खेलकुद

यु-१९ एलिटकप क्रिकेटमा नेपालको दोस्रो जीत

पोखरा, २२ वैशाख।मलेसियामा जारी यु-१९ एलिट कप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ। आइतबार क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा कतारलाई नौ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जीत हात पारेको हो। कतारले दिएको ९४ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले १०.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। नेपालका लागि अमित श्रेष्ठले नटआउट ७० रनको योगदान दिए। यस्तै… पुरा पढौ

माझठानामा कृषि महोत्सव

लेखनाथ, २० वैशाख।कास्कीको माझठाना गाविसको ओख्लेमा व्यवसायिक कृषिलाई प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि प्रथम कृषि महोत्सव सुरु भएको छ। जागृति कृषक समूहको आयोजना तथा स्थानीय कृषक सङ्घसंस्थाको सहयोगमा शनिबारसम्म चल्ने कृषि महोत्सवमा स्थानीय कृषि उत्पदान प्रदर्शनी तथा बिक्रीको लागि राखिएको छ। प्रा·ारिक खेती गरौं माटो बचाऔं, माझठाना कृषि महोत्सव जाऔं तरकारी ल्याऔं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाट्न गर्दै… पुरा पढौ

विश्व क्रिकेट लिग डिभिजन-३ : नेपालद्वारा ओमन पराजित

काठमाडौँ, २० वैशाख। बर्मुडामा जारी विश्व क्रिकेट लिग डिभिजन-३ प्रतियोगिताअर्न्तर्गत आफ्नो चौथो खेलमा नेपाल २८ रनले विजयी भएको छ। आइसिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार बिहीबार राति हेमिल्टनमा सम्पन्न खेलमा नेपालले ओमनमाथि सो जीत हासिल गरेको हो। टस हारेर बलिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५० ओभर पूरा गर्दा १६० रनको योगफल तयार पारेको थियो। नेपाली खेलाडी प्रतिओभर तीन दशमलव… पुरा पढौ

यु-१९ एलिट कप क्रिकेटमा नेपालको पहिलो जीत

पोखरा, २० वैशाख।मलेसियामा सुरु यु-१९ एसीसी एलिट कप क्रिकेटमा नेपालले विजय सुरुवात गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित किनारा ओभलमा शुक्रबार आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ८४ रनले पराजित गरेको हो। नेपालले दिएको १९४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कुवेत ३६.२ ओभरमा सबै विकेट गुमाउँदै १९ रनमा समेटियो। कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि यज्ञमान कुमालले तीन, सुसान्त भारीले दुर्इ तथा… पुरा पढौ

दोस्रो माछापुच्छ्रे आर्चरी प्रतियोगिता सुरु, थकाली सेवा समिति कास्की विजयी

पोखरा, २० वैशाख।पूर्वाञ्चल सेवा समाज कास्की पोखराको आयोजना तथा आर्चरी सङ्घ नेपाल र आर्चरी सङ्घ कास्कीको सहयोगमा दोस्रो माछापुच्छ्रे राष्ट्रिय आर्चरी खुल्ला खेल प्रतियोगिता पोखरामा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन टीमर् इभेन्ट्समा फाइनल सम्पन्न भएको छ। सिनियर टीमर् इभेन्टस्मा थकाली सेवा समिति कास्ब विजयी भएको छ। हिमालयन आर्चरी क्लब काठमाडौ दोस्रो र किराँत सेवा समाज कास्की तृतीय भएका छन्।… पुरा पढौ

अरुण र गुञ्जा क्वाटरफाइनलमा

पोखरा, १९ वैशाख।बर्दियाका अरुण बस्नेत र दोलखाका गुञ्जा लामा दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पुरुष ५१ केजी तौलसमूहमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। उनीहरूसँगै सिन्धुलीका विरु थापा मगर, पर्सा विक्रम डंगोल, आयोजक राष्ट्रिय तेक्वान्दो सङ्घका यमन खड्का, सैनिक महाविद्यालयका सान्गाम शाह, चितवनका सुमन आले तथा आयोजकका मिलन महत पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलाको… पुरा पढौ

एक महिने निःशुल्क तेक्वान्दो प्रशिक्षण शिविर

पोखरा, १८ वैशाख। कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा सञ्चालित एक महिने निःशुल्क तेक्वान्दो प्रशिक्षण शिविर बुधबार पोखरामा सम्पन्न भयो। लेखनाथको शिशुवा, बगरको न्यू लिटिल स्टेप बोर्र्डिङ स्कुल र पोखरा र·शालामा सञ्चालित सो शिविरमा करिब एक सय जनाको सहभागिता रहेको सचिव प्रेमनारायण न्यौपानले जानकारी दिए। लेखनाथमा कुमार गुरुङ, बगरमा ललितबहादुर धामी र हेमराज कार्की तथा पोखरा र·शालामा सुनबहादुर लामा र गंगा… पुरा पढौ

थ्रीस्टारद्वारा मोहन बगान पराजित

पोखरा, १८ वैशाख। एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको छनौट चरणको खेलको तयारीमा रहेको नेपालको ए डिभिजन च्याम्पियन लक्ष्मी बैड्ढ थ्रीस्टार क्लबले मैत्रीपूर्ण फुटबल खेलमा भारतको प्रतिष्ठित क्लब मोहन बगानलाई पराजित गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ र·शालामा साँझ भएको खेलमा थ्रीस्टारले मोहन बगानलाई २-१ ले पराजित गरेको हो। मैत्रीपूर्ण खेलमा मोहन बगानको हार नेपालमा लगातार दोस्रोपटक हो। गत वर्ष पनि खेल्न… पुरा पढौ

दोस्रो माछापुच्छ्रे आर्चरी प्रतियोगिताको तयारी पूरा

पोखरा, १८ वैशाख।यही वैशाख २० गतेदेखि पोखरामा हुने दोस्रो माछापुच्छ्रे राष्ट्रियस्तरको आर्चरी प्रतियोगिताको तयारी पूरा भएको छ। पूर्वाञ्चल सेवा समाज कास्की पोखराको अयोजना तथा आर्चरी सङ्घ नेपाल र आर्चरी सङ्घ कास्कीको प्राविधिक सहयोगमा वैशाख २१ गते सम्म पोखरा र·शालास्थित आर्चरी खेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको हो। प्रतियोगितामा सहभागिताका लागि बुधबारसम्ममा समूहगततर्फ २० समूह तथा व्यक्तिगततर्फ ३५ जनाले नाम… पुरा पढौ

अन्तरक्याम्पस सेभेन-ए-साइड फुटबलको उपाधि पिएनलाई

पोखरा, १७ वैशाख।पोखरामा भएको अन्तरक्याम्पस कर्मचारी सङ्घ सेभेन-ए-साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि पृथ्वीनारायण क्याम्पको ‘बी’ समूहले हात पारेको छ। म·लबार भएको फाइनल खेलमा सानोठिमी क्याम्पस भक्तपुरको टोलीलाई ५-० को फराकिलो अन्तरले पाखा लगाउँदै उपाधि हात पारेको हो।विजेता पिएनले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता भक्तपुरको टोलीले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। विजेता… पुरा पढौ