अर्थ/बजार

जनकपुर चुरोटको बुटवल कार्यालय खण्डहर, कार्यालयको सम्पत्ति बुझ्ने निकाय पनि भएनर्ःकर्मचारी

बुटवल, २१ साउन।बुटवलमा रहेको धागो कारखाना बन्द गरेर उद्योगका मेशिनदेखि अन्य सम्पतीहरू बेवारिसे भैरहेको बेला  बुटवलमा रहेको जनकपुर चुरोट कारखानाको क्षेत्रीय कार्यालय खण्डहर बन्दै गएको छ। नेपाल सरकारको असार २० गतेको मन्त्रिपरिषद बैठकबाट उद्योग बन्द गरि सबै कर्मचारीहरूलाई अनिर्वाय अवकाश दिएपछि कार्यालय बेवारिसेजस्तै बनेको छ। सरकारले उद्योग बन्द गर्ने निर्णय गरे पनि अबौर्को सम्पत्ति रहेको कार्यालयको व्यवस्थापन तथा त्यस मातहतमा… पुरा पढौ

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको १३ औं वाषिर्क साधारणसभा

पोखरा, २० साउन।पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको १३ औं वाषिर्क साधारणसभा शनिबार सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका कार्यबाहक अध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गरेका थिए। उनले व्यासायीको साझा हित र विकासका लागि सङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने धारणा राखे। कार्यक्रममा संस्थाका कोषाध्यक्ष मित्रबहादुर कुँवरले कोषाध्यक्षको प्रतिवेदन र सचिव दधिराम दाहालले सचिवको प्रतिवेदन पेश गरेका थिए। सो… पुरा पढौ

सयपत्री सहकारीको चौथो वाषिर्कोत्सव

पोखरा, २० साउन।पोखरा-११ रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेडको चौथो वाषिर्कोत्सव सम्पन्न भएको छ। सहकारीले वाषिर्कोत्सवको अवसरमा पोखरा-१८ बाच्छीबुडुवामा रहेको वात्साययन वृद्धाश्रममा फलफूल, विष्कुट, जुस वितरण गर्दै १७ हजार ५ सय ५५ रुपैयाँ नगद समेत प्रदान गरेको थियो। सेती पारिको उत्कृष्ट सहकारीको रूपमा लिइने बताउँदै आएको सहकारीले आफ्ना ग्राहकलाई आलु खेती सेवा, सोलर प्लान्टजस्ता सेवा प्रदान गरेको… पुरा पढौ

पोखरा रोयलको सञ्चालन मुनाफा एक करोड ८० लाख

पोखरा, १९ साउन।पोखरा रोयल सहकारी संस्था लिमिटेड, पोखराले गत आर्थिक वर्षमा एक करोड ८० लाख ४५ हजार सात सय १२ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। वि.सं. २०५९मा स्थापित यस सहकारीले गत आर्थिक वर्षमा आठ करोड ६५ लाख १० हजार नौ सय ६९ रुपैयाँ आम्दानी र छ करोड ८४ लाख ६५ हजार दुर्इ सय ५६ रुपैयाँ खर्च गरी उक्त सञ्चालन… पुरा पढौ

युवाहरूद्वारा अर्गानिक कृषि खेती तथा बजारीकरण, ‘घुम्ने कुर्सीमा बसेर मेहनत नै नगरी उद्यमी भइँदैन’

पोखरा, १९ साउन।हाम्रो समाजमा अधिकांश विदेश जाने सपना बुन्छन्। त्यसमा पनि कलेज पढेपछि विदेश जाने सपना नदेखेका युवा कमैमात्र भेटिन्छन्। तर विदेश गएर पनि नेपालमै केही गर्छुभनी अठोट बोकेर र्फकने अत्यन्तै न्यून हुन्छन्। तर कास्कीका रिभान-६का तुलसी गिरी युरोप पुगेर पनि नेपाल फर्किए। त्यहाँ स्थानीय उत्पादनलाई दिएको मूल्य बुझेर उनी नेपालमै पनि स्थानीय उत्पादनको वृद्धि तथा बजारीकरण गर्ने अठोट बोकी… पुरा पढौ

गोलभेडा बिक्रीबाट १५ दिनमा ६० हजार

पोखरा, १८ साउन।स्वदेशी माटोमै केही गर्ने दृढ इच्छाका साथ व्यवसायिक गोलभेडा खेतीमा लागेका यहाँका दुर्इ युवाले १५ दिनमा ६० हजार आम्दानी गरेका छन्। कास्की जिल्लाको निर्मलपोखरी गाविस ५ अजिंगरेका युवाद्वय अर्जुन भण्डारी र निर्मल भण्डारीले उत्पादन गरेको गोलभेडा पोखरास्थित द बजार नामक  संस्थालाई बिक्री गरेर उनीहरूले सो आम्दानी गरेका हुन। एकान्तस्थानमा फालिएको आधारोपनी जग्गामा तीनवटा टनेलभित्र वैशाखा महिनामा लगाएको कविता… पुरा पढौ

आचार्य परिवारद्वारा दीपमा व्यवसायिक भैंसीपालन

पोखरा, १७ साउन।कास्की पोखरा-१६ दीपस्थित जोगिमणिमार्गमा व्यवसायिक भैंसीपालन सुरु गरिएको छ। लामाचौरको घार्मी पुरानो घर भई हाल दीप निवासी भेषराज आचार्यको परिवारले व्यवसायिकरूपमा भैंसीपालन सुरु गरेको हो। उनको र्फममा करिब ७५ देखि ८० हजार रकम प्रतिभैंसी पर्ने यतिबेला नौ वटा भैसी छन् भने एक दूधालु गाईसमेत पालिएको छ। भेषराजकी धर्मपत्नी देवी आचार्य आफूहरूले दिनमा एक मानाको रु. ५० का दरले… पुरा पढौ

एकीकृत सम्पत्तिकरमा करदाताको उल्लेख्य सहभागिता

लेखनाथ, १७ साउन।लेखनाथ नगरपालिकाले आर्थिक वर्षको सुरुवातसँगै लगाएको एकीकृत सम्पत्तिकर प्रणालीमा करदाताको उल्लेख्य सहभागिता रहेको छ। साउन १ गतेदेखि अग्रिम सम्पत्तिकर कार्यान्वयनमा ल्याएको लेखनाथ नगरपालिकाले त्यसलाई १५ गतेदेखि व्यवस्थित गरेपछि सेवाग्राहीको सहभागिता दिनप्रतिदिन बढ्दै गएको हो। कर प्रणालीलाई व्यवस्थित तरिकाले लागू गरेपछि सेवाग्राहीलाई छिटो र छरितोरूपमा काम अगाडि बढाउनका लागि सबै कर्मचारी परिचालन गरिएको छ। सेवाग्राहीमा पनि आफूले पहिला बुझाएको… पुरा पढौ

गण्डकी अञ्चलमा स्काई प्रो सुरु

पोखरा, १६ साउन।नेपाल टेलिकमले गण्डकी अञ्चलमा बुधबारबाट आईपि सिडीएमए प्रविधिमा आधारित इभिडिओ सेवाको रिम कार्ड वितरण सुरु गरेको छ। नेपालको ७५ वटै जिल्लामा पुगेको सिडीएमए प्रविधिलाई प्रभावकारी बनाउन र सहज इन्टरनेट सेवा प्रदान गर्न टेलिकमले यो प्रविधिको आरम्भ गरेको हो। टेलिकमले इभिडियो प्रविधिलाई स्काई प्रो ब्राण्डमा बिक्री गर्ने छ। टेलिकम पोखराले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो।… पुरा पढौ

रत्न मन्दिरमा पोखरेलीले होटल बनाउन नदिने

पोखरा, १३ साउन।पोखराको सुन्दर क्षेत्र फेवा ताल किनारमा रहेको रत्न मन्दिर र यस आसपासको क्षेत्रमा पाँच तारे होटल बनाउने प्रक्रिया अगाडि बढेको भन्दै पोखराका सङ्घसंस्थाले विरोध जनाएका छन्। आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद् र राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले रत्न मन्दिरको सदुपयोगको सम्बन्धमा साझा धारणा बनाउन र होटल बनाउन रोक्न छलफल कार्यक्रमको आयोजना गरे। यो… पुरा पढौ