अर्थ/बजार

आर्थिक सर्भेक्षण सार्वजनिक, आर्थिक वृद्धिदर ३ दशमलव ६ मा खुम्चियो

काठमाडौं, २८ असार।सरकारले ५ दशमलव ५ प्रतिशतको अपेक्षा रोखे पनि चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत मात्र हासिल भएको छ। सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०६९/७० को आर्थिक सर्भेक्षणले आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशतमा खुम्चिने देखाएको हो। कृषि तर्फको वृद्धिदर १ दशमलव ३ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ५ प्रतिशत हुने अनुमान गरिएको अर्थमन्त्रालयले… पुरा पढौ

मेट्रो डेभलपमेन्ट बैड्ढको विशेष साधारणसभा

पोखरा, २५ असार।पोखरा न्यूरोडमा प्रधान कार्यालय रहेको मेट्रो डेभलपमेन्ट बैड्ढ लिमिटेडको विशेष साधारणसभा म·लबार सम्पन्न भएको छ। बैड्ढका कार्यबाहक अध्यक्ष डा. नन्द श्रेष्ठको अध्यक्षतामा भएको सो विशेष साधारणसभाले २० कित्ता बराबर सात कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ। कास्की, लमजुङ र म्याग्दी जिल्ला कार्यक्षेत्र रहेको बैड्ढको संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट रु. १० करोड ६० लाख… पुरा पढौ

शेयरधनीलाई प्रशिक्षण

पोखरा, २५ असार।भूतपूर्व बिटि्रस, भारतीय तथा सिङ्गापुर पुलिसहरूको साझा संस्था गोर्खा कम्युनिटीद्वारा सञ्चालित गोर्खा बचत तथा ऋण सहकारी संस्था बुद्धचोकले शेयरधनीलाई प्रशिक्षण दिएको छ। चार वर्षअघि स्थापना भएको सहकारी संस्थाले म·लबार आफ्ना शेयरधनीलाई एकदिने प्रशिक्षण दिएको हो। कार्यक्रममा सहकारी डिभिजन कार्यालयका पूर्वनायवसुब्वा नारायण रेग्मीले सहजीकरण गरेका थिए। रेग्मीले शेयरधनीलाई सहकारी र शेयर सदस्यबीचको सम्बन्ध, सहकारी शेयर सदस्यको दायित्वलगायतमा केन्द्रित भएर… पुरा पढौ

वैदेशिक रोजगारलाई व्यवस्थिथत बनाउन गम्भीर बन्नुपर्ने

पोखरा, २३ असार।वैदेशिक रोजगारलाई व्यवस्थिथत बनाउन रोजगारीका लागि जाने व्यक्ति, मेनपावर कम्पनी र राज्य गम्भीर बन्नुपर्ने आवश्यकता पोखराका आइतबार आयोजित एक कार्यक्रमका वक्ताहरूले औंल्याएका छन्। जिल्ला जनसङ्ख्या समन्वय समिति कास्कीले आयोजना गरेको वैदेशिक रोजगारसँग सम्बन्धीत सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले त्यस्तो औंल्याएका हुन्। कार्यक्रममा सरकारी निकायका कर्मचारी, मेनपावर कम्पनीका प्रतिनिधि र सञ्चारकर्मी गरी २० जनाको सहभागिता रहेको थियो। वैदेशिक रोजगार… पुरा पढौ

गण्डकी जग्गा तथा आवास व्यवसायी सङ्घको अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल निर्वाचित

पोखरा, २२ असार।गण्डकी जग्गा तथा आवास विकास व्यवसायी सङ्घको शनिबार सम्पन्न नवौ वाषिर्क साधारण सभा एवं तेस्रो अधिवेशनले अर्जुन पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा नवराज पौडेल, महासचिवमा शोभामोहन पौडेल, सचिवमा अरुण स्तोम त्रिपाठी र कोषाध्यक्षमा लेखराज हमाल निर्वाचित भएका छन्। सदस्यमा ओम शर्मा, चक्रपाणि दाहाल, चन्दन गिरी, ओमप्रसाद सुवेदी, कमला गिरी, शिव न्यौपाने,… पुरा पढौ

बङगुरपालन सहकारीद्वारा युवा स्वरोजगारको रकम वितरण

गल्याङ, २० असार।स्याङ्जाको जगत्रदेवी गाविस वडा नं ८ तल्लोगल्याङस्तिर ब·ुर पालन सहकारी संस्थाले युवा स्वरोजगारअन्तर्गतको दोस्रो चरणको रकम वितरण गरेको छ। वितरण कार्यक्रममा बोल्दै स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेन्द्र श्रेष्ठले युवाहरू आत्मनिर्भर हुन सकेमा देश विकासका साथै युवाशक्ति पलायन हुनबाट बचाउन सकिने बताए। कार्यक्रममा बखुरपालन सहकारी संस्थाका सल्लाहकार संयोजक पदमबहादुर गाहामगर, समाजसेवी दुर्गाबहादुर सिरज, धर्मबहादुर राना, खड्गबहादुर रानालगायतले … पुरा पढौ

पूर्णबजेट ल्याउन पूर्वर्अर्थमन्त्रीहरूको सुझाव

काठमाडौ, १९ असार। पूर्वर्अर्थमन्त्रीहरूले वर्तमान सरकार निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएको चुनावी सरकार भएकोले यसले बजेटमार्फत् नयाँ कार्यक्रम ल्याउने र करको दायरा बढाउने काम गर्न नहुने बताएका छन्। राष्ट्रपतिले आंशिक बजेट ल्याउन सुझाव दिइरहेको समाचार बाहिर आएको बेला पूर्वर्अर्थमन्त्रीहरूले भने पूर्ण बजेटकै पक्षमा उभिएका हुन्। राजधानीमा भएको अन्तरक्रिया कार्यक्रममा पूर्वर्अर्थमन्त्रीहरूले अर्थतन्त्र कमजोर बन्दै गएकोले पूर्णबजेट आवश्यक भएको बताएका हुन्। पूर्वर्अर्थमन्त्री… पुरा पढौ

सहकारी सहायताले माछापालन व्यवसायतर्फ आकर्षण

गल्याङ, १८ असार।स्याङ्जाको जगत्रदेवी गाविस वडा न. ८ तल्लोगल्याङमा प्रधानकार्यालय रहेको आँधीखोला मत्स्य पालन सहकारीको सहायतामा विभिन्न स्थानमा माछापालन व्यवसाय आकर्षक बन्दै गएको छ। एक सय १६ जना कृषकको शेयर सदस्यबाट सञ्चालन गरिएको सहकारीले विभिन्न स्थानमा माछापालनसँगै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहकारीले महिलाका लागि अचार बनाउने, मैनबत्ती बनाउने, सिन्के धूपबत्ती बनाउने कृषि लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकोमा… पुरा पढौ

मासु पसलबाट अन्य उपभोग्य सामान बिक्री नगर्न लेखनाथको आग्रह

लेखनाथ, १८ असार।लेखनाथ नगर क्षेत्रभित्र रहेका फ्रेस हाउसबाट अन्य उपभोग्य सामान राखेर बिक्री वितरण नगर्न व्यवसायीलाई लेखनाथ नगरपालिकाले सबैमा अनुरोध गरेको छ। नगरपालिकाको अगुवाईमा उपभोक्तालाई स्वच्छ मासुजन्य पदार्थ उपलव्ध गराउनका लागि नगर क्षेत्रभित्र आइतबारदेखि अगाडि बढाइएको अनुगमनमा मासु पसलमा फलफूल, तरकारी, किराना, फेन्सी, होटल र पानका पसलसमेत सञ्चालन गरेको पाइएको हुँदा पहिलो चरणमा यसप्रकारका पसललाई कारबाही गर्नका लागि पहिलोपटक सचेत… पुरा पढौ

सडक बालबालिकाको लागि तीन करोडको उद्योग स्थापना

पोखरा, १६ असार।वि.सं. २०५१ मा लघु जलविद्युत निर्माणको क्षेत्रमा काम गर्न आएका डेनियल बुर्गीलाई नेपालको सुन्दरता र नेपालको सम्भावनाले लोभ्यायो। कन्स्ट्रक्सन इन्जिनियरिङमा विद्यावारिधी गरेका स्वीटजरल्याडका नागरिक बुर्गी यो २० वर्षको अवधिमा लामो समय नेपाल रहे। सडक बालबालिका गम सुँघ्ने, बोत्तल, सिसा खोज्ने गरेको पत्ता लगाएपछि उनीहरूलाई सहयोग गर्न त्यही फोहोरलाई प्रयोग गर्ने उनले विचार गरे। विदेशी संस्था र आईएनजिओको सहयोग… पुरा पढौ