खेलकुद

बिटी कपमा आजदेखि प्रिक्वाटरफाइनल खेल हुने

पोखरा, ४ असार।बुद्धटोल युवा परिवारको आयोजनामा पोखराको टुँडिखेलमा जारी आठौं बिटीकप अन्तरक्लब सेभेन-ए-साइड फुटबल प्रतियागिताअन्तर्गत बुधबारदेखि प्रि क्वाटरफाइनलका खेल हुने भएको छ। म·लबार सम्पन्न खेलमा जीत हासिल गर्दै मर्दि एफसी, गार्डेन एफसी, दीप युनाइटेड, अम्मरसिंह ब्वाइज क्लब, लेकसाइड, बिटी पहेंलो र रातोले प्रि क्वाटरफाइनलमा स्थान सुरक्षित पारे। मर्दि एफसीले धम्पुस एफसीलाई ३-१ ले पराजित गर्‍यो। सो खेलमा मर्दिका सन्तोष केसीले… पुरा पढौ

पश्चिमाञ्चललाई बास्केटबलमा दुर्इ रजत पदक

 पोखरा, ४ असार।प्रथम राष्ट्रिय विद्यालय खेलकुद ( जुनियर च्याम्पियनसीप)-२०७० मा पश्चिमाञ्चलले दुर्इ वटा रजत पदक प्राप्त गरेको छ। राष्ट्रिय खेलकुद परिषद्, विद्यालय खेलकुद विकास बोर्डद्वारा प्रथम पटक आयोजित विद्यालयस्तरीय खेलमा पश्चिमाञ्चलको प्रतिनिधत्व गर्दै सहभागी सरस्वती आदर्श विद्याश्रम, लामाचौरको छात्र बास्केटबल समूह र माउन्ट अन्नपूर्ण उच्च मावि, नदीपुरको छात्रा समूह दुवैले द्वितीय स्थान हासिल गर्न सफल भएका हुन। विजेता दुवै समूहका… पुरा पढौ

प्रथम राष्ट्रिय विद्यालय खेलकुद- २०७० मा मध्यमाञ्चललाई सात स्वर्ण

पोखरा, २ असार।मध्यमाञ्चलले प्रथम राष्ट्रिय विद्यालय खेलकुद (जुनियर च्याम्पियनसीप) को करातेमा मध्यमाञ्चल सात स्वर्णहित शीर्ष स्थानमा रह्यो। अघिल्लो दिन पाँच स्वर्णजितेको मध्यमाञ्चलले दो्रिो तथा अन्तिम दिन आइतबार २ स्वर्णथप्दै स्वर्णसङ्ख्या सात पुर्‍यायो। सुदूरपश्चिमाञ्चलले दुर्इ स्वर्णहात पार्‍यो भने पश्चिमाञ्चल एक स्वर्णा सीमित भयो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप) को ओलम्पियन सेमीकभर्डहलमा भएको पुरुषको ४७ केजीमा सुदूरपश्चिमाञ्चलका राजेन्द्र रोकाया पहिलो भए। फाइनलमा… पुरा पढौ

राष्ट्रिय विद्यालय खेलकुद सुरु

पोखरा, ३१ जेठ।राष्ट्रिय खेलकुद परिषद् (राखेप), विद्यालय खेलकुद विकास बोर्डको तत्त्वावधानमा एन-प्याब्सन, प्याब्सन र हिसानद्वारा आयोजित प्रथम राष्ट्रिय विद्यालय खेलकुद -जुनियर च्याम्पियनसीप) शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।। प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले राखेपले विद्यालयलाई नै खेलकुदको मूलधारमा समावेश गर्न विभिन्न शैक्षिक संस्थासँग सहकार्य गरी अगाडि बढेको कार्य प्रशंसनीय भएको भन्दै यस प्रकारको प्रतियोगिताले खेलकुदको विकासमा टेवा पुग्ने धारणा… पुरा पढौ

आठौ विटी कपमा नौ खेल सम्पन्न

पोखरा, ३१ जेठ।बद्धटोल युवा परिवार बगर-१,टुँडिखेलको आयोजनामा पोखराको टुँडिखेल मैदानमा जारी आठौं विटी कप खुल्ला सेभेन-ए-साइड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार नौ खेल सम्पन्न भएका छन्। पहिलो चरणको खेलअन्तर्गत बिवाइसी बाटुलेचौरले फूलबारी एफसीलाई ४-० गोलले पराजित गर्‍यो। बाटुलेचौरको तर्फबाट दिवस अधिकारीले ह्याटि्रक गरे भने इश्वर थापामगरले एक गोल गरे। नदीपुर ब्वाइज क्लवले सिम्पानी आरमाथि ६-० को फराकिलो जीत निकाल्यो। नदीपुरको जीतमा भेण्डमले… पुरा पढौ

छात्रतर्फ सैनिक र छात्रातर्फ गण्डकीलाई फुटबल प्रतियोगिताको उपाधि

पोखरा, २८ जेठ।सैनिक आवासीय महाविद्यालयले प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित प्रथम राष्ट्रिय विद्यालय खेलकुद-२०७० जुनियर च्याम्पियनसीपअन्तर्गत कास्की जिल्लास्तरीय मावि फुटबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ। म·लबार पोखरा र·शालामा भएको फाइनलमा गण्डकी बोर्र्डिङ स्कुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै सैनिकले उपाधि हात पार्न सफल भएको हो।निर्धारित समय एक-एक गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।म·लबार नै भएको छात्रा फुटबलको… पुरा पढौ

खेलकुद पत्रकार मञ्च कास्कीले अन्तरक्रिया गर्ने

पोखरा, २८ जेठ।विश्व खेलकुद पत्रकारिता दिवसको अवसरमा आगामी असार १७ गते खेलकुद पत्रकार मञ्च कास्कीले पोखरामा अन्तरक्रिया एवं चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ। मञ्चका शाखा उपाध्यक्ष प्रेमनारायण न्यौपानेको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो। हरेक वर्ष जुलाई २ लाई विश्वभर खेलकुद पत्रकार दिवसको रूपमा मनाइने गरिए पनि उक्त दिन अर्थात् असार १८ गते केन्द्रीय समितिले पल्सर स्पोर्टस्… पुरा पढौ

रञ्जित स्मृतिकप टेनिस प्रतियोगिता जारी

पोखरा, २७ जेठ।प्रस्याङ टेनिस कोर्टको आयोजनामा सञ्चालन भइरहेको रञ्जित स्मृतिकप टेनिस प्रतियोगिताअन्तर्गत सोमबारको  खेलमा बिगिनर सिंगलतर्फर डब्वल मिक्सतर्फा दुर्इ-दुर्इ क्वार्टरफाइनल सम्पन्न भएका छन्। प्रतियोगितामा बिगिनर सिंगलतर्फमाछापुच्छे्र एफएमका स्टेशन रवीन गुरूङले नवीन श्रेष्ठलाई ७, ५ र ६, ३ अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। त्यस्तै विनायकमान पालिखेले रमेशराज कंसाकारलाई ६, ३ र ६, २ अंकले जितेका छन्। डब्वल मिक्सअन्तर्गत अनिल… पुरा पढौ

गण्डकी र सैनिक फाइनलमा प्रवेश

पोखरा, २७ जेठ।गण्डकी बोर्डिङ स्कुल र सैनिक आवासीय महाविद्यालय प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित प्रथम राष्ट्रिय विद्यालय खेलकुद-२०७० जुनियर च्याम्पियनसीपअन्तर्गत कास्की जिल्लास्तरीय मावि फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। पोखरा र·शालामा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी बोर्डिङ स्कुलले रामेश्वरी माविलाई टाइब्रेकरमा ५-३ ले पराजितगर्‍यो। निर्धारित समय एक-एक गोलको बराबरीमा सकिएपछ खेल टाइब्रेकरमा पुगेको थियो। शान्तिदीप इङ्लिस स्कुल मझेरीपाटनको खेलमैदानमा… पुरा पढौ

ब्वाइज युनियन सेमिफाइनलमा प्रवेश

काठमाडौँ, २७ जेठ। सहिद स्मारक बी डिभिजन लिग विजेता ब्वाइज युनियन क्लब गोरखा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको सो प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल चरणको अन्तिम खेलमा ब्वाइज युनियनले रानीपोखरी कर्नर टिम (आरसीटी) लाई २-० गोलअन्तरले पराजित गर्‍यो। ब्वाइज युनियनको जितमा कमल श्रेष्ठ र असिमजङ्ग कार्कीले एकएक गोल गरेका थिए । खेल सुरु भएको ५ मिनेटमै किरण… पुरा पढौ