खेलकुद

हेमजा युनाइटेडद्धारा खेलकुद विकास समितिका पदाधिकारीलाई स्वागत

पोखरा, २५ साउन। हेमजा युनाइटेडले पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ। सो अवसरमा हेमजा युनाइटेडका अध्यक्ष विजय केसीसहित पदाधिकारी तथा सल्लाहकारले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र कोषाध्यक्ष दीपक गोदारलाई स्वागत तथा सम्मान गरेका… पुरा पढौ

विश्व-११ सँग नेपाल ३७ रनले पराजित

पोखरा, २४ साउन।नेपालका भूकम्पपीडितको सहयोगार्थ मलेसियामा भएको च्यारिटी क्रिकेट खेल 'ब्याट फर नेपालु टी-२० मा विश्व-११ ले नेपाललाई ३७ रनले पराजित गरेको छ। टस जितेर विश्व-११ ले दिएको १३६ रनको चुनौती पछ्याएको नेपाल १९.२ ओभरमा ९८ रनमा समेटिएपछि च्यारिटी खेलमा पनि नेपाल पराजित हुन पुगेको हो। १३६ रनको चुनौतीसहित जबाफी ब्याटिङमा उत्रेको नेपालका लागि अनिल मण्डल र राजु रिजालले समान… पुरा पढौ

यु-१४ एकदिने सेभेन-ए-साइड फुटबल प्रतियोगिताको उपाधि जुनियर बिटीलाई

पोखरा, २३ साउन। आरटी फुटबल ट्रेनिङ सेन्टर र कालरेखा प्रोडक्सन प्रालिको संयुक्त आयोजनामा पोखरामा सञ्चालित यु-१४ एक दिने सेभेन-ए-साइड फुटबल प्रतियोगिताको उपाधि जुनियर बिटीले हात पारेको छ। पोखरा र·शालामा शनिबार सम्पन्न फाइनल खेलमा नयाँगाउँ एफसीलाई २-१ ले पराजित गर्दै जुनियर बिटीले उपाधि हात पारेको हो। जुनियर बिटीको लागि दुवै गोल सुदीप पाठकले गरेका थिए भने नयाँगाउँको लागि जीवन परियारले सान्त्वना… पुरा पढौ

नेपाल तेक्वान्दो सङ्घको पाँचौं वाषिर्क साधारणसभा सम्पन्न

पोखरा, २३ साउन।नेपाल तेक्वान्दो सङ्घको पाँचौं वाषिर्क साधारणसभा पोखरामा सम्पन्न भएको छ। साधारणसभामाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले नेपाललाई सगरमाथा र बुद्धको देशमात्र नभई खेलाडीको देश पनि हो भनेर चिनाउनुपर्ने बेला आएको बताए। विश्वका शक्तिशाली देशलाई जित्ने र चुनौती दिने नेपालको खेलकुद मात्र भएको दाबी गर्दै उनले अन्धविश्वास, छुवाछूत, कुरीति र कुसंस्कार निर्मूल पार्ने तथा… पुरा पढौ

कास्की जिल्ला तेक्वान्दो सङ्घद्वारा क्षेत्र तथा जिल्ला खेलकुदका पदाधिकारीलाई बधाई ज्ञापन

पोखरा, २१ साउन। राष्ट्रिय खेलकुद परिषद्द्वारा आगामी चार वर्षको लागि हालै मनोनीत पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी तथा कास्की जिल्ला खेलकुद विकास समितिका पदाधिकारीलाई कास्की जिल्ला तेक्वान्दो सङ्घले बिहीबार पोखरामा एक कार्यक्रमबीच बधाई ज्ञापन गर्‍यो। सो अवसरमा कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङ, सचिव प्रेमनारायण न्यौपाने, सल्लाहकारत्रय योगेन्द्र बस्नेत, रत्नमान गुरुङ र मदन केसी, कार्यसमितिका पदाधिकारी, प्रशिक्षक,… पुरा पढौ

साफ च्याम्पियनसीप फुटबलमा जाने टोलीको बिदाइ

काठमाडौँ, २१ साउन। बङ्गलादेशमा सञ्चालन हुने सोह्र वर्षमुनि -यु-१६) उमेर सम»हको तेस्रो साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको बिहीबार बिदाइ गरियो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको बिदाइ कार्यक्रममा सङ्घका अध्यक्ष एवं सभासद् गणेश थापाले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। यही साउन २४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले… पुरा पढौ

विश्व किकबक्सिङमा रिजनलाई रजत

पोखरा, २० साउन। भारतको पुनेमा जारी वाको एशियन किक बक्सिङ च्याम्पियनसीप २०१५ मा नेपालकी रिजन थापा मगरले रजत पदक हात पारेकी छिन्। ६० केजी तौल समुहको लाइट किक विधाअन्तर्गत भारतकी योगिता खाँडेलाई १०-६ ले पराजित गर्दै रजत पदक प्राप्त गरेकी थिइन्। सन् २०१७ मा पेरुमा आयोजना हुने विश्व किक बक्सिङ च्याम्पीयनसीपको छनौट चरण समेत रहेको प्रतिस्पर्धामा भने नेपाली बक्सरले निरासाजक… पुरा पढौ

महिला बास्केटबल टोली भारत जाने

पोखरा, २० साउन।नेपाली महिला बास्कटेबल टोलीले भारत तामिलनाडुको क्वाइम्बेटोरमा १० देखि १५ अगष्टसम्म आयोजना हुने अखिल भारत बास्केटबल च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्ने भएको छ। महिला बास्केटबल टोलीलाई बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाले परिषद्मा बिदाइ गरे। प्रतियोगितामा सहभागी हुन जाने १९ जनाको टोलीमा स्नेहा श्रेष्ठ, सुजाता राई, उपमा पोखरेल, भवानी लामा, अनुषा… पुरा पढौ

अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टनको तयारी

पोखरा, १७ साउन।कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ १२ देखि १५ गतेसम्म १४ औं जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा यु-१६ छात्रा एकल, यु-१६ छात्रा डबल, यु-१६ छात्र एकल, यु-१६ छात्र डबल, यु-१२ छात्रा एकल र यु-१२ छात्र एक गरी छवटा इभेन्ट हुनेछ। प्रत्येक इभेन्टमा विजेता तथा उपविजेतालाई ट्रफी… पुरा पढौ

कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा गुरुङ, क्षेत्रमा पौडेल

पोखरा, १७ साउन। कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा यामबहादुर गुरुङ मनोनीत भएका छन्। राष्ट्रिय खेलकुद परिषद्को आइतबार बसेको बैठकले चार वर्षको लागि गुरुङलाई अध्यक्षमा मनोनीत गरेको हो।गुरुङ नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं एमालेनिकट नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य हुन्। उपाध्यक्ष र दुर्इ सदस्य पद काङ्ग्रेसको कोटामा परेकोले खाली राखिएको छ भने कोषाध्यक्षमा दीपक गोदार मनोनीत भएका छन्।गोदार मोया… पुरा पढौ