अर्थ/बजार

दुर्इ रङका सिलिन्डर असारदेखि प्रचलनमा ल्याउन निर्देशन

काठमाडौँ, १ जेठ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी असार १ गतेदेखि अनिवार्यरूपमा रातो र नीलो रङका ग्याँस सिलिन्डर प्रयोग गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ। उक्त कार्यालयले यसै महिनाभित्र उपभोक्तालाई कार्ड वितरण नगर्ने र रातो तथा नीलो रङको सिलिनडर तयार नगर्ने ग्याँस उद्योगको खरिद आपूर्ति आदेश (पिडिओ) रोक्नसमेत वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई  निर्देशन दिएको छ। साथै सरकारले जेठ महिनामा उपभोक्ता… पुरा पढौ

नेशनल लाइफको दाबी भुक्तानी कार्यक्रम

पोखरा, २९ वैशाख। नेशनल लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी प्रदान गरेको छ। नेशनल लाइफको शाखा कार्यालय पोखरामा आयोजित एक कार्यक्रमबीच यस कम्पनीमा वैदेशिक रोजगार बीमा गर्नुभएका पाङ गाविस -२, बर्वतका भरत मल्ललाई रु. पाँच लाख बराबरको चेक नेशनल लाइफ पोखराका शाखा प्रबन्धक श्रकेशवराज ढकालले प्रदान गरेका हुन् बिमित मल्लका श्रीमती पवित्रा मल्ल र एक छोरा र एक छोरी पनि सो… पुरा पढौ

‘निर्माण व्यवसायी र उपभोक्ताबीच सार्वजनिक खरिद ऐन बाधक’

स्याङ्जा, २८ वैशाख।निर्माण व्यवसायी महासङ्घका अध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी र उपभोक्ताबीच सार्वजनिक खरिद ऐन बाधक रहेको बताएका छन्। पश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यवसायी सङ्घको १२ औं साधारणसभा तथा निर्माण व्यवसायी सङ्घ स्याङ्जाको नवनिर्मित भवनको शनिबार स्याङ्जामा उदघाटन गर्दै अध्यक्ष लामिछानेले व्यवसायीका लागि राज्य इमान्दार भएर उभिनुपर्नेमा जोड दिए। कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष शिवशंकर गौचन, केन्द्रीय महासचिव शरदकुमार गौचन, के सदस्यहरू… पुरा पढौ

एक्सचेञ्ज हुण्र्डाई इभेन्ट्स सम्पन्न

पोखरा, २८ वैशाख।ग्राहकको मागलाई मध्यनजर गर्दै लक्ष्मी हुन्र्डाईले पोखरा, बुद्धचोकस्थित आफ्नो आधिकारीक विक्रेता एल. आई. मोटर्स प्रालिमा परिसरमा एक्सपेरियन्स हुण्र्डाई प्रोग्राम सम्पन्न गरेको छ। दुर्इ दिनसम्म चलेको सो प्रोग्राममा नयाँ हुण्र्डाई गाडीको टेष्ट ड्राइभ, ग्राहकको पुरानो गाडीको एक्सचेञ्ज इभ्यालुएसन, पुरानो हुण्र्डाई गाडीको फ्रि चेकअप गरिएको कम्पनीका सेल्स एण्ड सर्भिस इन्चार्ज भीम खत्री क्षेत्रीले जानकारी दिए। कार्यक्रममा शुक्रबार र शनिबार गरी… पुरा पढौ

राष्ट्रिय पर्यटन मेलामा पोखराका व्यवसायी सहभागी

पोखरा, २८ वैशाख।काठमाडौमा शुक्रबारदेखि सुरु पाँचौं राष्ट्रिय पर्यटन मेलामा पोखराका पर्यटन व्यवसायीले पनि सहभागिता जनाएका छन्। पोखरा पर्यटन परिषद्का पदाधिकारीसहित यहाँका व्यवसायी मेलामा सहभागी भएका हुन्। परिषद्का उपाध्यक्ष बसन्तराज दवाडीको नेतृत्वमा पर्यटन व्यवसायीहरू मेलामा सहभागी हुन राजधानी गएका छन्। टोलीमा परिषद्का उपाध्यक्ष दवाडीसहित महासचिव चिरञ्जीवी पोखरेल, कोषाध्यक्ष रामु गौतमलगायतका छन्। मेला आइतबारसम्म चल्नेछ। परिषद्का उपाध्यक्ष दवाडीका अनुसार मेलामा हवाई खेलकुद… पुरा पढौ

एकैदिन विश्वविकास बैङ्कका दुर्इ शाखा सञ्चालनमा

पोखरा, २७ वैशाख। पोखराको चिप्लेढुङ्गा, बीपी चोकमा प्रधान कार्यालय रहेको विश्वविकास बैड्ढ लिमिटेडले आफ्नो १२ औं तथा १३ औं शाखा कार्यालय शुक्रबारदेखि क्रमशः नवलपरासी जिल्लाको मुकुन्दपुर गाविसको भेडाबारी र रूपन्देही जिल्लाको, बुटबलस्थित गोलपार्कमा विधिवत कारोबार प्रारम्भ गरि सञ्चालनमा ल्याएको छ। उक्त शाखा कार्यालयहरूमा छुट्टाछुट्टै कार्यक्रमबीच बैड्ढको भेडाबारी शाखाको उद्घाटन बैड्ढका अध्यक्ष जगन बहादुर गुरुङ र गोलपार्क शाखाको उद्घाटन नेपाल राष्ट्र… पुरा पढौ

फेवाको नयाँ निक्षेप योजना

पोखरा, २५ वैशाख।पोखरामा प्रधानकार्यालय रहेको फेवा फाइनान्स लिमिटेडले आफ्नो ११ औं वाषिर्कोत्सवको उपलक्ष्यमा सीमित समयको लागि नयाँ निक्षेप योजना बजारमा ल्याएको छ। जसअनुसार एक वषे मुद्धती खातामा त्रैमासिक ब्याज भुक्तान गर्ने गरी १०.५० प्रतिशत ब्याज प्रदान गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए। यसबाट निक्षेपकर्तालाई राम्रो प्रतिफल प्राप्त हुने उनको विश्वास छ। संस्थाले बचत र अन्य मुद्दती खाताहरूमा पनि… पुरा पढौ

पहिलो निजी बैकको रूपमा मनाङ पुग्यो सिटी

पोखरा, २३ वैशाख। पोखरामा प्रधानकार्यालय रहेको सिटी डेभलपमेण्ट बैंक लिमिटेडले सोमबार मनाङको चामेमा शाखा विस्तार गरेको छ। शाखाको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोला र बैंकका अध्यक्ष राजेन्द्रकुमार बाटाजूले संयुक्तरूपमा उद्घाटन गरे। सिटीको नवौ शाखाको रूपमा विस्तारित सो शाखा मनाङमा निजी क्षेत्रको सेवा सञ्चालन गर्ने बैक हुन पुगेको छ। यसअघि नेपाल बैंक र कृषि… पुरा पढौ

बोरिङ खानेपानी सञ्चालक समिति पोखरा-१८ मा पोखरेल

पोखरा, २२ वैशाख।बोरिङ खानेपानी सञ्चालक उपभोक्ता समिति पोखरा-१८ को सम्पन्न चौथो अधिवेशनले शिवप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्ष यशोदा भट्टराई, सचिव विष्णु कार्की, सहसचिव मिलन केसी, कोषाध्यक्ष मोहन कार्की तथा सदस्यमा इन्द्रमाया बानियाँ, लक्ष्मी पोखरेल, होमबहादुर जिसी, बेदनाथ पोखरेल, क्षेत्रबहादुर गुरुङ, खड्काबहादुर रोक्का र उत्तम परियार रहेका छन्। रिक्त दुर्इ महिला सदस्य पछि थप मनोनीत गरिने… पुरा पढौ

माझठानामा कृषि महोत्सव

लेखनाथ, २० वैशाख।कास्कीको माझठाना गाविसको ओख्लेमा व्यवसायिक कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि प्रथम कृषि महोत्सव सुरु भएको छ। जागृति कृषक समूहको आयोजना तथा स्थानीय कृषक सङ्घसंस्थाको सहयोगमा शनिबारसम्म चल्ने कृषि महोत्सवमा स्थानीय कृषि उत्पदान प्रदर्शनी तथा बिक्रीको लागि राखिएको छ। प्रा·ारिक खेती गरौं माटो बचाऔं, माझठाना कृषि महोत्सव जाऔं तरकारी ल्याऔं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाट्न गर्दै… पुरा पढौ