अर्थ/बजार

गौतमको ‘खोला छेउको खेत’ बजारमा

पोखरा, ८ असोज। पोखरा लेखनाथ-२८ काफ्लघारी निवासी कृष्णप्रसाद गौतमद्वारा लिखित उपन्यास 'खोल छेउको खेत’ विमोचन गरिएको छ। प्रमुख अतिथि उच्च अदालत स्याङजाका न्यायाधिश रमेशकान्त अधिकारी र नेपाल ज्योतिष परिषदका उपाध्यक्ष कृष्ण राउतले संयुक्त रुपमा विमोचन गरेका थिए। यसअघि २०६८ सालमा लेखक गौतमको 'दोषी आँखा’ र 'अर्काे एक’ भजन सङ्ग्रह बजारमा आइसकेका छन्। पुरा पढौ

कलम सहकारीको सातौं साधारणसभा

पोखरा, ८ असोज। पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघंका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रभात सुवेदीले पुस्तक तथा स्टेशनरी व्यवसायीको सक्रियतामा खोलिएको कलम सहकारीको भविष्य राम्रो रहेको बताउदै सम्पूर्ण सदस्यहरूलाई सहकारीमानै कारोबार गर्न आग्रह गरे। कार्यक्रममा कास्की बचत संघका सञ्चालक नरेन्द्र मित्रकोटीले आउन… पुरा पढौ

कोलपाटन सहकारी अध्यक्षमा पोख्रेल

पोखरा, ७ असोज। पोखरा १५ स्थित कोलपाटन बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न सातौं साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी तीन वर्षका लागि रामचन्द्र पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्ष अम्बिका पराजुली, सचिव राजेन्द्र पराजुली, सहसचिव रामेश्वर थापा र कोषाध्यक्ष खेमबहादुर थापा चयन भए । समिति सदस्यमा धर्मराज पराजुली, रञ्जिता पोखरेल, यशोदा गौतम, संजिवी गौतम छन्। अनिल गौतमको… पुरा पढौ

देवीस्थान कृषि सहकारीमा नयाँ समिति

हेमजा, ७ असोज। पोखरा-२५, हेमजास्थित देवीस्थान कृषि सहकारी संस्थाको शनिबार सम्पन्न सातौं साधारण सभा तथा चौथो अधिवेशनले पुनः शालिकराम बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा शिवराज पौडेल, सचिवमा कृष्णराज सुवेदी, कोषाध्क्षमा महदत्त पौडेल, सहसचिवमा गोविन्दराज बास्तोला तथा सदस्यमा नरबहादुर खडका, विष्णुप्रसाद तिम्सिना, विश्वराज कुँवर, दुर्गाप्रसाद तिम्सिना, पार्वती बास्तोला र राजेन्द्रबहादुर कार्की चयन भए। अधिवेशनले विमल कुँवरको संयोजकत्वमा… पुरा पढौ

भीआइपी बस सेवा शुरु

पोखरा, ६ असोज। पोखरा-काठमाडौंका लागि अति विशिष्ट पर्यटकीय एसी डिलक्स बस सेवा सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित जगदम्बा प्रतिष्ठानले सुविधासम्पन्न बस सेवा शुरु गरेको हो। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक कार्यक्रमबीच शुक्रबार परेवा उडाएर पोखरादेखि उक्त बस सेवाको उद्घाटन गरे। पोखरादेखि काठमाडौंको रुटमा भीआइपी मिनी बारसहितको उच्चस्तरीय एसी बस सेवा सञ्चालनमा ल्याएको पोखरा जगदम्बा… पुरा पढौ

सहकारीबाट आर्थिक विकास सम्भव : उद्योगपति केसी

पोखरा, ६ असोज। पूर्व सांसद् तथा उद्योगपति सूर्यबहादुर केसीले सहकारीको माध्यमबाट आर्थिक विकास सम्भव भएको बताएका छन् । मझेरी बचत तथा क्रण सहकारीको सातौं साधारण सभालाई सम्बोधन गर्दै उनले आर्थिक स्थिति न्यून भएका व्यक्तिलाई आयआर्जन गर्न सहकारी फलदायी भएको बताए। उनले बैंकसम्म पहुँच नपुगेका व्यक्तिका लागि सहकारी लगानीको स्रोत भएको बताए। उनले पोखराको विजयपुरमा रहेको सिभिल हाइड्रोको तीन प्रतिशत सेयर सो… पुरा पढौ

भेंडाच्याङ्ग्रा बजार झरे

पोखरामा वाषिर्क डेढ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका र च्याङ्ग्रा बिक्री हुन्छ। वर्षमा झण्डै एक लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेंडा च्याङ्ग्रा बेचिन्छन्। मूल्य हिसाब गर्दा वर्षमा पुग नपुग दुर्इ अर्ब रुपैयाँ खसीबोका र भेंडाच्याङ्ग्राको मासुमा खर्च हुन्छ। पोखरामा खपत हुनेमध्ये ३० प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात गरिन्छन्। वर्षमै करिब ५० करोड रुपैयाँ पोखराले मासुका लागि भारत… पुरा पढौ

नायर अध्यक्षमा नारायण

पोखरा, ५ असोज । नेपाल अष्टे्रलिया शैक्षिक परामर्श संघ (नायर) को काठमाडौंमा सम्पन्न वाषिर्क साधारणसभाले नारायणप्रसाद पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा चयन पहारी नेपालकै पहिलो क्युइएसी सर्टिफाइड काउन्सिलर हुन् । उनी १५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील छन् । सात सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, उपाध्यक्ष कुमार कार्की, महासचिव विज्ञान श्रेष्ठ, कोषाध्यक्ष मनोज पराजुली र सदस्यमा उद्धव खड्का र अनन्त… पुरा पढौ

सप्तगण्डकी आरएमसी उद्योग उद्घाटन

लेखनाथ, ५ भदौ । गुणस्तरीय निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले करिब १० करोडको लगानीमा पोखरा २७ को तालचोकमा सप्तगण्डकी आरएमसी उद्योग सञ्चालनमा आएको छ । घर ढलानदेखि ठूला ठूला भवन निर्माणमा जर्मनी प्रविधिबाट र छिटो छरितोका लागि उक्त उद्योग गत जेठबाट सञ्चालनमा आए पनि औपचारिक उद्घाटन बिहीबारमा गरिएको हो । उद्योग उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायी समृद्ध हुनु भनेको महानगरपालिका… पुरा पढौ

सहकारीले न्यूनतम सूचक पूरा गर्न आवश्यक : गुरुङ

हेमजा, ५ असोज। हेमजास्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वाषिर्क साधारणसभा बिहीबार सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक भीम गुरुङले कास्कीमा छ सय बढी सहकारी रहेको जानकारी राख्दै त्यसमा गौरीशंकर सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाए। सञ्चालक गुरुङले सहकारी पर्यटनको विकासमा सहकारी संस्थाहरुले उचित ध्यान दिन नसकेको औल्याउँदै धेरै कारोबार… पुरा पढौ