अर्थ/बजार

सहकारी लगानी सम्मेलन शुरु

पोखरा, १५ चैत। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी आन्दोलनलाई उत्पादनको आन्दोलनसँग जोड्नुपर्ने औल्याएका छन्। निर्माण र समृद्धिको आन्दोलनमा सहकारीलाई जोड्नुपर्ने उल्लेख गर्दै उनले न्याय र समानताको सामाजिक वितरणमा सहकारीलाई लैजान आग्रह गरे। मुख्यमन्त्री गुरुङले लक्ष्य प्राप्तिका लागि निजी क्षेत्र र सहकारी मेरुदण्डका रुपमा रहेको संविधानमै उल्लेख भएको बताए। मुलुकको आर्थिक विकासका लागि तीनखम्बे मेरुदण्डमध्ये एक सहकारी क्षेत्रले संकलित पुँजीलाई समृद्धिको अभियानमा… पुरा पढौ

सल्यानमा मुक्तिनाथको एकैसाथ ३ शाखा

पोखरा, १५ चैत । ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकैसाथ ३ शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा शाखा विस्तार गरेको हो । बुधबार त्रिवेणी गाँउपालिका वडा ६, लुहामस्थित लुहाम शाखाको समुद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले गरे । प्रमुख अतिथि डाँगीले यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न वित्तीय संस्थाको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले… पुरा पढौ

क्रसरको अवैध धन्दामा सरकार साक्षी

पोखरा, १४ चैत । पोखराका विभिन्न वडाहरुमा अहिले नयाँ क्रसर उद्योग सञ्चालनमा आएका छन्। वडा कार्यालय र कर्मचारीको स्वीकृतिबाट आवश्यक अध्ययन समेत नगरी चलाइएका यस्ता क्रसर उद्योगप्रति नियमक निकायले ध्यान दिएको छैन। पोखरा १४ को बाच्छिबुडुवास्थित सेती किनारमा नयाँ क्रसर उद्योग बनिरहेको छ। व्यक्तिको खेतियोग्य जमिन सम्याउन र सम्याएका बेला निस्किएका सामान निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य ठाउँमा पनि निकासी गर्न… पुरा पढौ

दुर्इ सुनचाँदी महासंघ एक

पोखरा, ११ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। राजधानीमा भएको एक कार्यक्रमबीच दुवै महासंघका अध्यक्षहरू क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो। दुर्इ महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै देशैभरका सम्बन्धित व्यवसायीका संघसंस्थालाई समेट्ने गरी एकीकरण गरेर लैजाने प्रतिबद्धता… पुरा पढौ

सनराइज बैंकको स्वास्थ्य तथा दुर्घटना बिमा

पोखरा, ११ चैत । सनराइज बैंक लिमिटेडले बचतकर्ताको लागि स्वास्थ्य तथा दुर्घटना बिमा योजना कार्यक्रम सार्वजनिक गरेको छ। हरेक बचतखाताको बचतकर्तालाई डबल सुरक्षा हुने गरी योजना ल्याइएको बैंकका पोखरा शाखाका प्रबन्धक नितेश रेग्मीले बताए। स्वास्थ्य बिमा सुविधाअन्तर्गत खातामा भएको ३ सय ६५ दिनको भारित औषत निक्षेपको २५ प्रतिशत वा बिल रकममध्ये जुन रकम न्यून हुनेछ सो रकम एक लाखले नबढ्ने गरी… पुरा पढौ

पोखरामा बैंकिङ बिमा एक्स्पो हुने

पोखरा, ८ चैत । मिडिया इन्टरनेशनलको आयोजनामा पोखरामा बैकिङ बिमा एक्स्पो हुने भएको छ । बैकिङ सूचना प्रवाह गर्ने तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही चैत ११ र १२ गते बैकिङ बिमा एक्स्पो हुने वित्तीय जागरण राष्ट्रिय अभियानले जनाएको छ । सर्वसाधारणमा बैकिङ पहुँच बढाउँदै बैंकबाट कर्जा लिएर उद्यमशीलताको विकास गर्न समेत एक्स्पो प्रभावकारी हुने आयोजकको विश्वास छ । अभियान… पुरा पढौ

ओमको एकैपटक ३ शाखा उद्घाटन

  पोखरा, ६ चैत । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैदिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखा फरक-फरक कार्यक्रमबीच मंगलबार उद्घाटन गरे । उक्त अवसरमा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई हृीवलचेयर वितरण गरेको छ। कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, बैंक अध्यक्ष सुशीलकुमार… पुरा पढौ

औद्योगिक सुरक्षा स्टीकर अभियान

चितवन, २९ फागुन। औद्योगिक वातावरण तयार गरी चितवन, नवलपुर र मकवानपुर सहितको औद्योगिक राजधानी बनाउने उद्देश्य सहित यहाँका व्यवसायीले उद्योगहरुमा सुरक्षा स्टीकर अभियान सञ्चालन गरेका छन्। चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्य गरी चितवन र नवलपरासीको नवलपुरका ठूला उद्योगहरुमा औद्योगिक सुरक्षा स्टीकर टाँस्ने अभियान शुरु गरेको हो। स्टिकरमा सशस्त्र प्रहरीका विभिन्न युनिटहरु र उद्योग संघ चितवनको फोन… पुरा पढौ

मुक्तिनाथको काठमाडौंमै ९ शाखा

पोखरा, २९ फागुन । मुक्तिनाथ विकास बैंकले काठमाडौं उपत्यकाभित्र नवौं शाखाको रुपमा चावहिलमा शाखा सञ्चालनमा ल्याएको छ। शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले मंगलबार गरे । प्रमुख अतिथि थापाले मुक्तिनाथले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रहेको बताए। अध्यक्ष एवं बैंक संचालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले… पुरा पढौ

प्रदेश ४ मा नेपाली रेडियो नेर्टवर्क सञ्जाल

हेमजा, २८ फागुन। प्रदेश ४ मा नेपाली रेडियो नेर्टवर्कको सञ्जाल स्थापना गरिएको छ। पोखरामा सम्पन्न प्रदेशस्तरको रेडियोको भेलाले रेडियो हेमजा पोखराका स्टेशन म्यानेजर परशुराम अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो। समिति सहसंयोजकमा तीर्थ केसी (रेडियो सार्थक) र सदस्यमा दीपेश कडरिया, भूमि सुवेदी, छविलाल पाण्डे, दीपक श्रेष्ठ, गोपाल छन्त्याल, शंकर शर्मा, रमेश गोदार र पवन पौडेल रहेका छन्। समिति संरक्षक किशोरजंग… पुरा पढौ