अर्थ/बजार

गोलभेडा बिक्रीबाट १५ दिनमा ६० हजार

पोखरा, १८ साउन।स्वदेशी माटोमै केही गर्ने दृढ इच्छाका साथ व्यवसायिक गोलभेडा खेतीमा लागेका यहाँका दुर्इ युवाले १५ दिनमा ६० हजार आम्दानी गरेका छन्। कास्की जिल्लाको निर्मलपोखरी गाविस ५ अजिंगरेका युवाद्वय अर्जुन भण्डारी र निर्मल भण्डारीले उत्पादन गरेको गोलभेडा पोखरास्थित द बजार नामक  संस्थालाई बिक्री गरेर उनीहरूले सो आम्दानी गरेका हुन। एकान्तस्थानमा फालिएको आधारोपनी जग्गामा तीनवटा टनेलभित्र वैशाखा महिनामा लगाएको कविता… पुरा पढौ

आचार्य परिवारद्वारा दीपमा व्यवसायिक भैंसीपालन

पोखरा, १७ साउन।कास्की पोखरा-१६ दीपस्थित जोगिमणिमार्गमा व्यवसायिक भैंसीपालन सुरु गरिएको छ। लामाचौरको घार्मी पुरानो घर भई हाल दीप निवासी भेषराज आचार्यको परिवारले व्यवसायिकरूपमा भैंसीपालन सुरु गरेको हो। उनको र्फममा करिब ७५ देखि ८० हजार रकम प्रतिभैंसी पर्ने यतिबेला नौ वटा भैसी छन् भने एक दूधालु गाईसमेत पालिएको छ। भेषराजकी धर्मपत्नी देवी आचार्य आफूहरूले दिनमा एक मानाको रु. ५० का दरले… पुरा पढौ

एकीकृत सम्पत्तिकरमा करदाताको उल्लेख्य सहभागिता

लेखनाथ, १७ साउन।लेखनाथ नगरपालिकाले आर्थिक वर्षको सुरुवातसँगै लगाएको एकीकृत सम्पत्तिकर प्रणालीमा करदाताको उल्लेख्य सहभागिता रहेको छ। साउन १ गतेदेखि अग्रिम सम्पत्तिकर कार्यान्वयनमा ल्याएको लेखनाथ नगरपालिकाले त्यसलाई १५ गतेदेखि व्यवस्थित गरेपछि सेवाग्राहीको सहभागिता दिनप्रतिदिन बढ्दै गएको हो। कर प्रणालीलाई व्यवस्थित तरिकाले लागू गरेपछि सेवाग्राहीलाई छिटो र छरितोरूपमा काम अगाडि बढाउनका लागि सबै कर्मचारी परिचालन गरिएको छ। सेवाग्राहीमा पनि आफूले पहिला बुझाएको… पुरा पढौ

गण्डकी अञ्चलमा स्काई प्रो सुरु

पोखरा, १६ साउन।नेपाल टेलिकमले गण्डकी अञ्चलमा बुधबारबाट आईपि सिडीएमए प्रविधिमा आधारित इभिडिओ सेवाको रिम कार्ड वितरण सुरु गरेको छ। नेपालको ७५ वटै जिल्लामा पुगेको सिडीएमए प्रविधिलाई प्रभावकारी बनाउन र सहज इन्टरनेट सेवा प्रदान गर्न टेलिकमले यो प्रविधिको आरम्भ गरेको हो। टेलिकमले इभिडियो प्रविधिलाई स्काई प्रो ब्राण्डमा बिक्री गर्ने छ। टेलिकम पोखराले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो।… पुरा पढौ

रत्न मन्दिरमा पोखरेलीले होटल बनाउन नदिने

पोखरा, १३ साउन।पोखराको सुन्दर क्षेत्र फेवा ताल किनारमा रहेको रत्न मन्दिर र यस आसपासको क्षेत्रमा पाँच तारे होटल बनाउने प्रक्रिया अगाडि बढेको भन्दै पोखराका सङ्घसंस्थाले विरोध जनाएका छन्। आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद् र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले रत्न मन्दिरको सदुपयोगको सम्बन्धमा साझा धारणा बनाउन र होटल बनाउन रोक्न छलफल कार्यक्रमको आयोजना गरे। यो… पुरा पढौ

मोटरसाइकल वर्कशप एशोसियसनको लेखनाथ एकाइ गठन

पोखरा, १३ साउन।कास्की मोटरसाइकल वर्कशप (मेकानिकल) एशोसियसनको आयोजनामा शनिबार लेखनाथमा भएको भेलाले सो एशोसियसनको लेखनाथ एकाइ समिति गठन गरेको छ। समितिको संयोजकमा अन्जन कार्की तथा सदस्यमा इमान गुरुङ, हरि नेपाली, प्रकाश केसी र कमल मियाँ रहेका छन्। भेलाले सुशीलराज लामिछानेलाई समितिको वरिष्ठ सल्लाहकारमा चयन गरेको छ। एशोसियसनका अध्यक्ष माधव प्रसाद खतिवडाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लक्ष्मण भण्डारी, लक्ष्मण केसी, सुशील… पुरा पढौ

पोखरामा सामसुङको स्मार्टफोन क्याफे सञ्चालन

पोखरा, ७ साउन। सामसुङ मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेजले पोखरामा स्मार्टफोन क्याफे सोमबारदेखि सञ्चालनमा ल्याएको छ। महेन्द्रपुलमा खोलिएको क्याफेमा स्मार्टफोनको बारेमा जानकारी लिनुको साथै पछिल्लो प्रविधिको बारेमा बुभ\mन सक्ने इन्टरनेशनल मार्केटिङ सर्भिसेजले जनाएको छ। नयाँ क्याफेको सोमबार नै एक कार्यक्रमकाबीच इन्टरनेशनल मार्केटिङका अध्यक्ष दीपक मलहोत्रा र सामसुङ इलेक्ट्रोनिक्सका साउथ वेस्ट एशिया असिस्टेन्ट म्यानेजर जए सुब लिले संयुक्तरुपमा… पुरा पढौ

पर्यटन बोर्डको बजेट आर्थिक वर्षमा १० प्रतिशतले वृद्धि भएर आउने

पोखरा, ५ साउन।नेपाल पर्यटन बोर्डले पोखराका लागि छुट्टयाएको बजेट पोखराबाट नै पाउनुपर्ने पोखराका पर्यटन व्यवसायीले माग गरेका छन्। नेपाल पर्यटन बोर्डले शनिबार पोखरामा आयोजना गरेको नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७०/०७१ को बजेट तथा कार्यक्रम सम्बन्धमा स्थानीय सरोकारवालासँग गरेको छलफल कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीले त्यस्तो माग गरेका हुन्। नेपाल पर्यटन बोर्डले पोखराको लागि छुट्टयाएको बजेटको आधा रकम त केन्द्रमा लिन… पुरा पढौ

पोखरा मलका व्यवसायी आन्दोलनमा, माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी

पोखरा, ४ साउन।पोखरा उप-महानगरपालिका पृथ्वीचोकमा रहेको पोखरा मलका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यवसायीहरूले भौतिक पक्ष र सञ्चालन पक्ष गरि तीन पेजको माग राखेर शुक्रबार एक दिनका लागि पोखरा मलका सम्पूर्ण व्यवसाय बन्द गरि आन्दोलनमा उत्रिएका हुन्। व्यवसायीहरूले व्यवस्थापक पक्ष आफ्ना समस्या शान्तिपूर्ण मर्यादित र सभ्य तरिकाले प्रस्तुत गर्दै गर्दासमेत व्यवस्थापन पक्षले धम्कीपूर्ण तरिकाले प्रस्तुत भएकोले एक दिन सम्पूर्ण व्यवसाय बन्द… पुरा पढौ

आव २०७०/०७१ को बजेट कार्यान्वयनमा चुनौती

पोखरा, ४ साउन।सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७०/०७१ को बजेटले उर्जा, कृषिलगायत सबै क्षेत्रलाई समेटेको भए पनि कार्यान्वयनमा चुनौती रहेको एक कार्यक्रमका वक्ताले बताएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति कास्की र पोखरा उप-महानगरपालिकासँगको सहकार्यमा एभिन्युज टेलिभिजनले शुक्रबार पोखरामा आयोजना गरेको पोष्टबजेट छलफल कार्यक्रममा सहभागी पश्चिमाञ्चलका व्यवसायी, उद्योगी र पर्यटन व्यवसायीले बताएका हुन्। कार्यक्रममा नेपाल उद्योग वाणिज्य… पुरा पढौ