अर्थ/बजार

औषधि लिमिटेडले असोजबाट सिटामोल उत्पादन गर्ने

काठमाडौँ, २ साउन। नेपाल औषधि लिमिटेडले आउँदो असोजबाट सिटामोल उत्पादन गर्ने भएको छ। गत वैशाखबाट जीवनजल उत्पादन गरी पुनः औषधि उत्पादन गर्न सुरु गरेको लिमिटेडले दोस्रो चरणमा सिटामोल उत्पादन गर्न लागेको हो। बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। विसं २०६७ मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय… पुरा पढौ

बाढीले लेकसाइडकै पर्यटनमा धक्का

पोखरा, २ साउन। वर्षासँगै गत असार १७ गते आएको बाढी र पहिरोका कारण पोखराको खहरेस्थित तीन पर्यटकीय होटलमा क्षति पुगेको छ। खहरे बाढी पहिरो पीडित समूह पोखरा कास्कीका संयोजक गणेशराज पहारीले पोखरा लेखानाथ महानगरपालिका जलजला क्षेत्रबाट आएको पहिरोका कारण वडा नम्बर ६ स्थित खहरे क्षेत्रका होटल हामोर्नी, होटल सान्तना र होटल लक्की इनमा क्षति पुगेको बताए। उक्त पहिरोका कारण होटल… पुरा पढौ

सुर्तीजन्य पदार्थमा कर बढेन, मृत्यु बढयो

काठमाडौँ, २ साउन। सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गर्ने हो भने यसको सेवनमा कमी आउने एक अध्ययनले देखाएको छ। विश्व बैँक र विश्व स्वास्थ्य सङ्गठनद्वारा दक्षिण अफ्रिका, फिलिपिन्स, थाइल्याण्ड, न्युजिल्याण्ड, अमेरिका, बेलायतलगायतका देशमा हालै गरिएको अध्ययनले ती पदार्थमा १० प्रतिशतसम्म कर वृद्धि गर्दा पनि निम्नवर्ग तथा मध्यम वर्गले सुर्ती सेवनमा उल्लेख्य मात्रामा कमी आएको तथ्य बाहिर आएको छ। ती… पुरा पढौ

महिला सशक्तिकरण नेपालको १५ औ साधारणसभा

पोखरा, १ साउन। महिला सशक्तिकरण नेपालको १५ औ वाषिर्क साधारणसभा आइतबार सम्पन्न भएको छ। साधारणसभाले सचिव मना कुँवरले प्रस्तुत गरेको बाषिर्क र कोषाध्यक्ष मनु हिराचनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ। साधारणसभाको उद्घाटनगर्दै पोखरा लेखनाथ महानगरपालिका वडा न. ६ की वडासदस्य पुष्पा घले पहारीले महिलाको अवस्थामा सुधार ल्याउँनका लागि जुट्नुपर्नेमा जोड दिइन्। संस्थाका सल्लाकार तथा संरक्षक निलकण्ठ शर्माले महिला… पुरा पढौ

एन आई सी एशिया बैंकद्वारा वृक्षारोपण

पोखरा, १ साउन। एन आई सी एशिया बैंक लेखनाथ शाखाले पोखरा विश्वबिद्यालयको परिसरमा वृक्षारोपण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखाले करिब छ सय विरुवा वृक्षारोपण गरेको हो। एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना शाखा कार्यालयहरूको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान लगायतका स्थानहरूमा वृक्षारोपण गर्दै आएको छ। बैंकले विगत देखी नै आफ्नो… पुरा पढौ

महिला क्लब पोखराको अध्यक्षमा मीना

पोखरा, ३१ असार। महिला क्लब पोखरा ७ को शनिबार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले मीना बराल आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कमला बास्तोला खनाल, सचिवमा सुनिता बराल, कोषाध्यक्षमा सृजना बराल, सहसचिवमा लिला बराल छन्। सदस्यमा इन्दिरा बराल, राममाया जिसी, लक्ष्मी घिमिरे, राधिका बराल, निर्मला बराल र राधा बराल छन्। साधारणसभाले सचिव कमला खनालले प्रस्तुत… पुरा पढौ

प्लाष्टिकको चामल नभएको पुष्टि

काठमाडौ ३० असार। काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको हो। काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्रिएको थियो। चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो। काठमाडौं… पुरा पढौ

उद्यमी गोमा ढकाल पुरस्कृत

पोखरा, ३० असार। उद्यमी गोमा ढकाल उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत भएकी छन्। उद्यमशीलताको प्रवर्द्धनमार्फत आत्मनिर्भर अर्थतन्त्रका लागि नेपाली महिला उद्यमी व्यवसायीका रुपमा योगदन पुर्‍याएको भन्दै ढकाललाई नेपाल सरकारले पुरस्कृत गरेको हो। उद्योग मन्त्रालयले ७५ वटै जिल्लाका एकएकजना उत्कृष्ट महिलालाई पुरस्कृत गरेको छ। ढकाल कास्कीबाट उत्कृष्ट महिला उद्यमीका रुपमा छनोट भएकी हुन्। ढकालले करिब एक दशकदेखि रेन्बो ह्यान्डिक्राफ्ट उद्योगमार्फत महिलाको… पुरा पढौ

सांग्रिला र कसमसको एकीकृत कारोबार

पोखरा, ३० असार। काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको साँग्रिला डेभलमेन्ट बैंक लिमिटेडले गोरखामा प्रधानकार्यालय रहेको कसमस डेभलपमेन्ट बैंक लिमिटेड (एक जिल्ला कार्यक्षेत्र भएको) लाई प्राप्ति गरेको छ। बैकले शुक्रबार एकीकृतरुपमा कारोबार सञ्चालन गरी औपचारिक प्राप्ति गरेको हो। कार्यक्रमको उद्घाटन सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ तथा कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्राडा टेकनाथ ढकालले संयुक्त रुपमा गरेका थिए। कसमस डेभलपमेन्ट… पुरा पढौ

वेसीसहर नगरपालिकाको बजेट साढे ३८ करोड

लमजुङ, ३० असार। वेसीसहर नगरपरिषदबाट आगामी आर्थिक वर्ष २०७४/७५ का लागि साढे ३८ करोड बराबरको बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको छ। नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपरिषदमा नीति तथा कार्यक्रम प्रस्तुत गदै सो जानकारी दिएका हुन्। उनले नेपाल सरकार गाउँपालिका वित्तीय समनिकरण अनुदानतर्फ २१ करोड पाँच लाख १५ हजार, सशर्त पुँजीगत अनुदानमा १५ करोड ८१ लाख १७ हजार, संघीय संरचना… पुरा पढौ