अर्थ/बजार

सञ्चय सहकारीको साधारणसभामा सम्मान

पोखरा, १३ भदौ। सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वाषिर्क साधारण सभामा विभिन्न महानुभावलाई सम्मान गरिएको छ। सभामा ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सेयर सदस्य इश्वरीप्रसाद सुवेदी, टेकन गिरी र छुमाकुमारी शाहलाई सम्मान गरियो। यस्तै, सेयर सदस्यका छोराछोरीमध्ये एसर्इइमा उत्कृष्ट छात्रतर्फ टेकप्रसाद शर्मा र छात्रातर्फ सजनी पौडेललाई सञ्चय प्रतिभा पुरस्कारबाट सम्मानित गरियो। उनीहरुलाई जनही दुर्इ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत… पुरा पढौ

एसियन एजुकेसन हव कन्सल्टेन्सी सञ्चालनमा

पोखरा, १३ भदौ। पोखराको चिप्लेढुङ्गामा एशियन एजुकेसन हव सञ्चालन भएको छ। अष्ट्रेलिया, यूके, अमेरिका, क्यानडा, न्यूजिल्यान्ड, जापान, कोरियालगायत देशमा उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरुका लागि कन्सल्टेन्सी स्थापना भएको हो। स्वदेशमा पनि उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई उचित परामर्श र कलेजसँग समन्वय गरिदिने सञ्चालक हरिबहादुर कार्कीले जानकारी दिए। विदेशमा उच्च शिक्षा हासिल गर्न जानेक्रममा समस्यामा परेका विद्यार्थीलाई विदेशमा… पुरा पढौ

दसैं नजिकिँदा सुपथ मूल्य पसलको सम्झना

लमजुङ, १३ भदौ। दसैं नजिकिएसँगै लमजुङबासीले सुपथ मूल्यका पसल सम्झना गरेका छन्। तर जिल्लाको विभिन्न स्थानमा सञ्चालनमा ल्याइएका सुपथ मूल्यका पसल यतिबेला भने सबै बन्द भएको हुँदा ती कहिले चल्छन् भनेर उपभोक्ताको प्रश्न छ । लमजुङका तत्कालीन ६१ गाविसमध्ये ५३ गाविस अधिकांश स्थानमा नयाँ उपभोक्ता सहकारी संस्था खोलेर सुपथ मूल्यका पसल सञ्चालनका लागि सरकारीस्तरबाट एक/एक लाख रूपैयाँ अनुदान लगिएको थियो। उक्त… पुरा पढौ

लेखनाथ सहकारीको नवौं साधारणसभा

लेखनाथ, १३ भदौ। पोखरा २६, अघौर्चोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको नवौं वाषिर्क साधारणसभा मङ्गलबार सम्पन्न भएको छ। साधारणसभा उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीले नाफा र सेवाको काम गर्दै आफ्ना सेयर सदस्यलाई बचत गराउन सिकाउने बताए। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष बलराम ढकाल, प्युठानका जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, पोखरा २६ का… पुरा पढौ

एफजेड २५ बाइक सार्वजनिक

पोखरा, १२ भदौ। पोखरामा एफजेड २५ बाइक सार्वजनिक गरिएको छ। नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स, एमएडब्ल्यु र पोखराको विश्वकर्मा अटो वर्क्स, एमएडबल्यु इन्टरप्राइजेजले उक्त बाइक सार्वजनिक गरेको हो। प्रमुख अतिथि पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले यामाहाको बाइक सार्वजनिक गर्दै बाइकले युवा पुस्ताको मन जित्ने विश्वास ब्यक्त गरे। मध्यमस्तरका युवालाई लक्षित गरेर बनेको उक्त… पुरा पढौ

पोखरा ट्रेड मल व्यवसायीलाई उपाधि

पोखरा, १२ भदौ। पोखरा ट्रेड मल चिप्लेढुङ्गाको आयोजनामा सम्पन्न 'प्रथम पोखरा टे्रड मल फुटसल कप २०७४’  उपाधि पोखरा ट्रेड मल व्यवसायी 'ए’ समूहले हात पार्न सफल भएको छ। पोखरा ट्रेड मल व्यवसायी 'ए’ समूहले पोखरा इलेक्ट्रोनिक व्यवसायीलाई ५-३ गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो। पोखरा ट्रेड मल व्यवसायी 'ए’ समूहलाई उपाधि दिलाउन सुविन श्रेष्ठले एक्लैले ३ गोल गरेका थिए।… पुरा पढौ

हिमदूत दैनिक, सञ्चार अफ्सेट र तरङ्ग प्रालिबीच एकीकरण 

पोखरा, १० भदौ। पश्चिमाञ्चलकै जेठो पत्रिका हिमदूत राष्ट्रिय दैनिक, यसको मुद्रण संस्था सञ्चार अफ्सेट प्रेस र तर· प्रालि अबदेखि एकल व्यवस्थापनबाटै सञ्चालन हुने भएका छन्। तर· प्रालि रेडियो तर· १०७.६ मेगाहर्जको सञ्चालक संस्था हो। हिमदूत दैनिक तथा सञ्चार अफ्सेट प्रेसका सञ्चालक रवीन्द्रनाथ बास्तोला र तर· प्रालिका अध्यक्ष हिमनिधि लौडारीबीच यस्तो सहमति भएको हो। सहमतिअनुसार हिमदूत दैनिक र सञ्चार अफ्सेट प्रेसलाई… पुरा पढौ

निर्माण व्यवसायी समितिको १३ औं साधारणसभा

लेखनाथ, १० भदौ। पोखरा २९ स्थित निर्माण व्यवसायी समितिको १३ औ वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका कार्यालयका वरिष्र्ठ इन्जिनियर शारदामोहन काफ्लेले व्यवसायी एकजुट भएर अगाडि बढ्दै महानगरले लागू गरेको भवन निर्माण आचार संहितामा रहेर भवन निर्माण गर्न आग्रह गरे। उनले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न तथा व्यवसायीलाई तालिमको समेत व्यवस्था गर्नुपर्ने सुझाव राखे। कार्यक्रममा… पुरा पढौ

संयुक्त गोर्खा भूपू सैनिकको आठौं साधारणसभा

लेखनाथ, १० भदौ। पोखरा २९ मा रहेको संयुक्त गोर्खा भूपू सैनिक क्लबको आठौं साधारणसभा शनिबार सम्पन्न भएको छ। प्रमुख अतिथि पोखरा २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङले भूपू सैनिकले क्रियाशील उमेरमा सिकेको सीप अवकाशपछिको जीवनलाई समाज निर्माणमा लाग्नु पर्ने बताए। सोही अवसरमा संयुक्त गोर्खा भूपू सैनिक क्लबले लेखनाथ पत्रकार मञ्चको अक्षयकोषमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ अध्यक्ष मे रामप्रसाद गुरुङ… पुरा पढौ

प्राइम सहकारीमा कोइराला

पोेखरा, ६ भदौ । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा-४ गैह्रापाटनको दोस्रो अधिवेशनबाट अध्यक्षमा निदेशप्रसाद कोइराला निर्वाचित भए। उपाध्यक्षमा शंकर कार्की, सचिवमा सुरेन्द्रमणि पौडेल र कोषाध्यक्षमा कुलदीप भट्टराई निर्वाचित भए। सदस्यमा सीता गुरुङ, जीवन कार्की र गुञ्जा गुरुङ निर्वाचित भएको प्रबन्धक नीरु थापाले जानकारी दिइन् । सहकारीको लेखा समिति संयोजकमा राजन परियार र सदस्यमा बाबुलाल पाण्डे र भोजनाथ सापकोटा विर्वाचित भए। अध्यक्षमा… पुरा पढौ