अर्थ/बजार

भेंडाच्याङ्ग्रा बजार झरे

पोखरामा वाषिर्क डेढ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका र च्याङ्ग्रा बिक्री हुन्छ। वर्षमा झण्डै एक लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेंडा च्याङ्ग्रा बेचिन्छन्। मूल्य हिसाब गर्दा वर्षमा पुग नपुग दुर्इ अर्ब रुपैयाँ खसीबोका र भेंडाच्याङ्ग्राको मासुमा खर्च हुन्छ। पोखरामा खपत हुनेमध्ये ३० प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात गरिन्छन्। वर्षमै करिब ५० करोड रुपैयाँ पोखराले मासुका लागि भारत… पुरा पढौ

नायर अध्यक्षमा नारायण

पोखरा, ५ असोज । नेपाल अष्टे्रलिया शैक्षिक परामर्श संघ (नायर) को काठमाडौंमा सम्पन्न वाषिर्क साधारणसभाले नारायणप्रसाद पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा चयन पहारी नेपालकै पहिलो क्युइएसी सर्टिफाइड काउन्सिलर हुन् । उनी १५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील छन् । सात सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, उपाध्यक्ष कुमार कार्की, महासचिव विज्ञान श्रेष्ठ, कोषाध्यक्ष मनोज पराजुली र सदस्यमा उद्धव खड्का र अनन्त… पुरा पढौ

सप्तगण्डकी आरएमसी उद्योग उद्घाटन

लेखनाथ, ५ भदौ । गुणस्तरीय निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले करिब १० करोडको लगानीमा पोखरा २७ को तालचोकमा सप्तगण्डकी आरएमसी उद्योग सञ्चालनमा आएको छ । घर ढलानदेखि ठूला ठूला भवन निर्माणमा जर्मनी प्रविधिबाट र छिटो छरितोका लागि उक्त उद्योग गत जेठबाट सञ्चालनमा आए पनि औपचारिक उद्घाटन बिहीबारमा गरिएको हो । उद्योग उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायी समृद्ध हुनु भनेको महानगरपालिका… पुरा पढौ

सहकारीले न्यूनतम सूचक पूरा गर्न आवश्यक : गुरुङ

हेमजा, ५ असोज। हेमजास्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वाषिर्क साधारणसभा बिहीबार सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै नेपाल बचत तथा ऋण सहकारी संघका सञ्चालक भीम गुरुङले कास्कीमा छ सय बढी सहकारी रहेको जानकारी राख्दै त्यसमा गौरीशंकर सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाए। सञ्चालक गुरुङले सहकारी पर्यटनको विकासमा सहकारी संस्थाहरुले उचित ध्यान दिन नसकेको औल्याउँदै धेरै कारोबार… पुरा पढौ

‘नगदपति’ बम्पर उपहार वितरण

पोखरा, ५ असोज। बर्जर पेन्ट्सले पोखरामा 'नगदपति’ का भाग्यशाली विजेतालाई बिहीबार नगद पुरस्कार प्रदान गरेको छ। बर्जरको घरधनी योजना अन्तर्गत यामकुमारी गुरुङलले लक्की ड्रमार्फत १० लाख रूपैयाँको बम्पर उपहार जितिन्। त्यसैगरी, धर्मराज थापाले प्रथम पुरस्कार स्वरूप एक लाख रूपैयाँ जिते। पोखरा क्षेत्रका उत्कृष्ट घरधनीका रूपमा दिलीप गुरुङले प्रथम पुरस्कार जित्न सफल रहे। उनले नगद एक लाख रूपैयाँ हात पारे। टेकमाया… पुरा पढौ

बाघमारा सहकारीको पाँचौं साधारण सभा

लेखनाथ, ३ असोज। बाघमारा सहकारी सञ्चारकर्मी सम्मानबाट तीन जना पत्रकार सम्मानित भएका छन्। पोखरा ३३, भरतपोखरीस्थित बाघमारा बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वाषिर्क साधारण सभा अवसरमा पत्रपत्रिकातर्फ आदर्श समाज दैनिकका वरिष्ठ संवाददाता भीमपाणि बराल, टेलिभिजनतर्फ गण्डकी टेलिभिजनका गणेश पौडेल र रेडियोतर्फ नेशनल एफएमका समाचारवाचक विष्णुहरि पौडेललाई सम्मान गरिएको हो। गत वर्ष पत्रकार विजय नेपाल र राजन उपाध्याय सम्मानित भएका… पुरा पढौ

लेखनाथ साना सहरी खानेपानीको क्षेत्रगत अधिवेशन

लेखनाथ, ३ असोज। लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो अधिवेशन तथा १३ औं साधारण सभाका सर्न्दर्भमा तीन क्षेत्रका अधिवेशन सम्पन्न भएका छन्। साविक लेखनाथलाई आठ क्षेत्रमा विभाजन गरिएकोमा तीन क्षेत्रमा अधिवेशन सम्पन्न भएको र बाँकी सम्पन्न हुने क्रममा छन्। क्षेत्र नं ६ खुदीमा भएको अधिवेशनले बासुदेव लामिछानेको संयोजकत्वमा १२ सदस्यीय समिति चयन गरेको छ। समितिका महिला सदस्यमा… पुरा पढौ

फुड फेस्टिभलमा पाँच लाखको कारोबार

पोखरा, ३ असोज। छैटौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिभलअन्तर्गत दोस्रो दिन मंगलबार पाँच लाख बराबरको कारोबार भएको छ। मेलाको करिब पाँच हजार दर्शकले अवलोकन गरेको आयोजक संस्थाका कार्यवाहक अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए। 'दोस्रो दिन दर्शकको राम्रो उपस्थिति रह्यो। दर्शकको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ’-उनले भने-'भोलि (बुधबार) देखि यो संख्या अझै बढ्ने विश्वास छ।’ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु… पुरा पढौ

नेपाल मौरीपालक महासंघ कास्कीमा भण्डारी

लेखनाथ, २ असोज। नेपाल मौरीपालक महासंघ कास्की शाखाको १० औं साधारण सभा तथा पाचौं जिल्ला अधिवेशनले आगामी दुर्इ वर्षको लागि शिवराज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्ष पदमा तीन जनाको प्रतिष्पर्धा रहेकोमा यसअघि सदस्य रहका भण्डारी विजयी हुन सफल भएका हुन्। समितिको महिला उपाध्यक्षमा शान्ता गिरी, खुल्ला उपाध्यक्षमा श्रीभद्र बराल, सचिवमा भीष्म सुवेदी, कोषाध्यक्षमा प्रेम गुरुङ र सदस्यमा… पुरा पढौ

कालिका माइक्रो क्रेडिट बैंकको क्षमता अभिवृद्धि तालिम

पोखरा, २ असोज। स्याङ्जाको वालिङमा केन्द्रिय कार्यालय रहेको कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले संस्थामा नयाँ कार्यरत फिल्ड सहायक कर्मचारीहरूका लागि दुर्इदिने फिल्ड तथा केन्द्र व्यवस्थापन र सफ्टवेयरसम्बधी तालिम दिएको छ। नेपाल कम्युनिटी डेभलपमेन्ट बैँक लिका अध्यक्ष पशुपति घिमिरेले तालिम उद्घाटन गर्दै कर्मचारीको क्षमता अभिवृद्धिको लागि बैंकले आयोजना गरेको तालिम अनुकरणीय रहेको बताए। आरएमडिसिको अंशीक सहयोगमा आयोजित तालिममा स्या·जा, पाल्पा, रूपन्देही, पर्वत… पुरा पढौ