अर्थ/बजार

कास्की फाइनान्सको सातौं वाषिर्क साधारणसभा सम्पन्न

पोखरा, २२ कात्तिक।कास्की फाइनान्स लिमिटेडको सातौं वाषिर्क साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भएको छ। साधारण सभाले आ.व. २०६९/०७० को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत नगद लाभांश पारित गरेको छ। सो अवसरमा वित्तीय संस्थाका अध्यक्ष मदन शर्मा खनालले कम्पनीको वाषिर्क प्रतिवेदन प्रस्तुत गरि साधारणसभामा सर्वसाधारण शेयरधनीको जिज्ञासाको उत्तर दिएका थिए। साधारणसभाको सञ्चालन बैकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले गरेका थिए। २०६४ देखि… पुरा पढौ

चिप्लेढुङ्गा मिनी मार्केट शुभारम्भ, फुटपाथमात्र होइन पार्किङ पनि व्यवस्थापन गर्न व्यापारीको जोड

पोखरा, ९ कात्तिक।पोखराको चिप्लेढुङ्गा, न्यूरोड, महेन्द्रपुललगायत वरपका स्थानका सडक व्यापारीद्वारा सञ्चालित चिप्लेढु·ा मिनी मार्केटको शनिबार शुभारम्भ गरिएको छ। प्रशासनले फुटपाथ हटाएपछि त्यहाँका व्यापारीहरूले चिप्लेढुङ्गा फुटपाथ व्यवस्थापन समिति गठन गरेर चिप्लेढुङ्गामा बजार सञ्चालन गरेका हुन्। मिनी मार्केटको पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा कार्यकारी अधिकृत अधिकारीले फुटपाथ व्यवसायी एकताबद्ध भई व्यवस्थितरूपमा बजार सञ्चालन गरेकोमा बधाई दिँदै… पुरा पढौ

काहुँ देउराली सहकारीको नवौं साधारणसभा

पोखरा, ९ कात्तिक।काहूँ गाविस कास्कीमा रहेको देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं साधारणसभा शनिबार सम्पन्न भयो। साधारणसभाको कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी कास्कीकी सस्य सन्तु सुवेदीले उद्घाटन गरेकी थिइन्। कार्यक्रममा संस्थाको तर्फाट घनश्याम आचार्य, सल्लाहकार टीकाराम लामिछाने, काहूँ प्रावि व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद आचार्य, कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष कुमार क्षत्री, सहारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष काशीनाथ… पुरा पढौ

सिटी बैङक सातौं वर्षमा प्रवेश

पोखरा, ३ कात्तिक।२०६४ साल कार्तिकमा पोखराको चिप्लेढु·ाबाट बैड्ढङि सेवा सञ्चालन गरेको सिटी डेभलपमेण्ट  बैड्ढले  आफ्नो सफलताको छैटौं वर्ष पूरा गरि सातौं वर्षमा प्रवेश गरेको छ। सातौं वाषिर्कोत्सवको अवसरमा बैड्ढले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विभिन्न कार्यक्रम गर्ने भएको छ। पोखरा उप-महानगरपालिकाद्वारा वातावरण सुधारका लगि सञ्चालन गर्न लागिएको पोखरालाई स्वच्छ, सुन्दर र प्रदुषणमुक्त सहर बनाउन हाल बजारमा प्रयोग भइरहेको प्लाष्टिक झोलालाई… पुरा पढौ

चण्डीकालिका महिला बचत तथा ऋण सहकारी संस्थामा गुरुङ

पोखरा, २ कात्तिक।चण्डीकालिका महिला बचत तथा ऋण सहकारी संस्था पोखरा १८ मसिनाको अध्यक्षमा काशीमाया गुरुङ निर्विरोध रूपमा चयन भएकि छिन्। शनिबार सम्पन्न संस्थाको दशांै साधारणसभा तथा सातौ अधिवेशनले गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा शोभा बानियाँ, सचिवमा सुनिता आचार्य, सहसचिवमा सविता चापागाई र कोषाध्यक्षमा लक्ष्मी जिसी चयन भएका छन्। सदस्यमा राधा आचार्य, राधिका सापकोटा, मधु… पुरा पढौ

नमुना बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा

पोखरा, २३ असोज।पोखराको पृथ्वीचोकमा कार्यालय रहेको नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा बुधबार सम्पन्न भएको छ। साधारणसभाले तीन विशेष प्रस्ताव विनियम पुनलेखन, शेयर सदस्य कल्याणकारी कोष स्थापना तथा लोगो संशोधन पारितसमेत गर्‍यो। संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०६९/७० को प्रतिवेदन तथा भावी कार्यक्रम, कोषाध्यक्ष विष्णुहरि पराजुलीको बजेट तथा वाषिर्क कार्यक्रम र लेखा समितिका… पुरा पढौ

रुपाको दशौं साधारणसभा

लेखनाथ, २० असोज।रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लेखनाथ १२ को दशौं वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बोर्ड सदस्य डिल्लीराम तिवारीले सहकारीहरुले शेयर सदस्यहरुको मन छुने खालका परियोजना ल्याउन आग्रह गरेका छन्। उनले सहकारी भनेको समुदायमा बसोबास गर्ने सदस्यहरुबीच सामूहिक सहकार्य भएको उल्लेख गर्दै शेयर सदस्यहरुका लागि दुःखमा पनि मेरो संस्था हो भन्ने… पुरा पढौ

जल्धारे बचतको पाँचौं साधारणसभा

लेखनाथ, २० असोज।जल्धारे बचत तथा ऋण सहकारी संस्था लेखनाथ-४ को पाँचौ साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघका उपाध्यक्ष रविरमण तिवारीले सहकारीले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको अवस्थामा सरकारको तर्फबाट नीतिगतरुपले सम्बोधन गर्न नसकिरहेको अवस्थामा आगामी संविधानसभामा सहकारीका समस्या र स्पष्ट नीतिबारे आवाज उठाउनुपर्ने बताए। लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बलराम ढकालले सहकारीले गर्ने लगानीबाट शेयर सदस्यको… पुरा पढौ

सहकारीले उत्पादनमूलक उद्योगमा लगानी गर्नुपर्नेमा जोड

पोखरा, २० असोज।सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य नारायणप्रसाद अर्यालले सहकारीले मुनाफा मात्र नहेरी उत्पादनमूलक उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिएका छन्। उज्वल वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा-८ को छैटौं वाषिर्क साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि अर्यालले उक्त कुरामा जोड दिएका हुन्। उनले परम्परागत मान्यताबाट अब सहकारी चल्न नसक्ने भन्दै व्यवहारिक र जनउपयोगी तथा उद्यमशील बनाउन आवश्यक… पुरा पढौ

जय रूपाताल बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व

लेखनाथ, १९ असोज।जय रूपाताल बचत तथा ऋण सहकारी संस्था लेखनाथ-१४ को प्रथम साधारणसभाले आगामी दुर्इ वर्षका लागि ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा धिरजकुमार श्रेष्ठ, सचिवमा तत्यदेवी पहारी र कोषाध्यक्षमा बसन्त जोशी रहेका छन्।सदस्यमा योगेन्द्र गुरुङ, रामचन्द्र सुनार, हुमाया गुरुङ, रामचन्द्र खड्का र दिनेश घिमिरे छन्।भेलाले लेखा समितिको संयोजकमा केशव पौडेल र सदस्यमा गणेशप्रसाद… पुरा पढौ