अर्थ/बजार

पोखरा महोत्सवलाई संघसंस्थाको साथ

पोखरा, १९ पुस। युनाइटेड क्लबको आयोजनामा यही पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंहचौरमा हुने आठांै संस्करणको पोखरा महोत्सव भव्य र सभ्य बनाउन पोखराका विभिन्न संघसंस्थाले सहयोग गर्ने भएका छन्। क्लबले बुधबार आयोजना गरेको छलफल तथा अन्तक्रिर्यामा पोखरा उपत्यकाभित्र रहेका विभिन्न संघ संस्थाको सहभागिता थियो। कार्यक्रममा टोल विकास संस्था टोल नगर समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशीले क्लबले समाजमा छुट्टै… पुरा पढौ

सान्नानी दोहोरीको शुभारम्भ

पोखरा, १६ पुस। पोखराको चिप्लेढुंगामा 'सान्नानी दोहोरी साँझ’ सञ्चालनमा आएको छ। एक वर्षअघिदेखि सुचारु गरिएको दोहोरीको पुस १५ को अवसर पारेर शुभारम्भ गरियो। दोहोरीको पोखरा-लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गरे। जिसीले दोहोरीको प्रगतिको कामना गर्दै दोहोरी साँझमा फोहोरी खेल नहोस भन्ने सुझाए। 'महानगरको नाम राख्न भए पनि दोहोरीमा फोहोरी खेल नहोस्’-उनले भने-'संस्कृति र संस्कारको बारेमा बाहिरबाट सुन्न र हेर्न… पुरा पढौ

उचाइका सुन्तला गुणस्तरीय

लमजुङ, १५ पुस। लमजुङमा उचाइका सुन्तला मीठा भएको पाइएको छ । जिल्लाको १ हजारदेखि १ हजार ३ सय मिटर उचाइमा उत्पादन भएका सुन्तला गुणस्तरीय पाइएको हो। चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले जिल्लाका विभिन्न स्थानमा गरेको शोध र अनुसन्धानबाट त्यस्तो पत्ता लागेको विश्वविद्यालयले जनाएको छ। सो अध्ययन उक्त विश्वविद्यालयका पहिलो पीएचडी विद्यार्थी प्रदीपराज रोकायाले गरेका हुन्। लमजुङका सुन्तला बढी मात्रामा उत्पादन… पुरा पढौ

परम्परागत गरगहना बनाउने तालिम

पोखरा, १५ पुस। सुनचाँदी व्यवसायी संघ कास्कीको आयोजना र व्यापार तथा निकासी प्रवर्द्वन केन्द्र पुल्चोक ललितपुरको आर्थिक सहयोगमा पोखरामा गरगहना बनाउने तालिम सञ्चालन गरिएको छ।  तालिममा परम्परागत गरगहना बनाउन सिकाइने संघका महासचिव मनबहादुर लाम्गादेले जानकारी दिए। दक्ष कालिगढको अभाव भएकाले तालिम आयोजना गरिएको हो। तालिमपछि गरगहना बनाउन विदेशबाट कालिगढ ल्याउनु पर्ने अवस्था अन्त्य हुने व्यवसायीको अपेक्षा छ। तालिमपछि दक्ष कालिगढलाई… पुरा पढौ

‘ब्राण्डलेस’ स्ट्रिट फेस्टिवल

पोखरा, १२ पुस । तत्कालीन राजा वीरेन्द्रलाई सन् १९९८ मा भेट्दा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसँग राजाले त्यसबेला चिन्ता पोखे-'पोखरामा कसरी पर्यटक बढाउन सकिन्छ ?’ भट्टराईसँग राजालाई दिने कुनै प्रतिक्रिया थिएन, तर अठोट थियो । ९० को दशकमा नेपालभर वाषिर्क मुस्किलले ५ लाख हाराहारीमा पर्यटक भित्रिन्थे । तीमध्ये ५० प्रतिशत पनि पोखराको भागमा पर्दैनथ्यो । यसको मतलव २ लाख जति पर्यटकमात्रै वर्षेनी पोखरा आइपुग्थे । नेपालीमा घुम्ने… पुरा पढौ

स्र्पर्स लघुवित्तको फिल्ड कर्मचारी तालिम

पोखरा, १२ पुस । स्र्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीलाई लघुवित्तसम्बन्धी आधारभूत तालिम दिएको छ । दुर्इ दिनसम्म चलेको उक्त तालिमको उद्घाटन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गरेका थिए। फिल्डमा काम गर्दा आइपरेका समस्या निराकरण गर्ने, लघुवित्तको आधारभूत अवधारणा तथा अभ्यासबारे जानकारी गराउने, फिल्डको गुणस्तर वृद्धि गर्ने, सदस्य तथा कर्जामा विस्तार गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको प्रमुख… पुरा पढौ

राधाकृष्ण उद्यमशील सहकारीमा सापकोटा

हेमजा, १० पुस । हेमजास्थित राधाकृष्ण उद्यमशील महिला सहकारी संस्थाको प्रथम अधिवेशनले पुनः सिर्जना सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीकुमारी कुँवर कार्की, सचिवमा कोपिला त्रिपाठी सापकोटा र कोषाध्यक्षमा विष्णुकुमारी अधिकारी चयन भए । सदस्यमा सोचना केसी, सरस्वती थापा, सरस्वती श्रेष्ठ, अम्विका थापा, रमा श्रेष्ठ, शान्ता बाँनिया रर्र् इश्वरी कार्की चयन भए। अधिवेशनले गुञ्जेश्वरी कार्कीको संयोजक तथा इन्दिरा श्रेष्ठ… पुरा पढौ

एनएमबि माइक्रो फाइनान्स अध्यक्षको शपथ

पोखरा, १० पुस । एनएमबि माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा उत्तम भ्लोन पुनः अध्यक्षमा चयन भए । आगामी ४ वर्षको लागि अध्यक्षमा चयन उनले बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। वित्तीय संस्थाको ५औं वाषिर्क साधारण सभाबाट पुनः निर्वाचित भएका भ्लोनलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन… पुरा पढौ

फेवा सहकारीको वाषिर्कोत्सवमा सहयोग

पोखरा, १० पुस। फेवा बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लि. सृजनाचोकको १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा पोखरा चिसाखोला वेद विद्याश्रममा सहयोग हस्तान्तरण गरेको छ। प्रमुख अतिथि संस्थाका सल्लाहकार रामप्रसाद तिमिल्सिनाले सहकारीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वेद विद्याश्रममा अध्ययन गर्ने करिब १ सय १० जना विद्यार्थीलाई खाना तथा फलफूल वितरण गरिएकोमा दुवै संस्थाको प्रगतिको कामना… पुरा पढौ

एनआईइसी नयाँ व्यवस्थापनमा

पोखरा, ९ पुस। नेपाल इन्टनेशनल एजुकेशन कन्सलटेन्सी (एनआईइसी) नयाँ व्यवस्थापानमा शनिवारदेखि सञ्चालनमा आएको छ। पोखरामा रहरे उच्चशिक्षाका लागि विभिन्न मुलुक जाने विद्यार्थीलाई यो शाखाले परामर्श दिँदै आएको थियो। एनआईइसीका पोखरास्थित एकेडेमिक डाइरेक्टर सुनील मसारीले विद्यार्थीको चाहना अनुसार विषय र पर्ढाई हुने विश्वविद्यालबारे परामर्श दिँदै आएको बताए। सन् २००१ मा काठमाडौंमा खुलेको एनआईइसीले ८ वर्ष अघि पोखरामा शाखा बिस्तार गरेर सहर… पुरा पढौ