अर्थ/बजार

खैरेनीटार बजार इकाइमा पदाधिकारीको शपथ

खैरेनीटार, ७ माघ। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ समितिको २२ औं वाषिर्क साधारणसभा तथा १० औं अधिवेशनबाट निर्वाचित खैरेनीटार बजार इकाइका पदाधिकारीको शपथ तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। नवनिर्वाचित सभापति पूर्णबहादुर कायस्थलाई निवर्तमान सभापति अर्जुनकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ खुवाएका थिए । त्यस्तै, सभापति पूर्णबहादुरले उपसभापति सुजित हिराचन, कोषाध्यक्ष सुजनकुमार श्रेष्ठ, सदस्य अमृत घिमिरे, बुद्धिकुमार-सुवास) श्रेष्ठ, जोसिला… पुरा पढौ

उपहार सहकारीको रक्तदान

पोखरा, ७ माघ । उपकार बचत तथा ऋण सहकारी संस्थाले दशौ वर्ष प्रवेश गरेको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । पोखरा ६, नारेश्वरमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । प्रमुख अतिथि प्रदेश सदस्य राजीव पहारीले दानमध्ये रक्तदान र मतदान महत्वपूर्ण हुने बताए । उनले आफूले फेवाताल संरक्षणलाई प्राथमिकतामा राखेको बताए । वडा ६ का अध्यक्ष जगतबहादुर पहारीले उपकार सहकारीले सरसफाइ, रक्तदान,… पुरा पढौ

विवादबीच फेन्सी तथा रेडिमेड व्यवसायीको साधारणसभा

पोखरा, ६ माघ । फेन्सी तथा रेडिमेड व्यवसायी संघ, पोखराको दशौं वाषिर्क साधारणसभामा विवाद उत्पन्न भएको छ । विवाद साम्य पार्न प्रहरीले नै सुरक्षा प्रदान गर्नुपर्‍यो । संघ अध्यक्षले रकम एकलौटी प्रयोग गरेको आरोपमा केही सदस्यले सभा बहिस्कारमात्र गरेनन्, माफी नमाग्ने अध्यक्षको राजीनामा समेत माग गर्दै विरोध जनाए । साधारणसभा उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले व्यवसाय प्रवर्द्धनका लागि व्यावसायिक… पुरा पढौ

व्यापार मेलामा रत्यौली  प्रतियोगिता

पोखरा, ३० पुस। रत्यौलीमा के हुन्छ - छेडछाड, माया पिरतीका कुरा अनि अलिकति उच्छृङ्खलता पनि - रत्यौली नाचेका र लुठो बनेकाहरूलाई थाहा नहुने कुरै भएन। महिला मात्र सहभागि हुने र बिहेमा  मात्र नाचिने रत्यौली आजकल बदलिएको छ। रत्यौली हेर्न बिहे कुर्नै नपर्ने भएको छ। पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको  'सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल… पुरा पढौ

दुर्इ मेला आजदेखि

पोखरा, २६ पुस । पोखरामा बिहीबारदेखि दुर्इ ठूला मेला शुरु हुँदैछन् । मेला सञ्चालन मिति एकै भए पनि आयोजक र मेलास्थल भने फरक छन् । पोखरा उद्योग वाणिज्य संघले नयाँबजारस्थित स्थायी प्रदर्शनी केन्द्रमा सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला सञ्चालन गर्दैछ भने युनाइटेड क्लब पोखराले अमरसिंहचौरमा आठौं पोखरा महोत्सव सञ्चालन गर्दैछ । दुवै मेला माघ ८ सम्म चल्नेछन् । उद्योग वाणिज्य संघका… पुरा पढौ

नोभेल र युनुसबीच उद्यमीलता विकासमा सम्झौता

पोखरा, २६ पुस। पोखराको नोभेल एकडेमी र बंगलादेशको युनुस सोसियल बिजनेस सेन्टरबीच सम्झौता भएको छ। नेपालमा उद्यमशीलताको विकास गर्नका युनुस सेन्टरका तर्फबाट अध्यक्ष प्रोफेसर मोहम्मद युनुस र नोभेल एकेडेमीका तर्फबाट प्रिन्सिपल डा कृष्णराज भण्डारीले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि नोभेल एकेडेमीले युनुस सेन्टरको सहकार्यमा पोखरामा नोभेल युनुस सोसियल विजनेश सेन्टरको स्थापना गर्ने छ। यसको मुख्य उद्देश्य उद्यमशीलताको विकाश गर्नका लागि… पुरा पढौ

सामूहिक नेतृत्वसहितको सहकारी आन्दोलन

पोखरा, २४ पुस। सामूहिक नेतृत्वसहितको योजना र एकता प्रयासले मात्र सहकारी आन्दोलन सफल हुने पोखरामा सोमबार आयोजित सहकारी गोलमेच सम्मेलनका वक्ताले जोड दिएका छन् । सहकारी आन्दोलन विकासक्रमको ऐतिहासिक सिंहावलोकन, उपलब्धि रक्षा र कमीकमजोरीबाट सकारात्मक शिक्षासहित सहकारी आन्दोलनको उठान हुनुपर्नेमा उनीहरुले जोड दिए। जिल्ला सहकारी संघको ४४ औं साधारणसभामा प्रारम्भिक सहकारीका अध्यक्षको संस्थागत प्रतिनिधित्व हुने गरी सक्रिय सहभागिता जनाउन र सहकारी… पुरा पढौ

९४ करोड बराबरको हकप्रद सेयर स्वीकृति

काठमाडौँ, २४ पुस। नेपाल धितोपत्र बोर्डले ९४ करोड तीन लाख बराबरको हकप्रद सेयर निष्कासन गर्न विभिन्न्ा तीन कम्पनीलाई स्वीकृति दिएको छ । बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद सेयर निष्कासनका लागि सोमबार स्वीकृति दिइएको छ । एसियन लाइफ इन्स्योरेन्सले १० कित्ता बराबर एक पाउने गरी रु ४० करोड २७ लाख ९६… पुरा पढौ

नेपालका ३ सहरमा अष्ट्रेलियन फेयर

पोखरा, २४ पुस। र्एइसीसी ग्लोबलले नेपालका ३ सहरमा अष्ट्रेलियन एड्मिसन डे जनवरी-२०१८ गर्दैछ । जनवरी १६ देखि १९ सम्म काठमाडौंको होटल याक एण्ड यती, चितवनको भरतपुर गार्डेन रिसोर्ट र कास्कीको होटल पोखरा ग्राण्डमा उक्त कार्यक्रम हुने जनाइएको छ । काठमाडौंमा आयोजना हुने अष्टे्रलियन डेमा ३० कोर्षका प्रदायक र पोखरा तथा चितवनमा ११ कोर्ष प्रदायकको सहभागिता रहने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालकै… पुरा पढौ

एनआइसी एसियाका शाखा १ सय ५९ पुगे

पोखरा, २४ पुस। एनआइसी एसिया बैंकले सोमबार तनहुँ र गोरखामा दुर्इ वटा शाखा विस्तार गरेको छ। बैंकले तनहुँ आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी बजार र गोरखा सदरमुकाम गोरखाबजारमा शाखा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रबन्धक दीपेन्द्र शर्माले जानकारी दिए। गोरखा शाखाको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोसीले र आँबुखैरेनी शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले उद्घाटन गरे। बैंकले छिट्टै तनहुँको डुम्रे, कास्कीको अन्नपूर्ण… पुरा पढौ