अर्थ/बजार

शेयर बजारमा गरेको लगानी सुरक्षित

लेखनाथ, १ चैत।लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाल स्टक एक्सचेञ्जको सहयोगमा शनिबार लेखनाथमा आयोजित लगानी कर्तासँग नेप्से विषयक अन्तरक्रियाका सहभागीले शेयर बजारमा गरेको लगानी सुरक्षित भएको धारणा राखेका छन्।  छरिएर रहेको पूँजीलाई एकीकृत गरि देशको अर्थतन्त्र बलियो बनाउने नेप्सेको सिद्धान्तअनुसार अहिले विभिन्न वित्तीय सङ्घसंस्थामा गरिने लगानी सुरक्षित भएकाले ढुक्क भएर लगानी गर्न सकिने कार्यक्रमका सहभागी विज्ञको भनाइ थियो। शेयर… पुरा पढौ

मासु प्रशोधनसम्बन्धी सार्वजनिक सुनुवाइ

पोखरा, २९ फागुन।मासु प्रशोधन तथा बजारीकरणसम्बन्धी तेश्रो सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार कृषि मन्त्रालय व्यवसायिक कृषि तथा व्यापार आयोजना विएसिटिको पुरक अनुदानमा बराल फिल इण्डष्ट्रिज फेवा मिट प्रोडक्टस् प्रालिद्वारा सञ्चालित मासु प्रशोधन तथा बजारीकरणसम्बन्धी उपआयोजनाको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा उपआयोजनाअन्तर्गत भएका गतिविधि, खर्च र उपलब्धिको बारेमा समेत चर्चा गरिएको थियो। कार्यक्रमको उद्घाटन… पुरा पढौ

कास्कीको आर्थिक वर्ष २०७१/०७२ को बजेट चार अर्ब ८० करोड नयाँ स्वास्थ्य ऐन चाँडै : मन्त्री अधिकारी

पोखरा, २७ फागुन।जिल्ला विकास समिति कास्कीले आर्थिक वर्ष २०७१/७२का लागि झण्डै पाँच अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ। कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलले मंगलबार आयोजित २२ औं जिल्ला परिषद्को घोषणा-सभामा आगामी आर्थिक वर्षका लागि चार अर्ब ८० करोड ६२ लाख ७२ हजार रुपैयाँको बजेट र कार्यक्रम प्रस्तुत गरेका हुन्। परिषद्को उद्घाटन गर्दै प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज… पुरा पढौ

मनाङको वाषिर्क बजेट ३८ करोड

बेसीसहर, २५ फागुन।मनाङको जिल्ला परिषद्ले ३८ करोड ९४ लाख २० हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि तय गरिएको बजेट तथा कार्यक्रम जिल्ला परिषद्मार्फत पारित गरिएको हो। परिषद्मा मनाङका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बजेट वक्तव्य जारी गर्दै चालु खर्चतर्फ २२ करोड ८९ लाख ५९ हजार, कार्यक्रमतर्फ १६ करोड चार लाख ७१ हजार र… पुरा पढौ

मुद्रा सटहीको अध्यक्षमा पराजुली

पोखरा, २४ फागुन।मुद्रा सटही व्यवसायी स·ठन पोखराको शनिबार कास्कीको सम्पन्न आठौं वाषिर्क साधरणसभा तथा पाँचौं अधिवेशनले भरतराज पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्ष पराजुली पश्चिमाञ्चल होटल सङ्घ पोखराका प्रथम  उपाध्यक्ष एवं होटल पिस प्लाजाका सञ्चालक पनि हुन्। स·ठनको उपाध्यक्षमा खेमराज पौडेल, सचिवमा कृष्ण भण्डारी, कोषाध्यक्षमा रूपक मिश्र तथा सदस्यमा धनञ्जय पौडेल, संगीता पौडेल, सूर्य शाही, कमल भुजेल, रामकृष्ण… पुरा पढौ

२२ औ जिल्ला परिषद्द्वारा दुर्इ अर्ब सार्वजनिक

बागलुङ, २३ फागुन।जिल्ला विकास समिति बागलुङको आयोजनामा आर्थिक वर्ष २०७१/७२ को लागि दुर्इ अर्ब ९९ करोड ८३ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। २२ औ जिल्ला परिषद्को बैठकले आर्थिक वर्षको लागि सो बजेट सार्वजनिक गरेको हो। जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले परिषद्मार्फत पूँजीगत बजेट एक अर्ब ७७ करोड १६ लाख ९२ हजार रुपैयाँ र चालु… पुरा पढौ

जापानिज कल्चर सेन्टर पोखरामा पनि

पोखरा, २१ फागुन।पोखरामा आसाही जापानिज ल्याग्वेज एण्ड कल्चर सेन्टर तथा ग्रिन एप्पल इन्टरनेश्नल एजुकेशन फाउण्डेशनको शाखा विस्तार भएको छ। उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई करिब एक दशकदेखि राजधानीको कुमारीपाटी ललितपुरबाट सेवा दिँदै आएको उक्त संस्थाले मानभवन ललितपुर, सूर्यविनायक भक्तपुर, क्षेत्रपुर भरतपुर र शहीदचोक नारायणगढ हुँदै पोखरामा शाखा विस्तार गरेको हो। बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले अन्तर्राष्ट्रियस्तरको भाषा कक्षा… पुरा पढौ

लेखनाथ बचतद्वारा मकवानपुरका सहकारीहरूको भ्रमण

लेखनाथ, २० फागुन।लेखनाथ बचत तथा ऋण सहकारी संस्था लि. लेखनाथ ३, कास्कीले मकवानपुर जिल्लाका दुर्इ उत्कृष्ट सहकारीको अध्ययन अवलोकन गरेको छ। भ्रमणदलमा संस्थाका सञ्चालक समिति सदस्य, कर्मचारी एवं शेयर सदस्यसहित ४१ जनाको सहभागिता रहेको थियो। शनिबार संस्थाका अध्यक्ष कुशलबावु लामिछानेको नेतृत्वमा मकवानपुरको पालुङ पुगेको भ्रमणदललाई पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बिमलकुमार ढकालले स्वागत गरेका थिए। पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सहव्यवस्थापक… पुरा पढौ

पोखरा हङकङ बजार व्यवस्थित बनाइने

पोखरा, २० फागुन।पोखराको पृथ्वीचोकस्थित सहारा टोलमा रहेको पोखरा हङकङ बजारलाई व्यवस्थित बनाईने भएको छ। यसअघि त्यहाँका व्यवसायीले बजारमा मानिस आउन सक्ने वातावरण बनाउन नगरपालिका र जग्गा धनिलाई संयुक्त ज्ञापनपत्र पेश गरेपछि पोखरा उप-महानगरपालिकाले बजार व्यवस्थापनमा सहमति दिएको हो। पोखरा हङकङ बजार व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष संगम मरासिनी, पोखरा सस्तो बजारका अध्यक्ष शिव खनाल, नमुना बजारका अध्यक्ष सूर्यमोहन सुवेदीसहितको टोलीसँग भएको… पुरा पढौ

ल्याण्डमार्कको विस्तार चितवनको सौराहमा पनि

पोखरा, १४ फागुन।पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालनमा आएको सात वर्षभित्रै होटल ल्याण्डमार्कले अको पर्यटकीय क्षेत्र चितवनको सौराहामा पनि शाखा विस्तार गरेको छ। महाशिवरात्रिको दिनबाट ल्याण्डमार्क फरेष्ट पार्क नाममा सौराहास्थित बागमारामा अन्तर्राष्ट्रियस्तरमा सेवासुविधा दिने गरी प्रारम्भिकरूपमा रिसोर्ट सञ्चालनमा आउने कार्यकारी प्रमुख सिएन पाण्डेले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। करिब २० रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा वातानुकूलित ४६ वटा पाहुना… पुरा पढौ