अर्थ/बजार

हेमजामा आधुनिक सुपरमार्केट

हेमजा, ३ साउन। पोखरा २५, हेमजाको नहरचोकमा आधुनिक सुपरमार्केट सञ्चालनमा ल्याइएको छ। हेमजा आधुनिक सुपरमार्केट नाम दिइएको उक्त मार्केट स्थानीय कृष्णबहादुर थापाले स्थापना गरेका हुन्। उनले करिब ६ रोपनी आफ्नै जग्गामा २ करोड ३० लाख रुपैयाँ लगानी गरी सो मार्केट स्थापना गरेका हुन्। जसमा ५८ सटर, एक क्यान्टिन, पार्किङस्थल, लक्ष्मीनारायणको मन्दिर, कार्यक्रमका लागि स्टेज, खेलकुदका लागि खेल मैदानको व्यवस्था पनि… पुरा पढौ

संगम सहकारीको तालिम

पोखरा, १ साउन । संगम बचत तथा ऋण सहकारी संस्था लि, रामबजारद्वारा आयोतिज पोते, कृष्टल र मोतिद्वारा निर्मित हस्तकला तालिम सम्पन्न भएको छ । सहभागीलाई तालिम समापनमा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि वडा १५ का वडाध्यक्ष प्रकाश पौडेलले तालिमलाई व्यवहारिकतामा उतार्न सबैलाई आग्रह गरे। उनले आफू पनि संगम सहकारीको स्थापनाकालदेखिकै सदस्य भएको सदस्य स्मरण गर्दै संगमका हरेक गतिविधि प्रशंसनीय रहेको बताए। सहकारी… पुरा पढौ

गण्डकीका एकै दिन ६ शाखा संचालन

पोखरा, १ साउन । पोखरामा प्रधानकार्यालय रहेको गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ। बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपीपल र बुद्धनगर, कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको हो। यससं'गै बैंकको शाखा संख्या ६८ वटा पुगेका छन्। बैंकले छिट्टै नै नेपालको पूर्वदेखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी… पुरा पढौ

आइर्एमई रकम निकाल्दा टिभी पुरस्कार

पोखरा, ३२ असार । पोखरा ११ का आशीष बास्तोलाले आइर्एमई गर्दा आएको रकम निकाल्दा ४३ इन्चको टिभी उपहार पाएका छन्। उनका दाजु समीपले दुवइबाट २६ हजार २ सय २६ रुपैयाँ पठाएका थिए। आशीषलाई आइर्एमई लिमिटेडका पश्चिमाञ्चल प्रतिनिधि किशोर शर्मा र रमेश परियारले सोमबार उक्त टिभी हस्तान्तरण गरे। आइर्एमई लिमिटेडले नयाँ वर्ष २०७५ लक्षित गरी चलाएको 'नयाँ वर्षको बहार आइर्एमई गर्दा उपहारै… पुरा पढौ

मुक्तिनाथ विकास बैंकद्वारा कर्जा मिनाहा

पोखरा, ३० असार । बैंकबाट कर्जा लिएका एक ग्राहकको असामयिक निधन भएपछि मुक्तिनाथ विकास बैंकले कर्जा मिनाहा गर्नुका साथै काजक्रिया खर्चवापत मृतक परिवारलाई रकम प्रदान गरेको छ । बैंकको लघुबित्त डेस्क कार्यालय, पृथ्वीचोकबाट लघुकर्जाअन्तर्गत कर्जा लिएकी पर्वत माझफाँट १ घर भई हाल पोखराको मासबार बस्ने सावित्रीकुमारी थापामगरको असामयिक निधन भएपछि बैंकले सो सहयोग गरेको हेा । क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकालले एक… पुरा पढौ

एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट र मणिपाल सिटि एण्ड गिल्सबीच सम्झौता

पोखरा, ३० असार । पोखरा महानगरपालिका वडा ९, महेन्द्रपुलमा रहेको एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालि र मणिपाल सिटि एण्ड गिल्सबीच सर्म्बर्द्धन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापछि लाखौ रुपैयाँ खर्च गरेर विदेशमा महँगो शुल्क तिरेर पढ्न जानुपर्ने बाध्यता अन्त्य हुने र नेपालमा नै अन्तर्राष्ट्रियस्तरको मान्यताप्राप्त युकेको सिटि एण्ड गिल्सको प्रमाणपत्र सहित होटलसम्बन्धी विभिन्न तालिम प्रदान गरिने एभरेष्ट इन्स्टिच्युट अफ होटल… पुरा पढौ

कैलाशको ५५ औं शाखा जनकपुरमा

पोखरा, ३० असार । कैलाश विकास बैंकले शुक्रबार जनकपुरधाममा आफ्नो ५५ औँ शाखा स्थापना गरी कारोवार शुभारम्भ गरेको छ। उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंक, जनकपुरका मुख्य व्यवस्थापक नरेश शाक्यले गरे । कार्यक्रम संस्थाका सहायक महाप्रबन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको होे। बैंकको सो शाखाबाट सम्पूर्ण अत्यधुनिक बैंकिङ सुविधाहरु उपलब्ध हुनेछन्। नयाँ शाखा सहित बैंकको शाखा संख्या ५५ पुगेका छन् भने एटिएम… पुरा पढौ

साउन १ देखि सेयर कारोबार अनलाइनबाट

काठमाडौँ, ३० असार । तपाई सेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर सेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ । सेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू… पुरा पढौ

ए एण्ड बी अस्पतालको सेवा विस्तार

पोखरा, ३० असार। ए एण्ड बी अस्पताल, पोखराले आधुनिक तथा स्तरीय सेवा विस्तार गरेको जनाएको छ। पोखरा-२, विन्ध्यवासिनीस्थित अस्पतालमा आधुनिक प्रविधिको उपकरणसहित विशेषज्ञ सेवा विस्तार गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो। दश वर्षअघि फिजियोथेरापी र अकुशनल थेरापी उपचार सेवाबाट शुरु साविकको एबी केयर एण्ड रिहाविलिटेसन हस्पिटल १ वर्षदेखि आधुनिक उपचार पद्दतिसँगै गुणस्तरीय सेवाको साथमा सञ्चालनमा आएको व्यवस्थापक ऋषि खतिवडाले जनाए।… पुरा पढौ

मौद्रिक नीति सार्वजनिक

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले बुधबार मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर चिरञ्जीवी नेपालले लगानीयोग्य पुँजी बढाउन हाल वाणिज्य बैंकका लागि कायम रहेको ६ प्रतिशत न्यूनतम मौज्दात (सिआरआर रेसियो) ४ प्रतिशतमा पुर्‍याएका छन। यसरी आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले ४ प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । मौद्रिक नीतिअनुसार… पुरा पढौ