अर्थ/बजार

पोखराको सस्तो बजार सञ्चालनमा

पोखरा, १३ फागुन। पोखराको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार आइतबारदेखि सञ्चालनमा आएको छ। र्सूय दिल ग्रुप इन्भेष्मेन्ट कम्पनीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनी सञ्चालक युवराज खतिवडाले नयाँ स्वरुपमा बजार सञ्चालनमा आएको जानकारी दिए। 'सुरक्षाको पूर्ण ग्यारेन्टीका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’ सञ्चालक खतिवडाले भने, 'बजार पूर्ण रुपमा सञ्चालनका लागि योग्य भइसकेको संरचना पूरा गरिसकेका छौं।’ 'बजारमा… पुरा पढौ

कारखाना मजदूर संघ कास्कीमा अधिकारी

पोखरा, १३ फागुन । नेपाल कारखाना मजदूर संघ कास्कीको छैटौं जिल्ला अधिवेशनले आगामी ४ वर्षका लागि किरण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समिति उपाध्यक्षमा मुक्तिराम पाण्डे, शिवहरि आचार्य, महिला उपाध्यक्षमा अनिता कुँवर, सचिवमा राजन अधिकारी, सहसचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा शीर्षक अधिकारी छन् । सदस्यमा अप्सरा बास्तोला, र्सूय रानाभाट, जमुना कोइराला छन् । यसअघि, अधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताले मजदूरका हकहित कायम गराउन… पुरा पढौ

टीभीएस जुपिटर क्लासिक स्कूटी भित्रियो

पोखरा, ९ फागुन। टीभीएस जुपिटर क्लासिक स्कूटी पोखरामा सार्वजनिक गरिएको छ। टीभीएस स्कूटर र मोटरसाइकलको नेपालमा आधिकारिक बिक्रेता जगदम्बा मोर्र्टसले बुधबार क्षेत्रीय रुपमा उक्त स्कूटी सार्वजनिक गरेको हो। स्कूटी सार्वजनिकलगत्तै गण्डकी र धौलागिरीको आधिकारिक वितरक बतास ब्रदर्शले बिक्री शुभारम्भ गरेको पोखराका बिक्री प्रबन्धक सन्तोष पोखरेलले बताए। पोखरेलले भने, 'अन्य संस्करणको जस्तै यस संस्करणको जुपिटर क्लासिकलाई ग्राहकले मन पराउने आशा गरेका… पुरा पढौ

आजदेखि क्यान इन्फोटक

पोखरा, ३ फागुन। कम्प्युटर एशोसियशन नेपाल (क्यान) कास्कीको आयोजनामा पोखरामा शुक्रबारदेखि नवौ संस्करणको क्यान इन्फोटक - २०१८ शुरु हुदैछ। पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा हुने इन्फोटक फागुन ८ गतेसम्म चल्नेछ। पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी इन्फोटकको तयारी पूरा भएको क्यान कास्कीका सचिव विकास भुतेलले जानकारी दिए। कम्यूटर तथा सूचना प्रविधि सम्वन्धि अत्याधुनिक एवं नविनतम प्रविधिबारे जानकारी दिदै ग्रामीण क्षेत्रसम्म सूचना प्रविधिको पहुँच… पुरा पढौ

महिन्द्राको ‘मेगा डेलिभरी’

पोखरा, २ फागुन।महिन्द्रा गाडीको गण्डकी धौलागिरीको आधिकारिक विक्रेता वतास व्रदर्श प्रालिले महिन्द्रा गाडीको मेगा डेलिभरी गरेको छ । पुस २१ गतेवाट माघ मसान्तभित्र गाडी वुकिङ् गरेका १ सय ७० जनामध्ये २० जना ग्राहकहरुलाई वुधवार एक कार्यक्रम आयोजना गरी एकैपटक गाडीको चावी हस्तान्तरण गरेको हो। वतास अर्गनाइजेशनका मानव संशोधन विभाग प्रमूख विश्वमणि भण्डारी र महिन्द्राका विक्रि प्रवन्धक पुष्पराज वरालले संयुक्त रुपमा ग्राहकहरुलाई… पुरा पढौ

सफल कृपाको पाँचौं वाषिर्कोत्सव

हेमजा, २९ माघ ।हेमजास्थित सफल कृपा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं बाषिर्कोत्सव आइतवार सम्पन्न भएको छ। सो अवसरमा स्थानीय राधाकृष्ण मन्दिरमा आश्रृत तीन जना बालबालिकालाई अन्न, पोषाक तथा स्टेशनरी सामग्री पनि सहयोग गरेको छ। कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष धनबहादुर थापाले सहकारीले समुदायप्रति चासो राखी बालबालिकाहरूलाई सहयोग गरेको धारणा राख्दै सहकारीले सधै आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्ने बताए।शिक्षा उपसमितिका सदस्य शिवकुमार… पुरा पढौ

२० हजार घरमा सुधारिएको चुलो

लमजुङ, २८ माघ। लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने तयारी गरिएको छ। स्वास्थ्य चुलो नेपाल जयवागेश्वरी, काठमाडौँले निर्माण गर्ने भएको हो। गृहिणी महिलाको स्वास्थ्यमा सुधार ल्याउने र बन फडानी रोक्न सहयोग गर्ने उद्देश्यले सो कार्य गरिन लागेको आयोजक संस्थाको भनाई छ। लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने लक्ष पूरा गर्नका लागि विभिन्न स्थानमा निर्माणकर्तालाई तालिम दिइएको सो संस्थाका… पुरा पढौ

अटो स्पा सञ्चालन

पोखरा, २३ माघ । पोखरा २६, बूढीबजारमा अटो स्पा सञ्चालनमा आएको छ । एक समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, टिएन्ड मल्टिनेशनल प्रालि पश्चिमाञ्चल अटो व्यवसायी संघका अध्यक्ष कालिदास पौडेल, ट्रेड युनियन प्रदेश ४ का संयोज मुराहरि पौडेल, डाँडाकोनाक प्रहरी चौकीका इञ्चार्ज गोविन्द पुरी र लेखनाथ उद्योग वाणिज्य संघ सदस्य शैलेन्द्रमोहन भट्टराईले उक्त स्पा संयुक्त उद्घाटन गरेका हुन् । व्यवसायी नरेन्द्र… पुरा पढौ

लेखनाथ महोत्सव सकियो

लेखनाथ, २२ माघ। १४ औं संस्करणको लेखनाथ महोत्सव एवं ४ नं. प्रदेशको प्रदेशिक औद्योगिक व्यापार मेला लक्ष्य प्राप्ति गर्दै सोमबार सम्पन्न भएको छ। महोत्सव समापनमा प्रमुख अतिथि प्रदेश ४ प्रमुख बाबुराम कुँवरले केन्द्रबाट गाउँसम्म संघीय सरकारको अवधारणा आएकाले अबका दिनमा जनताको घरदैलोमै राज्यको पहुँच पुग्ने विश्वास व्यक्त गरे। आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले परिवर्तित नयाँ परिवेशमा सबैको सहयोगको उच्च कदर गर्दै महोत्सवको माध्यमबाट… पुरा पढौ

खुद्रा व्यापार संघ कास्कीमा अधिकारी

पोखरा, २० माघ। खुद्रा तथा किराना व्यवसायी संघ कास्की अध्यक्षमा चूडामणि अधिकारी चयन भएका छन्। संघको १६ औं साधारणसभा तथा आठौं अधिवेशनले संघको अध्यक्षमा अधिकारीलाई चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्ष लिलाधर चपार्इँ, प्रथम उपाध्यक्ष रुद्रनाथ अधिकारी, द्वितीय उपाध्यक्ष डासीराम सापकोटा, महासचिव मनोहरबहादुर केसी, उपमहासचिव काशिराम सुवेदी, कोषाध्यक्ष होमनाथ पराजुली र सहकोषाध्यक्षमा कृष्णप्रसाद च्वार्इँ चयन भए । सदस्य बालकृष्ण देवकोटा, धनप्रसाद… पुरा पढौ