खेलकुद

लामा अमृत फाउण्डेशनको भलिबल पुरुषतर्फ एपिएफलाई उपाधि

हेमजा, २० भदौ। लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबलको उपाधि एपिएफले जितेको छ। नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा सम्पन्न फाइनलमा बाग्लुङ क्लबलाई वेष्ट अफ फाइभमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो। जसमा २५-१७, २५-१९, २०-२५, २१-२५ र १५-१२ सेट कायम भयो। उपाधिसँगै उसले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५० हजार प्राप्त गर्‍यो भने उपविजेताले ३० हजार… पुरा पढौ

भेट्रान्स भलिबल प्रतियोगिता

पोखरा, १२ भदौ। लामा अमृत फाउण्डेशन, घान्द्रुकको आयोजनामा पोखरामा भदौ १५ देखि १८ सम्म क्लबस्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ। नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो। फाउण्डेशन अध्यक्ष अमृत गुरुङले प्रतियोगितामा पुरुषतर्फ १६, महिलातर्फ ६ तथा भेट्रान्सतर्फ ७ टिमको सहभागिता रहने जनाए। पुरुषतर्फ विजेताले… पुरा पढौ

प्रगति मावि व्याडमिन्टन च्याम्पियन

पोखरा, १२ भदौ । अन्तरविद्यालय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगितामा प्रगति मावि च्याम्पियन बनेको छ । ओभरअलमा प्रगति २७ अंक बटुल्दै च्याम्पियन बनेको हो । फाइनलमा कक्षा ११ र १२ मावितर्फ छात्रा डवल्स फाइनलमा टप्सकी आकृति केसी र स्मृति गर्बुजाको जोडीले ग्लोबलकी सुजिता गुरुङ र सलोनी गुरुङको जोडीलाई २१-१३ र २१-११ को सोझो सेटमा पराजित गर्‍यो। स्टेप वाई स्टेपकी राधा अर्याल र सम्झना… पुरा पढौ

भदौ दोस्रो साता सुगठन प्रतियोगिता

पोखरा, १० भदौ । पोखरामा हुन लागेको तेस्रो मिष्टर बुल्समेन खुल्ला राष्ट्रिय शारिरीक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनशिप-२०७५ का तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नुना गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । बुल्समेन क्लबले पोखराको रंगशाला स्थित नवनिर्मित बहुउद्देश्यीय कभर्ड भदौ १५ र १६ गते गर्न प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा… पुरा पढौ

आहा गोल्डकपबाट २४ लाख बचत

पोखरा, ९ भदौ । १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट २३ लाख ७६ हजार रुपैयाँ बचत भएको सहारा क्लब पोखराले जनाएको छ । शनिबार आयव्यय सार्वजनिक गर्दै अर्थ संकलन उपसमितिका संयोजक टीकाबहादुर कार्कीले खेलाडी दैनिक भत्तामा मात्रै २८ लाख २२ हजार खर्च भएको बताए । उनले ग्राउण्ड स्टेज र प्यारापिट निर्माणका लागि ६ लाख ३६ हजार रुपैयाँ खर्च भएको बताए । संयोजक… पुरा पढौ

बुद्धिचाल प्रतियोगिता शुरु

पोखरा, ९ भदौ । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा दशौं बुद्धिचाल विद्यालयस्तरीय प्रतियोगिता शनिबार शुरु भएको छ। ३ दिनसम्म चल्ने प्रतियोगितामा २७ बिद्यालयका १ सय २७ जनाले सहभागिता जनाएका छन् । प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य बाबुराम पन्तले बुद्धिचाल खेलले जीवनमा धैर्यता, अनुशासन र खेल भावनालगायत नयाँ गुणहरु सिकाउने उल्लेख गरे । संघका जिल्ला अध्यक्ष कर्णगुरुङको अध्यक्षतामा भएको कार्यक्रमका कास्की… पुरा पढौ

राष्ट्रिय फुटबल टिम सहायक प्रशिक्षकमा किरण

पोखरा, ७ भदौ। नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा पोखराका किरण श्रेष्ठ नियुक्त भएका छन्। पोखराबाटै खेल जीवन शुरु गरेका पूर्व राष्ट्रिय खेलाडी कृष्ण थापापछि यस क्षेत्रबाट किरणले नेपाली फुटबलको प्रशिक्षकमा फड्को मारेका हुन्। आगामी भदौ १९ देखि ३० सम्म बंगलादेशमा हुने साफ फुटबल च्याम्पियनसीपका लागि अखिल नेपाल फूटबल संघ -एन्फा)ले किरणलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो। यसअघिका सहायक प्रशिक्षक… पुरा पढौ

पश्चिमाञ्चललाई उपाधि

पोखरा, ३ भदौ ।पश्चिमाञ्चल भलिबल संघले बिच भलिबलको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा विभागीय सशस्त्र प्रहरीको एपीएफको 'ए’ टिमलाई २१-१९, २१-१९ को सोझो सेटमा हराउँदै पश्चिमाञ्चल भलिबल संघले उपाधि जितेको हो । उपाधिसंगै पश्चिमाञ्चलले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता सशस्त्रको एपीएफ 'ए’ ले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । गण्डकी प्रदेशका… पुरा पढौ

बीच भलिबल फाइनल आज

पोखरा, २ भदौ । पोखरामा जारी अन्तरक्लब खुला पुरुष बीच भलिबल प्रतियोगितामा शनिबार सशस्त्र कालिका गण एपीएफ एले मादी गाउँपालिकालाई २१-१६ र २१-१८ को सोझो सेटमा हराउँदै सेमीफाइनल पुगेको छ । अर्को खेलमा पश्चिमाञ्चल भलिबल संघले भलिबल ट्रेनिङ सेन्टर नदीपुरलाई २१-१५, १५-२१ र १५-८ ले हराउँदै अन्तिम चारमा पुग्न सफल भयो । यस्तै, एपीएफ बीले कास्की जिल्ला भलिबल संघ डीलाई २१-११ र २१-१३… पुरा पढौ

बीच भलिबल तयारी पूरा

पोखरा, ३० साउन । कास्की जिल्ला भलिबल संघले भदौ १ देखि ३ सम्म बाराहीघाटस्थित भलिबल कोर्टमा आयोजना गर्न लागेको अन्तर खुला पुरुष बीच भलिबल तयारी पूरा भएको छ । बालुवामा २/२ जनाले खेल्ने बीच भलिबल कोर्टमा बालुवा राख्ने, मैदान सजावट, ब्यानर प्रायोजन, रेफ्री व्यवस्थापनलगायत कार्य पूरा गरिएको प्रतियोगिता संयोजक तारानाथ पहारीले जनाए। 'विकसित मुलकहरुको प्राय समुन्द्री किनारको बालुवामा खेलिने बीच भलिबललाई हामीले… पुरा पढौ