अर्थ/बजार

पोखरा फाइनान्स नारायणगढ र कावासोतीमा

पोखरा, १५ असोज। पोखरा न्यूरोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नारायणगढ र कावासोतीमा शाखा विस्तार गरेको छ। उक्त शाखाहरुको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडलले गरेका थिए। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ एवं नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ अर्यालले शुभकामना मन्तव्य दिनुको साथै वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद… पुरा पढौ

इक्यान कास्की अध्यक्षमा भुवन

पोखरा, १३ असोज। नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीमा भुवन क्षत्री सर्वसम्मत् अध्यक्ष निर्वाचित भएका छन्। समितिको उपाध्यक्षमा सन्दीप अर्याल निर्वाचित भए। प्रतिस्पर्धी महेश पौडेललाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्। सचिवमा रुद्रप्रसाद अर्याल सर्वसम्मत भए। अध्यक्ष र सचिव सर्वसम्मत चयन भएकोमा अन्य पदमा मतदान भएको हो। कोषाध्यक्षका प्रत्यासी पूर्ण न्यौपानेलाई पराजित गर्दै ओमप्रकाश गैह्रे विजयी भए। सदस्यमा हरि पराजुली,… पुरा पढौ

कालिका लघुवित्तको शाखा व्यवस्थापन तालिम

पोखरा, ११ असोज । कालिका लघुवित्त वित्तीय संस्था लि.ले आफ्ना ६१ जना शाखा प्रबन्धकलाई शाखा व्यवस्थापनको तालिम दिएको छ। पोखरामा ३ दिनसम्म चलेको सो तालिममा ओम डेभलपमेन्ट बैंकका कर्जा असुली विभागका बुद्धिसागर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखाका विदुर पराजुली, सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा आन्तरिक लेखापरीक्षण विभागका निर्मल गौतमले सहजीकरण गरेका थिए। तालिम उद्घाटन गर्दै संस्थाका… पुरा पढौ

स्कूल अफ बार टेर्ण्र्डस संचालन

पोखरा, ११ असोज । होटल र रेष्टुरेन्टका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखरा जिरो किमीमा स्कूल अफ बार टेर्ण्र्डस संचालनमा आएको छ । तीन जना युवाको संयुक्त लगानीसहित संचालनमा आएको सो संस्थाले विहीवार पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हेा । संचालक रविन केसीले रेष्टुरेण्ट, होटल वा अन्य कुनै क्षेत्रमा व्यावसायिक प्रवद्धनसँगसँगै रोजगारीको उचित गन्तव्य बन्न पुगेको पोखरामा तालिम संचालन गर्न पाउँदा… पुरा पढौ

स्वर्णश्री सहकारीको साधारणसभा

पोखरा, १० असोज। स्वर्णश्री बचत तथा ऋण सहकारी संस्था, सभागृहचोकको छैटौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको प्रमुख अतिथि ज्येष्ठ नागरिक सन्तकुमारी तामाङ उद्घाटन गरेकी हुन् । सभाले लेखा समितिका संयोजक हरि शर्मा र संस्थाका प्रबन्ध निर्देशक ज्ञानबहादुर तामाङले प्रस्तुत गरेको बजेट, नीति तथा भावी कार्यक्रम २०७५/७६ को प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो। सोही अवसरमा संस्थाका अध्यक्ष लक्ष्मी गुरुङले आर्थिक वर्ष… पुरा पढौ

नमस्ते सहकारीको आठौं वाषिर्क साधारणसभा

पोखरा, १० असोज। नमस्ते बचत तथा ऋण सहकारी संस्था लि., पोखराको आठौं वाषिर्क साधारणसभा संस्थाका अध्यक्ष विष्णुहरि दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम उद्घाटन गर्दै सहकारीहरु अब बचत संकलन र ऋण लगानीमा मात्रै सीमित नभइ सेयर सदस्यको आर्थिक समृद्धिका लागि रोजगारीमूलक अभियानतर्फ लाग्नुपर्ने बताए। जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य सावित्री बरालले… पुरा पढौ

युआरएल र पन्तको सम्मान

पोखरा, १० असोज। गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएल र यसका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित भएका छन्। डाइनोटेक सपोर्ट प्रालि र रोस कम्पनीले काठमाडौंमा आयोजना गरेको रोस युजर मिट २०१८ मा भाइब्रेन्ट रोस युजर अवार्डबाट युआरएल र पन्तलाई सम्मान गरिएको हो। नेपालमै सबैभन्दा धेरै पारामिटर सञ्चालन र सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा युआरएललाई सम्मान गरिएको हो। सम्मानले सामाजिक उत्तरदायित्व निर्वाह… पुरा पढौ

बिमा अभिकर्ता संघ एलआईसीमा आचार्य

लेखनाथ, ९ असोज । पेशागत बिमा अभिकर्ता नेपाल एलआईसी शाखा कास्कीको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले रामप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष गीतादेवी चापागाईं, सचिव देवी तिमिल्सेना, कोषाध्यक्ष पारस द्वा, सहसचिव नवराज क्षेत्री र सदस्य रञ्जना भण्डारी, नवराज दुरा, बुद्धिराज सुवेदी, रामकृष्ण ढुंगाना, सरस्वती केसी, उदेश पुन, उषाकुमारी गुरुङ, सोमबहादुर गुरुङ, गणेश बिश्वकर्मा र नारायणी केसी रहेकी… पुरा पढौ

पाण्डव कृषि सहकारीको साधारण सभा

पोखरा, ९ असोज। पाण्डव कृषि सहकारी संस्था लि, घारीपाटनको दोस्रो वाषिर्क साधारणसभा सम्पन्न भएको छ। प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक डिल्लीराम तिवारीले कार्यक्रम उद्घाटन गर्दै  सहकारीले उत्पादन क्षेत्रमा बढी लगानी गर्नुपर्ने बताए। कार्यक्रममा राष्ट्रिय सहकारी बैंक शाखा प्रमुख केदारनाथ उपे्रती, गण्डकी विकास बैंक बिरौटा शाखा प्रमुख शिवबहादुर कार्की, लेखापरीक्षक कमलबहादुर रेग्मी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल,… पुरा पढौ

जिविका सहकारीको साधारणसभा

पोखरा, ९ असोज। जिबिका बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ। त्यस अवसरमा उत्कृष्ट बचतकर्ता शान्तमाया गुरुङ र उत्कृष्ट ऋणि मदनलाल ताम्राकारलाई सम्मान गरिएको थियो। यसअघि साधारणसभा उद्घाटन गर्दै संस्थापक अध्यक्ष पदमराज श्रेष्ठले लगानीका क्षेत्र बढाउनुपर्नेमा जोड दिए। सहकारी संस्थाका अध्यक्ष विष्णुराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बामनकुमार पराजुलीले स्वागत र सचिव उमेशराज पराजुलीले संचालन गरेका थिए। पुरा पढौ