अर्थ/बजार

समवृद्धि सहकारीको ११ औं साधारणसभा

पोखरा, ३ असोज। समृवद्धि बचत तथा ऋण सहकारी संस्था लि., पोखरा ८, सृजनाचोकको ११ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले साधारणसभा उद्घाटन गर्दै परिवर्तित सहकारी नीति अनुरुप सहकारी र महानगरपालिका मिलेर पर्यटनको क्षेत्रमा सँगै काम गर्न सकिने बताए । उनले ठूला परियोजना संचालन गर्न सकिने सम्भावनाहरु रहेको र यसका लागि सहकारी क्षेत्रलाई आहृवान… पुरा पढौ

अन्तिम कसरतमा उम्मेदवार

पोखरा, २ असोज। पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको असोज ५ र ६ मा हुने ३२ औं महाधिवेशन मिति नजिकिँदै जाँदा उम्मेदवारले मतदाता भेटघाट तीव्र पारेका छन् । उनीहरुले विभिन्न चुनावी एजेण्डासहित मतदाताको घरदैलो कार्यक्रमलाई अन्तिम रुप दिँदैछन् । संघमा रवीन्द्रबहादुर प्रजु (रविन्सन) को प्यानल र दामु अधिकारीको प्यानलले चुनावी मिति आउन ३ दिनमात्र बाँकी रहँदा आफ्नो पक्षमा जितका लागि अन्तिम… पुरा पढौ

मोबाइल एक्स्पो समापनमा पत्रकार सम्मान

पोखरा, २ असोज। पोखरा टावर मोबाइल एक्स्पो आइतबार सकिएको छ । भदौ १७ देखि शुरु एक्सोको समापन अवसरमा पोखरा टावर प्रालिले पत्रकार कृष्ण दवाडीलाई ‘पोखरा टावर पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको छ । उनलाई नगद ५ हजार १ सयसहित सम्मानपत्र प्रदान गरिएको हो । दवाडी हिमाली आवाज साप्ताहिक र पिस पोखरा डटकममा आवद्ध छन् । महेन्द्रपुलमा सञ्चालनमा आएको पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि… पुरा पढौ

पश्चिमाञ्चल क्याटरिङ अबदेखि गण्डकी

पोखरा, ३१ भदौ।पश्चिमाञ्चल क्याटरिङ तथा पार्टीप्यालेस व्यवसायी संघले संघीय संरचना अनुसार आफ्नो नाम परिवर्तन गरेको छ। संघको १२ औं वाषिर्क साधारण सभाले गण्डकी प्रदेशमा छरिएर रहेका सेवामूलक व्यवसायी, क्याटरिङ र पार्टीप्यालेसलाई एकताबद्ध गर्ने उद्देश्यसहित संस्थाको नाम गण्डकी पार्टीप्यालेस तथा क्याटरिङ व्यवसाय संघ राख्ने निर्ण गरेको हो। साधारण सभाको गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार उद्घाटन गरे। त्यस अवसरमा प्रमुख अतिथि… पुरा पढौ

पोखरा स्टिल फेव्रिकेटर्सको साधारणसभा

पोखरा, ३० भदौ । पोखरा स्टिल फेव्रिकेटर्स एशोसियसनको १८ औं साधारणसभा शनिवार भएको छ । साधारणसभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि विकास लम्सालले ब्यवसायमैत्री नीति ल्याउनुपर्ने बताए । उनले ब्यवसायीलाई प्रोत्साहन नगरेसम्म देशको विकास असम्भव रहेको भन्दै ब्यवसायलाई करसँग मात्रै हेर्न नहुने बताए । ‘समृद्धीको आधार नै उद्योग र ब्यवसायमा छ । ठाउँ अनुसार ब्यवसाय फरक हुन सक्छ,’ उनले भने,… पुरा पढौ

उद्योगी, व्यवसायीको सच्चा पहरेदार बन्छौं : अधिकारी

पोखरा, ३० भदौ ।पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनमा प्यानलै उम्मेदवारी घोषणा गरेको समावेशी व्यवसायी समूहले उद्योगी व्यवसायीको सच्चा पहरेदार बन्ने प्रतिबद्धता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघको आउँदो असोज ५ र ६ गते हुन गइरहेको निर्वाचनमा उम्मेवारी घोषणा गरेकाहरुका लागि निर्वाचन समितिले शनिबार राखेको ‘उम्मेद्वार परिचय’ कार्यक्रममा बोल्दै सो समूहका उम्मेदवारहरुले आफूहरु बिजयी भए जिन्दगीभर उद्योगी, व्यवसायीको सच्चा… पुरा पढौ

उद्योगी, व्यवसायीको सुख-दुःखमा १२ वर्षदेखि सँगै छु : प्रजू

पोखरा उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्ष पदका उमेदवार रवीन्द्रबहादुर प्रजूले वितेका १२ बर्षदेखि पोखराका उद्योगी व्यवसायीको सुख-दुःखमा आफू सँगसँगै रहेको बताएका छन् । संघको ३२ औं महाधिवेशनको सन्दर्भमा शनिबार आयोजना गरिएको उमेद्वार परिचय कार्यक्रममा बोल्दै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रजूले आफ्नो जिन्दगीको १२ बर्ष पोखरा उद्योग वाणिज्य संघको सेवामा विताएको र आगामी दिनमा पनि मतदातालाई गर्विलो महशुस… पुरा पढौ

गरिमा अटो लोन सम्झौता

पोखरा, २६ भदौ । युनाईटेड टेर्डस् सिन्डिकेट्स प्रालि तथा त्यस संस्थाका आधिकारिक डिलरहरुबाट खरिद गरिएका टोयटा ब्राण्डका सम्पूर्ण सवारीसाधनहरुमा गरिमा विकास बैंकले वाषिर्क १०.५० प्रतिशत व्याजदरमा १२ वर्षका लागि १ सय ४४ महिनाको सरल किस्तावन्दी कर्जा दिने सम्बन्धमा सम्झौता भएको छ । बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनाइटेडको तर्फबाट महाप्रबन्धक महेश कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यसको साथै पर्यटन व्यवसायीहरुका… पुरा पढौ

हेमजामा कैलाश विकास बैंक

हेमजा, २६ भदौ। कैलाश विकास बैंकले आफ्नो शाखा हेमजामा स्थापना गरेको छ। योसँगै बैंकका शाखा ५८ शाखा पुगेका छन्। शाखा उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले वित्तीय संस्था मार्फत आर्थिक कारोबार गर्न नागरिकलाई सुझाव दिँदै वित्तीय संस्थाहरु पनि वित्तीय अनुशासनमा रहनुपर्नेमा जोड दिए। मेयर जिसीले हेमजामा आलु प्रशोधन केन्द्र स्थापना गरिनुपर्ने, आरसीसी घर बनाउन छाडेर हेमजाको जग्गा जोगाइराख्नुपर्ने आवश्यकता… पुरा पढौ

मुक्तिनाथका ग्राहकलाई विशेष छुट

पोखरा, २६ भदौ । मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनबीच भिलेज कुपन्डोलबीच सम्झौता भएको छ। उक्त सम्झौता बमोजिम मुक्तिनाथका डेविट तथा क्रेडिट कार्ड भएका सबै ग्राहकलाई उक्त होटेलको सेवा सुविधा लिए वापत लाग्ने सम्पूर्ण खर्चमा १० प्रतिशत विशेष छुट दिने व्यवस्था भएको छ। सम्झौतापत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र गोदावरी भिलेज रिसोर्ट/होटेल… पुरा पढौ