खेलकुद

पोखरा म्याराथन तयारी पूरा

  पोखरा, ५ फागुन । १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आवश्यक तयारी पूरा भएको छ । आयोजक भूपू खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गरी प्रतियोगिता आवश्यक तयारी पूरा भएको जनाएको हो । मञ्चका अनुसार फागुन ७ गते ३ हजारभन्दा बढी पोखरेली 'रन फर फनका’ लागि दौडने भएका छन् । मञ्च अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १०… पुरा पढौ

विकास शिल्डको पुरस्कार राशी ५ लाख

चितवन, ५ फागुन । पाँच लाख पुरस्कार राशीको विकास शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ८ देखि १९ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने भएको छ । विकास शिल्ड समिति चितवनले नारायणगढमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पियाले प्रतियोगिता अघिल्लो वर्ष तीन लाख पुरस्कार राशी राखिएकोमा यस वर्ष बढाइएको बताए । उनका अनुसार पहिलो हुनेलाई ५ लाख पुरस्कारको व्यवस्था गरिएको छ भने उपविजेताले… पुरा पढौ

दीप युनाइटेडलाई अन्तरसंस्था फुटबल उपाधि

पोखरा, ५ फागुन  । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको आमन्त्रण अन्तरसंस्था सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दीप युनाइटेडले जितेको छ । लामाचौर खेल मैदानमा शनिबार फाइनलमा एनएमए डर्क्र्टस टिमलाई ३-० गोलअन्तरले पराजित गर्दै दीप युनाइटेडले उपाधिसहित २५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता एनएमएलाई १५ हजार रुपैयाँ दिइयो । प्रतियोगितामा एनएमएका डा मदन थापा उत्कृष्ट खेलाडी घोषित हुँदा फेयर प्ले अवार्ड… पुरा पढौ

भेट्रान बास्केटबल उपाधि ठमेल युनाइटेडलाई

पोखरा, ५ फागुन । टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबलको उपाधि ठमेल युनाइटेडले हात पारेको छ । फाइनलमा ठमेल युनाइटेडले पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघलाई ६७-५० को स्कोरमा पराजित गर्दै उपाधिसँगै ५५ हजार ५ सय ५५ रुपैयाँ समेत प्राप्त गरेको हो । उसको यो दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ । उपविजेता पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त… पुरा पढौ

पोखरामा भेट्रान बास्केटबल सुरु

पोखरा, ३ फागुन । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्शद्वारा प्रायोजित टीभीएस आरटीआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ कीर्तिपुर भेट्रानसंग ४३-३२ को स्कोरमा पराजित भएको छ। यस्तै, बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबीसीलाई ८०-६८ ले पराजित गर्‍यो। पुन समाजलाई जिताउन पुन समाजका तिलक पुन एक्लैले… पुरा पढौ

नेपाल विश्वकप छनोटमा

काठमाडौँ, २ फागुन ।क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ। नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको अन्तिम लिग खेलमा बुधबार नेपालले क्यानडालाई हराउदै विश्वकप छनोटको खेलमा आफ्नो स्थान पक्का गरेको हो। क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चदै अन्तिम बलमा पूरा गरेको थियो। जितसंगै  नेपालले डिभिजन एकमा स्थान पक्का गरेको छ भने… पुरा पढौ

फागुन ७ देखि एक्र्सपर्ट कलेज प्रिमियर लिग

पोखरा, २ फागुन। नेपालय इन्टरनेशनल काठमाडौंले पोखराबाट तेस्रो एक्र्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु गर्ने भएको छ। पोखरा रगंशालाको क्रिकेट मैदानमा फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ। पोखरामा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी शुरु गरेको जनाएको छ। प्रतियोगितामा कास्की र आसपासका जिल्लाका गरी १२ समूहको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता संयोजक विधान श्रेष्ठले बताए।… पुरा पढौ

पीसीसी क्रिकेट कपको उपाधि आयोजकलाई

पोखरा, २७ माघ ।आयोजक पोखरा क्रिकेट क्लब, पिसिसीले दि युनाइटेड गोल्डमार्ट पीसीसी अन्तरक्लब क्रिकेट कप २०७४ को उपाधि जितेको छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा आयोजक टोलीले पोखराकै राइजिङ क्रिकेट एकेडेमीलाई ९९ रनको फराकिलो स्कोरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसंगै विजेता टिमले नगद ४० हजार तथा उपविजेता राइजिङ एकेडेमीलेे २० हजार नगद साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात… पुरा पढौ

पीसीसी क्रिकेट कप शुरु

पोखरा, २३ माघ। पोखरा क्रिकेट क्लब (पिसीसी) को आयोजनामा पोखरामा मंगलबारदेखि दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तरक्लब क्रिकेट कप-२०७४ शुरु भएको छ। आयोजक पिसीसी र खबरा क्रिकेट क्लब बेनीबीचको उद्घाटन खेल पिसीसीले सहजै जित्यो। एकपक्षीय खेलमा पिसीसीले खबरालाई १८२ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिसीसीले जम्मा ३ विकेटको क्षतिमा पूरा ओभर खेल्दै २४० रन बनायो। उसका… पुरा पढौ

पुलिसलाई आठ वर्षपछि उपाधि

पोखरा, २० माघ । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ । वैकल्पिक खेलाडी राम वाजीको एकमात्र गोल मद्दतमा उसले थ्रीस्टारलाई १-० गोलले हराउँदै लामो समयपछि उपाधि उचाल्न सफल बनेको हो । २०६६ मा पाँचौ पटक उपाधि चुमेयता फाइनल पुग्नै नसकेको पुलिसले आठौं वर्षमा उपाधि खडेरी टारेको हो । पोखरा रंगशालामा क्याराभान गोल्डकप सहित लगातार आठौं संस्करणसम्म… पुरा पढौ