सुब्बा मुक्तिनारायण पौडेलले जानकारी दिए। पौडेलका अनुसार आर्थिक वर्ष २०७०/०७१ मा बहुउद्देश्यीय सात, दुग्ध उत्पादक पाँच, उपभोक्ता सहकारी चार, कृषि तीन, स्वास्थ्य दुर्इ, बचत… पुरा पढौ