अर्थ/बजार

नेपाल मौरीपालक महासंघ कास्कीमा भण्डारी

लेखनाथ, २ असोज। नेपाल मौरीपालक महासंघ कास्की शाखाको १० औं साधारण सभा तथा पाचौं जिल्ला अधिवेशनले आगामी दुर्इ वर्षको लागि शिवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्ष पदमा तीन जनाको प्रतिष्पर्धा रहेकोमा यसअघि सदस्य रहका भण्डारी विजयी हुन सफल भएका हुन्। समितिको महिला उपाध्यक्षमा शान्ता गिरी, खुल्ला उपाध्यक्षमा श्रीभद्र बराल, सचिवमा भीष्म सुवेदी, कोषाध्यक्षमा प्रेम गुरुङ र सदस्यमा… पुरा पढौ

कालिका माइक्रो क्रेडिट बैंकको क्षमता अभिवृद्धि तालिम

पोखरा, २ असोज। स्याङ्जाको वालिङमा केन्द्रिय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले संस्थामा नयाँ कार्यरत फिल्ड सहायक कर्मचारीहरूका लागि दुर्इदिने फिल्ड तथा केन्द्र व्यवस्थापन र सफ्टवेयरसम्बधी तालिम दिएको छ। नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक लिका अध्यक्ष पशुपति घिमिरेले तालिम उद्घाटन गर्दै कर्मचारीको क्षमता अभिवृद्धिको लागि बैंकले आयोजना गरेको तालिम अनुकरणीय रहेको बताए। आरएमडिसिको अंशीक सहयोगमा आयोजित तालिममा स्या·जा, पाल्पा, रूपन्देही, पर्वत… पुरा पढौ

लेखनाथ हार्डवयरको साधारण सभा

लेखनाथ ३१ भदौ। लेखनाथ हार्डवयर एशोसिएसनको पाँचांै वाषिर्क साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारणसभा उद्घाटन गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले सबै व्यवसायी करको दायरामा आएमात्र व्यवसाय र व्यवसायी दुवै सुरक्षित हुने बताए। व्यवसायीले तिर्ने करको रकम वा बुझाउने व्यालेन्ससिटमा भएको रकममा एकरुपता नभएको उनको भनाइ थियो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफू पनि… पुरा पढौ

हेमजा सञ्चार सहकारीको पाँचौ साधारणसभा

हेमजा, ३१ भदौ। पोखरा-२५, हेमजास्थित हेमजा सञ्चार सहकारी संस्था लिमिटेडको पाँचौ वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा वर्ष कर्मचारीबाट प्राविधिक प्रमुख सुमन नेपालीलाई दोसल्लासहित सम्मान गरिएको छ। साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सूचनाको हक मौलिक हक भएको बताउँदै कास्कीको पश्चिमी क्षेत्रमा सहकारीद्वारा सञ्चालित रेडियो हेमजाले जनताको सूचनाको हकमा स्पष्ट भूमिका खेलेको चर्चा गरे। अध्यक्ष… पुरा पढौ

सेभनलेक कृषि सहकारीमा तिमिल्सेना

लेखनाथ, ३१ भदौ। सेभनलेक कृषि सहकारी संस्था पोखरा २६ को तेस्रो वाषिर्क साधारण सभा तथा दोस्रो अधिवेशनले रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत चयन उक्त समितिको उपाध्यक्षमा कुशराज तिमिल्सेना तथा सदस्यमा सुजा गुरु·, कुमारबहादुर क्षेत्री, सुविन तिमिल्सेना, धु्रवबहादुर थापा र सूर्यमणि अधिकारी छन्। कार्यसमिति विभाजन पछि गरिने भएको छ। अधिवक्ता हेमराज बराल निर्वाचनमण्डल संयोजक तथा सोमलाल कँडेल… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रियस्तरको सिनेमा हल

पोखरा, २९ भदौ । पोखरा सभागृहचोकमा अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ । २८ वर्षदेखि चलचित्र व्यवसायमा संलग्न द्वा परिवारले मिड टाउन ग्यालेरिया निर्माण गरी एकै कम्प्लेक्समा दुर्इ वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएको हो । विन्ध्यवासिनी, श्रीकृष्ण, बाराही 'क’ र 'ख’ साथै बुटवलमा कालिका हल सञ्चालन गरिरहेको द्वा समूहले मध्यम र उच्च वर्गलाई लक्षित गरी सुविधा सम्पन्न हल सञ्चालनमा ल्याएको पत्रकार… पुरा पढौ

पूर्वखोला गाउँपालिकाको बजेट झण्डै ३१ करोड

पाल्पा, २८ भदौ। पूर्वखोला गाउँपालिकाले प्रथम गाउँसभाबाट ३० करोड ८३ लाख ६२ हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाभित्र सहज यातायात पहुँच वृद्धि गर्न केन्द्र र वडाको सडक सञ्जाल जोड्न र स्तरोन्नतिमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ। गाउँपालिकाले स्वास्थ्यमा एक करोड ५७ लाख ३० हजार विनियोजन गदै १५ शैयाको अस्पताल बनाउने, घरमा सुत्केरी हुने आमा संख्या शून्य… पुरा पढौ

सहकारीले चलाएनन् सुपथ मूल्यका पसल

कावासोती, २८ भदौ। नवलपरासीमा सुपथ मूल्यका उपभोक्ता पसल सञ्चालनका लागि सरकारबाट पुँजीगत अनुदानप्राप्त ६२ सहकारीहरूले सुपथ मूल्यको उपभोक्ता पसल भने सञ्चालन गरेका छैनन्। २०६६ सालमा नेपाल सरकारले सहकारीमार्फत सुपथ पसल सञ्चालन गर्नका लागि प्रतिसहकारी एक लाख रूपैयाँको दरले पुँजीगत अनुदान दिएको थियो। तर अनुदान प्राप्त गरेपछि केही समय पसल सञ्चालन गरेका ती सहकारीहरूले सरकारी नियमको समेत उल्लघंन गर्दै उपभोक्तालाई सुपथ मूल्यको… पुरा पढौ

नयाँ मोडलका बाइक पोखरामा

पोखरा, २८ भदौ। अमेरिकन उत्पादन दुर्इचक्के ब्राण्ड युनाइटेड मोर्र्टस -युएम) ले हिमालय अटो वर्ल्ड पोखरामार्फत तीन सय सिसीका नयाँ ब्राण्डका मोटरसाइकल बिक्री शुरु गरेको छ । बुधबार एक समारोह आयोजना गरी रेनिगेट कमाण्डो ३०० र रेनिगेट स्पोर्ट्स एस ३०० मोटरसाइकल बिक्री शुरु गरिएको हेा । प्रमुख अतिथि पश्चिमाञ्चल अटो मोबाइल्स डिलस एशोसिएसनका अध्यक्ष कालिदास पौडेल र युवाउद्यमी मञ्च पोखराका अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले… पुरा पढौ

पोखरा सस्तो बजारमा बम

पोखरा, २६ भदौ। पृथ्वीचोकस्थित सस्तो बजार प्रवेशद्वारमा सोमबार बिहानै बम भेटियो। नेपाली सेनाले सुरक्षित रुपमा गरेको डिस्पोजले मानवीय तथा भौतिक क्षति भने टर्‍यो । फायर स्ट्रेनमा मोटरसाइकलको व्याट्री जडान गरी तामाको तारले बेरेर राखिएको अवस्थामा भेटिएको उक्त बमलाई सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो। नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको जमिनमा सञ्चालित पोखरा सस्तो बजारको पुरानो संरचना भत्काएर हाल नयाँ व्यावसायिक… पुरा पढौ