खेलकुद

अन्तर्राष्ट्रिय ट्राइथलोन च्याम्पियनसीप सम्पन्न

पोखरा, १७ चैत। कास्कीको लेखनाथमा आयोजित अन्तर्राष्ट्रिय ट्राइथलोन च्याम्पियनसीप शनिबार सम्पन्न भएको छ। १५ मुलुकका कूल ८४ जना खेलाडीको सहभागिता रहेको प्रतियोगिता विभिन्न पाँच इभेन्टमा खेलाइएको थियो। जसअन्तर्गत इन्टरनेश्नल हिमालयन रस च्याम्पियनसीपको उपाधि बेलायतका साम मिडलहर्टले जितेका छन्। उनले निर्धारित दूरी दुर्इ घण्टा ५७ मिनेट ५६ सेकण्डमा पार गरी प्रथम हुन सफल भएका छन्। बेलायतकै रिचार्ज म्याक्डोवल्स दोस्रो र नेपालका… पुरा पढौ

अन्तिम खेलमा पुलिसले मच्छिन्द्रसँग बराबरी खेल्यो

पोखरा, १६ चैत। डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले  अन्तिम खेलमा मच्छिन्द्र एफसीसँग बराबरी खेल्दै सुपरलिग टुङ्गयाएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रसँग एक-एक गोलको बराबरी खेल्दै डिफेण्डिङ च्याम्पियन पुलिसले सुपरलिग टुङ्गयाएको हो। २२ खेलमा आठ जीत, छ हार तथा आठ खेल बराबरी खेलेको पुलिस ३२ अड्ढसहित सातौं स्थानमा  रहेको छ। शनिबार हुने आरसिटी र प|mेण्ड्सबीचको खेलले सातौं… पुरा पढौ

एसीसी यु-१९ एलिट कप क्लोज क्याम्पका लागि ३२ खेलाडी छनौट

पोखरा, १६ चैत। मलेसियाको क्वालालाम्पुरमा यही मेज १ तारिखदेखि सञ्चालन हुन गइरहेको एसीसी यु-१९ एलिट क्रिकेट प्रतियोगिता तयारीको लागि क्लोजक्याम्पमा नेपाल क्रिकेट सङ्घले पहिलो चरणमा आठवटा क्षेत्रबाट ३२ जना खेलाडी छनौट गरेको छ। छनौट भएका खेलाडीमा क्षेत्र नं. १ विराटनगरबाट अमित दाहाल, कालीचरण यादव, मायानन्द चौधरी र सुमन श्रेष्ठ, क्षेत्र नं. २ वीरगञ्जबाट अविनाश कर्ण रामनरेश गिरी, सुरजकुमार कुर्मी, अमित… पुरा पढौ

क्षेत्रीय भलिबलको तयारी पूरा

पोखरा, १६ चैत। चापाकोट युवा सञ्जालको आयोजनामा आगामी चैत २२ देखि २५ गतेसम्म सञ्चालन हुने चापाकोट क्षेत्र नं. ४ स्तरीय क्षेत्रीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। चापाकोट गाविसमा युवा सञ्जालले तयार पारेको खेलमैदानमा हुने सो प्रतियोगितामा क्षेत्र नं. ४ भित्र रहेको २० वटा गाउँ विकास समितिको सहभागिता रहने अनुमान छ। प्रतियोगितामा प्रथम टीमलाई नगद ३० हजार, द्वितीय हुने टीमलाई… पुरा पढौ

फ्रेण्ड्सद्वारा एनआरटी पराजित

पोखरा, १५ चैत। फ्रेण्ड्स क्लबद्वारा पराजित भएपछि एनआरटी काठमाडौंमा जारी सर्वाधिक पुरस्कार राशिको शहीद स्मारक ए डिभिजन सुपरलिगको दोस्रो स्थानबाट पनि बञ्चित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ र·शालामा बिहीबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा फ्रेण्ड्स क्लबसँग २-१ ले पराजित भएपछि एनआरटी दोस्रो स्थानबाट पनि बञ्चित भएको हो। फ्रेण्ड्सलाई जितेको भए ३८ अड्ढसहित दोस्रो स्थानमा उक्लिने थियो। मनाङ मस्र्याङ्दीसँगको अन्तिम खेलले ३५ लाख… पुरा पढौ

आठ वर्षपछि थ्रीस्टार लिग च्याम्पियन

पोखरा, १४ चैत। प्रतिद्वन्द्वी टीम मनाङ मस्र्याङ्दी क्लबले डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस क्लबसँग बराबरी खेलेपछि थ्रीस्टार क्लब काठमाडौंमा जारी सर्वाधिक पुरस्कार राशिको शहीद स्मारक ए डिभिजन सुपरलिग च्याम्पियन बनेको छ। थ्रीस्टारले यसअघि २०५४ र २०६१ सालमा उपाधि उचालेको थियो। एक खेल बाँकी छँदै उपाधि निश्चित गरेको उसले नगद ७५ लाख र ट्रफी पाउने पक्का भयो।अब उसले त्रिभुवन आर्मी क्लबसँग प्रतिष्ठाको… पुरा पढौ

नेपाल हङकङसँग छ विकेटले पराजित

काठमाडौं, १४ चैत । एसिसी टी-ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल हङहङसँग छ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल हङकङसँग छ विकेटले पराजित भएको हो। निर्धारित २० ओभरको खेलमा नेपालले सबै विकेट गुमाएर हङकङसामु प्रस्तुत गरेको ११६ रनको लक्ष्य हङकङले १७ ओभरमा मात्र चार विकेट गुमाउँदै पूरा गरेको हो।पहिले ब्याटिङ थालेको नेपालले… पुरा पढौ

नागीधार सबुपोखरी फुटबल कपको तयारी

पोखरा, १३ चैत। कास्कीको पूर्र्वी उत्तरमा अवस्थित मिजुरेडाँडा गाविस वडा न २ नागीधारमा यही चैत २४ गतेबाट हुने खुल्ला सेभेन-ए-साइड नागीधार सबुपोखरी फुटबल कप २०६९ को तयारी तीव्र पारिएको छ। युवा सशक्तीकरण, एकता, मनोरञ्जन र पर्यटन प्रवर्द्धनसँगै खेलकुदको विकास गर्ने उद्देश्यले स्थानीय सिर्जनशील युवा क्लबद्वारा आयोजना हुने प्रतियोगितामा करिब ६० प्रतिशत तयारी पूरा भएको संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए।… पुरा पढौ

एसीसी टि-ट्वान्टीमा नेपालको विजय सुरुवात

काठमाडौं, १३ चैत। मङ्गलबारबाट राजधानीमा सुरु भएको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले विजय सुरुवात गरेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ७६ रनले पराजित गर्‍यो। जीतका लागि नेपालले १ सय ७२ रनको चुनौती दिएकोमा मालदिभ्स ९५ रनमा समेटिएपछि नेपालले पहिलो जीत हासिल गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा कप्तान पारस खड्काले २ तथा शक्ति… पुरा पढौ

आजदेखि एसीसी टी-२० क्रिकेट

काठमाडौं, १२ चैत। एसीसी टी-२० क्रिकेट प्रतियोगिता म·लबारदेखि राजधानी काठमाडौंमा सुरु हुँदैछ। पहिलो दिन चार खेल हुनेछन्। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ।खेल बिहान सवा नौ बजे सुरु हुनेछ। म·लबार नै कीर्तिपुर मैदानमा अफगानिस्तानले ओमानको सामना गर्नेछ। यता, पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा मलेसियाले हङकङको र कुवेतले युर्एइको सामना गर्नेछ। १० टोलीलाई दुर्इ समूहमा विभाजन गरिएको प्रतियोगिताको… पुरा पढौ