अर्थ/बजार

पोखरा रोयल सहकारीद्वारा प्रधान सम्पादक बास्तोला र सहकारीकर्मी क“डेल पुरस्कृत सहकारीलाई जे चाह्यो त्यही गर्न छुट छैन : न्यौपाने

पोखरा, २ फागुन।पोखरा रोयल सहकारी संस्था लिमिटेडले पोखरामा शुक्रबार आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला र सहकारीकर्मी मीनराज कँडेललाई पुरस्कृत गरेको छ। सहकारीले पत्रकारिताको माध्यमबाट सहकारीको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै  सहकारीले सञ्चालन गर्दै आएको रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कारबाट स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानसम्पादक बास्तोलालाई पुरस्कृत गरेको हो। क्षेत्रीय पत्रकारिता पुरस्कारको राशि नगद पाँच हजार… पुरा पढौ

पर्वतको आधुनिक इँट्टा उद्योग सड्ढटमा

पर्वत, २९ माघ।अवैधरूपमा सञ्चालित इँट्टाभट्टाका कारण धौलागिरि अञ्चलकै एकमात्र चिनियाँ प्रविधिको आधुनिक इँट्टा उद्योग सड्ढटमा पर्दै गएको छ। सरकारको अनुमतिबिना सञ्चालित इँट्टाभट्टालाई सरकारले नियन्त्रण नगर्दा वैधानिकरूपमा सञ्चालित उद्योग सड्ढटमा परेको हो। सरकारले २०६९ भदौदेखि दाउरा प्रयोग गरेर इँट्टा उत्पादनमा रोक लगाए पनि यस्ता उद्योगले इँट्टा पोल्नका लागि दाउरा प्रयोग गर्दै आएका छन्। अवैधरूपमा सञ्चालित इँट्टाभट्टा रोक्नका घरेलु तथा साना उद्योग… पुरा पढौ

पोखरा उद्योग वाणिज्य सङ्घ ६० औं वर्ष प्रवेश

पोखरा, २५ माघ।पोखरा उद्योग वाणिज्य सङ्घ ६० औं वर्षमा प्रवेश गरेको छ। २०११ साल माघ २५ गते तत्कालीन समयमा रहेका उद्योगी तथा व्यवसायीको भेलाले स्व. अमृतप्रसाद  शेरचनको नेतृत्वमा सङ्घ स्थापना भएको हो।  सङ्घले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा कार्य गर्दै आएको छ। पोखराको जेठो सामाजिक सस्थाको समेत परिचय बनाएको सङ्घले पहलमा पोखरामा पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय, महेन्द्रपुल तथा… पुरा पढौ

सिटी रेवान महोत्सवबाट दुर्इ लाख बढी बचत

पोखरा, २५ माघ।पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसिएसनले पोखरामा मङ्सिर १३ देखि २३ गतेसम्म आयोजना गरेको दोस्रो सिटी रेवान महोत्सव तथा फूड फेस्टिभलबाट दुर्इ लाख ३६ हजार ६ सय ३० रुपैयाँ बचत भएको छ। महोत्सवमा ३४ लाख ८४ हजार आम्दानी भएको र महोत्सव सम्पन्न गर्न ३२ लाख ४७ हजार तीन सय ७० रुपैयाँ खर्च भएको छ। एशोसिएसनले पोखरामा शनिबार पत्रकार… पुरा पढौ

चण्डीकालिका महिला सहकारीको आफ्नै कार्यालयबाट कोराबार सुरु

पोखरा, २५ माघ।चण्डिकालिका महिला बचत तथा ऋण सहकारी संस्था पोखरा-१८, मसिनाले नयाँ व्यवस्थापनसहित आफ्नै कार्यालय भवनबाट कारोबार सुरु गरेको छ। २०५९ सालमा स्थापित उक्त सहकारीले शनिबार कार्यालयको उद्घाटन गरि कारोबार सुरु गरेको हो। कार्यक्रममा संस्थाका सदस्य विष्णुमाया आचार्यले एक लाख रुपैयाँ जम्मा गरि कारोबार सुरु गरिएको थियो। प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा फेवा फाइनान्सका निवर्तमान अध्यक्ष विन्दुकुमार… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेलामा नौ करोड कारोबार

पोखरा, २० माघ।पोखराको नयाँबजारमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७० मा करिब नौ करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ। आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव एवं मेला प्रचारप्रसार समिति संयोजक नारायण कोइरालाले १२ दिनसम्म चलेको मेलामा नौ करोड रुपैयाँ कारोबार भएको  बताएका हुन्। उनका अनुसार मेलाको एक लाख २५ हजार दर्शकले अवलोकन गरेका छन्। 'लगानीको सर्म्बर्द्धन, उद्योग व्यवसायको प्रबर्द्धनु… पुरा पढौ

बिहानी बचतको तीन सय ६५ दिन कारोबार

पोखरा, २० माघ।बिहानी बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखराले तीन सय ६५ दिन नै कारोबार गर्ने भएको छ। संस्थाका व्यवस्थापक टंक अधिकारीले अधिकृत शेयरपुँजी १० करोड रहेको यस संस्थाले तीन सय ६५ दिन नै कारोबार गर्ने जनाए। प्रतिस्पर्धात्मक वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट सहकारी सिद्धान्त तथा मूल्य र मान्यतालाई आत्मसात गर्दे विभिन्न जातजाति पेशा व्यवसायमा आबद्ध व्यक्ति तथा समुदायलाई… पुरा पढौ

पोखरा ट्रेड मलको बुकिङ खुल्ला

पोखरा, २० माघ।पोखरामा निर्माण भइरहेको पोखरा टे्रड मलको मंगलबारदेखि बुकिङ खुला गरिएको छ। आगामी असारसम्म सञ्चालनमा ल्याउने लक्ष्य लिइएको सो मलमा व्यापार व्यवसाय गर्न इच्छुक व्यक्ति तथा कम्पनीका लागि अहिलेबाटै बुकिङ खुल्ला गरिएको पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिका अध्यक्ष विन्दुकुमार थापाले बताए। उनका अनुसार सबै प्रकारका सामग्री उपलब्ध हुने सुविधासम्पन्न उक्त ट्रेड मलमा पाँच सय बढी सटर रहनेछन्। सुविधासम्पन्न… पुरा पढौ

पोखरा एफएमद्वारा विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पोखरा, १८ माघ।पोखरा एफएमद्वारा आयोजित तथा नेविको प्रालिद्वारा प्रायोजित विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ। विगत सात महिनादेखि सञ्चालित उक्त प्रतियोगितामा कास्की जिल्लाभित्र रहेका ६६ वटा सरकारी तथा निजी विद्यालयको सहभागिता रहेको थियो। मदरल्याण्ड उच्च मावि, वालोदय उच्च मावि र अमरसिहं उच्च मावि फाइनलमा पुगेकोमा मदरल्याण्ड उच्च माविका छात्र, छात्रा आशिष अधिकारी र यमुना अधिकारीको समूह प्रथम, अमरसिंह उच्च… पुरा पढौ

वाणिज्य सङ्घको स्वागत एवं भेटघाट कार्यक्रम

पोखरा, १६ माघ।पोखरा उद्योग वाणिज्य सङ्घले बिहीबार एक कार्यक्रमको आयोजना गरी साहित्यकार स्वागत एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। यही माघ १७ र १८ गते हुन लागेको मुक्तक कार्यशालामा आएका साहित्यकारहरूलाई मध्यनजर राखेर सङ्घले उक्त कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा बोल्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले वाणिज्य सङ्घ एक व्यवसायिक संस्था भए पनि पोखरा साहित्यिक भूमि भएकाले साहित्यकार स्वागत… पुरा पढौ