अर्थ/बजार

गण्डकी र युनियनबीच बैंकास्योरेन्स सम्झौता

पोखरा, ७ साउन । गण्डकी विकास बैंक लिमिटेड र युनियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णे हस्ताक्षर गरेका छन् । सम्झौता युनियनले जारी गर्ने विभिन्न जीवन बिमा योजना गण्डकी विकास बैंकको देशभर रहेका शाखा कार्यालयबाट उपलब्ध हुने छन्। गण्डकी विकास बैंक… पुरा पढौ

छोरेपाटनमा लुम्बिनी विकास बैंकको एटिएम 

पोखरा, ७ साउन । लुम्बिनी विकास बैंकले छोरेपाटनस्थित बैंकको शाखामा एटिएम सेवा विस्तार गरेको छ। बैंक सञ्चालक सुशीलराज पराजुलीले एटिएमबाट पैसा निकालेर सो सेवा उद्घाटन गरे। लुम्बिनी बैंकले पोखरामा १० वटा शाखामा मार्फत सेवा दिँदै आएको छ। बैंकको यो पोखरामा तेस्रो एटिएम सेवा हो। बैंकले यसअघि पोखरा न्युरोड र महेन्द्रपुलबाट एटिएम सेवा प्रदान गर्दै आएको सञ्चालक पराजुलीले जानकारी दिए। उनले एटिएमको  र्टर्मिनल मार्फत लुम्बिनी विकास बैंकका ग्राहकहरुका… पुरा पढौ

कंगारु एजुकेशन फेयर हुने

पोखरा, ७ साउन। कंगारु एजुकेशन फाउण्डेशनले विद्यार्थीलाई वैदेशिक शिक्षासम्बन्धी सही सूचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले काठमाडौं र पोखरामा कंगारु एजुकेशन फेयर आयोजना गर्ने भएको छ। फाउण्डेशनले काठमाडौंस्थित केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड, पुतलीसडकमा साउन १६ गते फेयर गर्दैछ । जसमा अष्ट्रेलिया, अमेरिका, क्यानाडा, न्यूजिल्याण्ड र यूरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजको सहभागिता रहने फाउण्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी… पुरा पढौ

हेमजामा आधुनिक सुपरमार्केट

हेमजा, ३ साउन। पोखरा २५, हेमजाको नहरचोकमा आधुनिक सुपरमार्केट सञ्चालनमा ल्याइएको छ। हेमजा आधुनिक सुपरमार्केट नाम दिइएको उक्त मार्केट स्थानीय कृष्णबहादुर थापाले स्थापना गरेका हुन्। उनले करिब ६ रोपनी आफ्नै जग्गामा २ करोड ३० लाख रुपैयाँ लगानी गरी सो मार्केट स्थापना गरेका हुन्। जसमा ५८ सटर, एक क्यान्टिन, पार्किङस्थल, लक्ष्मीनारायणको मन्दिर, कार्यक्रमका लागि स्टेज, खेलकुदका लागि खेल मैदानको व्यवस्था पनि… पुरा पढौ

संगम सहकारीको तालिम

पोखरा, १ साउन । संगम बचत तथा ऋण सहकारी संस्था लि, रामबजारद्वारा आयोतिज पोते, कृष्टल र मोतिद्वारा निर्मित हस्तकला तालिम सम्पन्न भएको छ । सहभागीलाई तालिम समापनमा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि वडा १५ का वडाध्यक्ष प्रकाश पौडेलले तालिमलाई व्यवहारिकतामा उतार्न सबैलाई आग्रह गरे। उनले आफू पनि संगम सहकारीको स्थापनाकालदेखिकै सदस्य भएको सदस्य स्मरण गर्दै संगमका हरेक गतिविधि प्रशंसनीय रहेको बताए। सहकारी… पुरा पढौ

गण्डकीका एकै दिन ६ शाखा संचालन

पोखरा, १ साउन । पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ। बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपीपल र बुद्धनगर, कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको हो। यससं'गै बैंकको शाखा संख्या ६८ वटा पुगेका छन्। बैंकले छिट्टै नै नेपालको पूर्वदेखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी… पुरा पढौ

आइर्एमई रकम निकाल्दा टिभी पुरस्कार

पोखरा, ३२ असार । पोखरा ११ का आशीष बास्तोलाले आइर्एमई गर्दा आएको रकम निकाल्दा ४३ इन्चको टिभी उपहार पाएका छन्। उनका दाजु समीपले दुवइबाट २६ हजार २ सय २६ रुपैयाँ पठाएका थिए। आशीषलाई आइर्एमई लिमिटेडका पश्चिमाञ्चल प्रतिनिधि किशोर शर्मा र रमेश परियारले सोमबार उक्त टिभी हस्तान्तरण गरे। आइर्एमई लिमिटेडले नयाँ वर्ष २०७५ लक्षित गरी चलाएको 'नयाँ वर्षको बहार आइर्एमई गर्दा उपहारै… पुरा पढौ

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

पोखरा, ३० असार । बैंकबाट कर्जा लिएका एक ग्राहकको असामयिक निधन भएपछि मुक्तिनाथ विकास बैंकले कर्जा मिनाहा गर्नुका साथै काजक्रिया खर्चवापत मृतक परिवारलाई रकम प्रदान गरेको छ । बैंकको लघुबित्त डेस्क कार्यालय, पृथ्वीचोकबाट लघुकर्जाअन्तर्गत कर्जा लिएकी पर्वत माझफाँट १ घर भई हाल पोखराको मासबार बस्ने सावित्रीकुमारी थापामगरको असामयिक निधन भएपछि बैंकले सो सहयोग गरेको हेा । क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले एक… पुरा पढौ

एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट र मणिपाल सिटि एण्ड गिल्सबीच सम्झौता

पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा ९, महेन्द्रपुलमा रहेको एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालि र मणिपाल सिटि एण्ड गिल्सबीच सर्म्बर्द्धन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि लाखौ रुपैयाँ खर्च गरेर विदेशमा महँगो शुल्क तिरेर पढ्न जानुपर्ने बाध्यता अन्त्य हुने र नेपालमा नै अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त युकेको सिटि एण्ड गिल्सको प्रमाणपत्र सहित होटलसम्बन्धी विभिन्न तालिम प्रदान गरिने एभरेष्ट इन्स्टिच्युट अफ होटल… पुरा पढौ

कैलाशको ५५ औं शाखा जनकपुरमा

पोखरा, ३० असार । कैलाश विकास बैंकले शुक्रबार जनकपुरधाममा आफ्नो ५५ औँ शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ। उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक, जनकपुरका मुख्य व्यवस्थापक नरेश शाक्यले गरे । कार्यक्रम संस्थाका सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको होे। बैंकको सो शाखाबाट सम्पूर्ण अत्यधुनिक बैंकिङ सुविधाहरु उपलब्ध हुनेछन्। नयाँ शाखा सहित बैंकको शाखा संख्या ५५ पुगेका छन् भने एटिएम… पुरा पढौ