अर्थ/बजार

मध्यम वर्गलाई लक्षित अन्नपूर्ण रेसिडेन्सीका आकर्षक अर्पाटमेन्ट

लेखनाथ, २३ चैत।मध्यम वर्गका परिवारलाई लक्षित गरी अन्नपूर्ण रेसिडेन्सीले दोस्रो चरणमा आकर्षक अर्पाटमेन्ट एवं घरको निर्माण कार्य सुरु गरेको छ। लेखनाथको तालचोक स्थित आर्कषक स्थानमा रहेको रेसिडेन्सीको जग्गामा दोस्रो चरणको निर्माण कार्य सुरु भएको हो। रेसिडेन्सीले ३० फ्ल्याट भएको अर्पाटमेन्ट र ३० वटा छुट्टै घर निर्माण गर्दैछ। मध्यम वर्गका परिवारलाई लक्षित गरी लेखनाथकै आकर्षक ठाउँमा फ्ल्याट तथा अर्पाटमेन्ट निर्माण गर्न… पुरा पढौ

हाटबजार नीति ल्याउन राज्यसँग माग

बुटवल, १८ चैत।रूपन्देहीका हाटबजार व्यवसायीले 'हाटबजार नीति’ ल्याउन राज्यसँग माग गरेका छन्। राज्यले अन्य क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीलाई विभिन्न नीति-नियम बनाए पनि हाटबजार व्यवसायीलाई नीति नियम नहुँदा व्यवसायीले विभिन्न समस्या खेप्दै आएको गुनासो गरेका छन्। हाटबजार व्यवसायी सङ्घ रूपन्देहीको म·लबार बुटवलमा भएको आठौं वाषिर्क साधारणसभा तथा पा“चौं अधिवेशनमा बोल्दै उनीहरूले दैनिक करोडौंको कारोवार हुने हाटबजार व्यवसायीलाई राज्यले कुनै पनि सहयोग… पुरा पढौ

गभर्नरद्वारा लायन्स माछापुच्छ्रे क्लबको भिजिट

पोखरा, १५ चैत।लायन्स क्लब अन्तर्राष्ट्रिय तीन सय २५ बी  वानका डिष्ट्रिक्ट गभर्नर युक्तप्रसाद श्रेष्ठले पोखरामा रहेको लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेको भिजिट गरेका छन्। डि्रष्टिक्टको नियमित कार्यक्रमअन्तर्गत भिजिट भएको क्लबका अध्यक्ष तोरण कुँवरले जानकारी दिए। गभर्नर श्रेष्ठको प्रमुख आतिथ्मा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दीपेन्द्र शर्माले क्लबले स्थापनादेखि अहिलेसम्म गरेको गतिविधिबारे जानकारी गराए। क्लबका सचिव कालिदास पौडेलले क्लबले यस लायन… पुरा पढौ

उद्योग वाणिज्य सङ्घको मेरुदण्ड वस्तुगत सङ्घ : थापा मसलन्द तथा अन्य सामान सप्लायर्स सङ्घमा पौडेल

लेखनाथ, ८ चैत।पोखरा उद्योग वाणिज्य सङ्घका कार्यबाहक अध्यक्ष विन्दुकुमार थापाले वस्तुगत सङ्घ उद्योग वाणिज्य सङ्घको मेरुदण्ड भएको बताएका छन्। पोखरामा रहेका मसलन्द तथा अन्य सामान सप्लायर्स सङ्घको शनिबार आयोजित भेालमा बोल्दै थापाले पोखरा उद्योग वाणिज्य सङ्घको सोच र योजनाअनुरूप वस्तुगत सङ्घको स्थापना गरि व्यवसायी एकता र हकहितका सवालमा काम गर्दै जाने र व्यवसायीमाथि पर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि उद्योग वाणिज्य… पुरा पढौ

विपक्षीको अवरोध र विद्यार्थीको आन्दोलनपछि सरकार मूल्य घटाउन सहमत

काठमाडौँ, ६ चैत।सदनमा विपक्षीको अवरोध र सडकमा विद्यार्थीको आन्दोलनपछि सरकार पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिमा केही समायोजन गर्न बाध्य भएका छन्। सरकार र संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच बिहीबार भएको छलफलमा सरकारले मूल्य वृद्धिमा पुनर्विचार गर्न सहमति गरेको हो। सहमतिअनुसार सरकारले बिहीबार नै पेट्रोलियम पदार्थको मूल्यमा पुनः समायोजन गरी मूल्य घटाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ। व्यवस्थापिका संसद्को बिहीबार बसेको दोस्रो… पुरा पढौ

बजेट निर्माणमा सभासद्को भूमिका

काठमाडौँ, ३ चैत। बजेट निर्माण, परिचालन र राजस्व सङ्कलनमा संसद्मा बहस हुनुपर्ने धारणा व्यक्त भएका छन्। अर्थ मन्त्रालयले आगामी ०७१/०७२ का लागि रु पाँच खर्ब ९६ अर्बको बजेट आउन सक्ने सम्भावना व्यक्त गरेलगत्तै सभासद्ले बजेट निर्माणमा आफ्नो भूमिका खोजेका छन्। फ्रिडम फोरमले मङगलबार यहाँ आयोजित कार्यक्रममा सभासद्ले बजेट निर्माण र छनोट प्रक्रियामा सभासद्को भूमिकालाई छलफलमा ल्याउनुपर्ने बताए। सभासद् कमला पन्त,… पुरा पढौ

बुद्ध विशाल बजार प्लाष्टिक झोलामुक्त क्षेत्र

पोखरा, १ चैत। पोखराको मुख्य व्यापारिक केन्द्र बुद्ध विशाल बजारलाई शनिबार प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरिएको छ। पोखरा उद्योग वाणिज्य सङ्घ र बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले पोखरामा शनिबार कार्यक्रम गरी विशाल बजारलाई प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको हो। 'तीन-चार वर्ष पहिलेदेखि नै बुद्ध विशाल बजारलाई प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गर्न चाहेका थियौ तर सकेनौं’-बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनका… पुरा पढौ

शेयर बजारमा गरेको लगानी सुरक्षित

लेखनाथ, १ चैत।लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाल स्टक एक्सचेञ्जको सहयोगमा शनिबार लेखनाथमा आयोजित लगानी कर्तासँग नेप्से विषयक अन्तरक्रियाका सहभागीले शेयर बजारमा गरेको लगानी सुरक्षित भएको धारणा राखेका छन्।  छरिएर रहेको पूँजीलाई एकीकृत गरि देशको अर्थतन्त्र बलियो बनाउने नेप्सेको सिद्धान्तअनुसार अहिले विभिन्न वित्तीय सङ्घसंस्थामा गरिने लगानी सुरक्षित भएकाले ढुक्क भएर लगानी गर्न सकिने कार्यक्रमका सहभागी विज्ञको भनाइ थियो। शेयर… पुरा पढौ

मासु प्रशोधनसम्बन्धी सार्वजनिक सुनुवाइ

पोखरा, २९ फागुन।मासु प्रशोधन तथा बजारीकरणसम्बन्धी तेश्रो सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार कृषि मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना विएसिटिको पुरक अनुदानमा बराल फिल इण्डष्ट्रिज फेवा मिट प्रोडक्टस् प्रालिद्वारा सञ्चालित मासु प्रशोधन तथा बजारीकरणसम्बन्धी उपआयोजनाको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उपआयोजनाअन्तर्गत भएका गतिविधि, खर्च र उपलब्धिको बारेमा समेत चर्चा गरिएको थियो। कार्यक्रमको उद्घाटन… पुरा पढौ

कास्कीको आर्थिक वर्ष २०७१/०७२ को बजेट चार अर्ब ८० करोड नयाँ स्वास्थ्य ऐन चाँडै : मन्त्री अधिकारी

पोखरा, २७ फागुन।जिल्ला विकास समिति कास्कीले आर्थिक वर्ष २०७१/७२का लागि झण्डै पाँच अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ। कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलले मंगलबार आयोजित २२ औं जिल्ला परिषद्को घोषणा-सभामा आगामी आर्थिक वर्षका लागि चार अर्ब ८० करोड ६२ लाख ७२ हजार रुपैयाँको बजेट र कार्यक्रम प्रस्तुत गरेका हुन्। परिषद्को उद्घाटन गर्दै प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज… पुरा पढौ