अर्थ/बजार

बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज

काठमाडौं, २७ कात्तिक। चौतर्फी विरोधपछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारले गरेको सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो। अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज गरेको उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले जानकारी दिए। संसदीय समितिको… पुरा पढौ

‘फोर जी’ सेवा गलत बाटोबाट : खड्का

पोखरा, २७ कात्तिक। नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य तथा प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार कुमार खड्काले एनसेललाई विकास समितिले गलत ढंगले 'फोर जी’ सेवा अनुमति दिएको आरोप लगाएका छन्। पोखरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सार्वजनिक लेखा समिति र अर्थ समितिले अस्वीकार गरेको फोर जी सेवा विकास समितिले रातारात अनुमति दिएको बताए। '२६ अर्ब लाभकर तिर्न बाँकी एजियटा कम्पनीको एनसेललाई कर… पुरा पढौ

गण्डकी विकास बैंकको विर्तामोडमा शाखा

पोखरा, २७ कात्तिक । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैकको झापाको विर्तामोडमा शाखा विस्तार गरेको छ । शाखाको बैंक अध्यक्ष जगनबहादुर गुरुङ उद्घाटन गर्दै बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँमा पनि विस्तार गर्दै लगिने बताए । उनले मुनाफामात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिने बताए । बैकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकको वित्तीय अवस्था, बैंकले… पुरा पढौ

जलविद्युत्मा लगानीमैत्री वातावरण

लमजुङ, २७ कात्तिक। लमजुङमा जलविद्युत् आयोजनाका लागि लगानीमैत्री वातावरण बन्दै गएको छ। यसैक्रममा दोर्र्दीखोला करिडोरमा जलविद्युत् निर्माणमा २२ अर्ब लगानी कार्य शुरु भएको छ । जिल्लाको पूर्र्वी क्षेत्रमा रहेको दोर्र्दी करिडोरका चार वटा आयोजना र दोर्र्दी नजिकैको छ्याङ्दी खोलामा निर्माण सम्पन्न भइसकेको दुर्इ मेगावाट क्षमताको छ्याङ्दी खोला जलविद्युत् आयोजनाले हालसम्म यो करिडोरमा २२ अर्ब लगानी गरेको जिल्ला समन्वय समितिका प्रमुख स्थानीय… पुरा पढौ

पोखरा ट्रेड मल अध्यक्षमा थापा

पोखरा, २५ कात्तिक। पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिको पाँचौं वाषिर्क साधारणसभा तथा दोस्रो अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा विन्दुकुमार थापा निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनबाट प्रबन्ध सञ्चालकमा मीनराज काफ्ले, सञ्चालकमा  (अर्थ) दीपककुमार मुल्मी, सन्तोषकुमार घिमिरे, वासुदेव पराजुली, शिव शर्मा र राजुकुमार शर्मा निर्वाचित भएको कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए। विभिन्न व्यवसायमा आबद्ध व्यवसायीको सहलगानीमा प्रदेश नम्बर ४… पुरा पढौ

ढिकुरपोखरी समाजको १० औं साधारणसभा

पोखरा, २५ कात्तिक । ढिकुरपोखरी समाज, पोखराले आफ्नो १० औं साधारणसभासँगै मृगौलापीडित गंगा दाहालको उपचार्रार्थ ४० हजार रुपैयाँ संकलन गरी सहयोग प्रदान गरेको छ । पोखरामै उपचाररत दाहाललाई समाजमा आबद्ध सदस्यले स्वतःस्फूत रकम संकलन गरी दान गरेका हुन् । अन्नपूर्ण गाउँपालिका वडा नं. १, २ र ३ सम्मिलित ढिकुपोखरीबाट पोखरा आई बसोबास गर्नेहरूको साझा समाजको साधारणसभाको उद्घाटन स्थानीय समेत रहेका कास्कीका प्रमुख जिल्ला… पुरा पढौ

मेगा बचतको साधारणसभा

पोखरा, २५ कात्तिक। मेगा बचत तथा ऋण सहकारी संस्था, न्यूरोडको सातौं वाषिर्क साधरणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष ध्रुवराज चालिसेले साधारणसभा उद्घाटन गर्दै सरकारको गरिबी निवारण कोषबाट प्रदान गरिएको न्यून व्याजदरको ५० लाख मेघा मार्फ् शेयर सदस्यलाई उपलब्ध गराइएको जानकारी दिए। उनले अन्तराष्ट्रिय गैरसरकारी संस्थासँग सहकार्य गरी उद्यमशीलता र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नका लागि थप बजेट ल्याउने तयारीमा रहेको… पुरा पढौ

फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न

पोखरा, २५ कात्तिक। राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीको आयोजनामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण शनिबार सम्पन्न भएको छ। प्रशिक्षण समापन समारोहमा प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले राष्ट्रिय फोटो पत्रकार समूहले यसखालको तालिम गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे। उनले तालिममा सिकेको सीप र दक्षता आफूमा मात्र सीमित नराखी कार्यक्षेत्रमा देखाउँदै व्यावसायिक बन्न प्रशिक्षार्थीलाई सुझाव दिए। प्रमुख प्रशिक्षक राष्ट्रिय… पुरा पढौ

वृद्धाश्रमलाई सनराइज बैंकको सहयोग

पोखरा, २३ कात्तिक। सनराइज बैंक लिमिटेडको १० औं वाषिर्कोत्सव उपलक्ष्यमा पोखरा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा वृद्घाश्रमलाई ४० हजार रूपैयाँ सहयोग गरेको छ। बैंकले प्रत्येक वाषिर्कोत्सव अवसरमा विभिन्न शाखा तथा मुख्य कार्यालय मार्फत विविध सामाजिक कार्य गर्दै आएको जनाएको छ। वृद्धाश्रममा सहयोग गरिएको उक्त रकम बैंकका पोखरा शाखाका शाखा प्रबन्धक नितेश रेग्मीले हस्तान्तरण गरे। कार्यक्रममा पोखरा वृद्घाश्रमका अध्यक्ष टीकाबहादुर भण्डारीले… पुरा पढौ

पोखरा भित्रियो डाटसनको रेडि-गो कार

पोखरा, २२ कात्तिक। पोखरामा डाटसन कम्पनीअन्तर्गत अर्वान क्रस मोडलको रेडि-गो कार बिक्री शुरु भएको छ। डाटसन ब्राण्डको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता थ्री एस ट्रेड हाउसले रेडि-गोको बिक्री शुरु गरेको हो। सुपथ मूल्यमा खरिद, स्पेयर पार्टस् उपलब्ध, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स आकर्षक लुक्स, पावर स्टेयरिङ, पावर विण्डो लगायत विशेषताका कारण डाटसनको रेडि-गो कार ग्राहक रोजाइमा परेको हाउसका प्रबन्धक गोपाल बरालले जानकारी दिए।… पुरा पढौ