खेलकुद

एपीएफ र न्यू डायमण्ड फाइनलमा

पोखरा, २६ भदौ । पोखरामा जारी राष्ट्रिय भलिबल प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बल -एपीएफ) र उपविजेता न्यू डायमण्ड एकेडेमी यस वर्ष पनि फाइनलमा आमनेसामने हुने भएका छन्। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा मंगलबार भएको पहिलो सेमिफाइनलमा न्यू डायमण्डले चितवन र्टाईगरलाई र दोस्रो सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्। न्यू डायमण्डले चितवन टाइगरलाई… पुरा पढौ

एपीएफलाई पन्छाउँदै आयोजक फाइनलमा

लेखनाथ, २४ भदौ ।घरेलु मैदानको फाइदा उठाउँदै आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को फाइनल प्रबेस गरेको छ । प्रतिकुल मौसमका बाबजुद पनि क्लवले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफमाथि ४-० को शान्दार जित हात पार्दै उपाधि नजिक पुगेको हो । आदर्श क्लवको जितमा विमल राना, देवप्रसुाद गुरुङ, सरेन क्षत्री र म्यान… पुरा पढौ

लामाचौर तीज महोत्सवमा

पोखरा, २४ भदौ । पोखराको लामाचौरमा जारी तीज महोत्सवमा  सोमबारदेखि महोत्सवमा राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपीएफ सहितको ५ टिमको सहभागिता छ । खेल तालिका सार्वजनिक भएपश्चात नेपाल पुलिस र जाउलाखेल प्रतियोगितामा प्राविधिक कारण वस सहभागि नहुने बताइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।… पुरा पढौ

कराँतेको गृष्मकालिन शिविर

पोखरा, २३ भदौ। नेपाल फुल कन्ट्याक्ट कराते महासंघद्वारा आयोजित गृष्मकालीन प्रशिक्षण शिविर सम्पन्न भएको छ। यसखालको शिविर वर्षमा २ पटक आयोजना गरिन्छ । तीन दिनसम्म चलेको शिविरमा देशभरका १४ वटा संघमा आवद्ध १ सय ५० जना खेलाडीको सहभागिता थियो। सोही प्रशिक्षण शिविरमा निर्णायकका लागि रेफ्रि सेमीनार समेत सञ्चालन गरिएको थियो। प्रशिक्षण समापनमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई खेलकुद पर्यटन शहरको… पुरा पढौ

तीज मेलामा फुटबल शुरु

हेमजा, २३ भदौं ।  ढिकुरपोखरी युवा संजालको आयोजनामा ढिकुरपोखरीमा शनिबार तीजमेलाका शुरु भएको छ । यसैबीच, मेलाको प्रमुख आकर्षण खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक बी टिमले फेदी फुटबल क्लबलाई १-० गोलअन्तरले हराउँदै जित हासिल गरेको छ । अको खेलमा इन्द्रेणी फुटबल क्लबले विष्णुपादुका क्लब हेमजालाई १-० गोलअन्तरले हरायो । यसअघि मेला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी खेलमैदानको स्तरोन्नतिमा जोड दिँदै स्वास्थ्यका लागि… पुरा पढौ

रिद्धिसिद्धि सिमेन्ट २४ औं आदर्श कप, एन्फा स्याङ्जा विजयी

लेखनाथ, २१ भदौ । रिद्धिसिद्धि सिमेन्ट २४ औं आदर्श कपको दोस्रो दिनको खेलमा एन्फा स्याङ्जा विजयी भएको छ । पोखरा-११ लाई ३-० गोलअन्तरले पराजित गर्दै ऊ विजयी भएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १९ औं मिनेटमा पोखरा-११ का लक्ष्मण जिसीको आत्मघाती गोलले स्याङ्जाले अग्रता लिएको थियो । खेलमा स्याङ्जाले पेनाल्टी अवसरमा गोलअन्तर दोब्बर पार्‍यो। विदेशी खेलाडी भिक्टरलाई लडाउँदा पाएको पेनाल्टीमा लक्ष्मण लुचालले… पुरा पढौ

भलिबलमा आर्मी र न्यू डायमन्डबीच उद्घाटन खेल

पोखरा, २१ भदौ। लामाचौरमा हुने महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी र शिवम् सिमेन्ट न्यू डायमन्ड भिड्ने भएका छन्। भदौ २५ देखि २७ गतेसम्म संचालन हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल, शिवम् सिमेन्ट न्यू डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, नेपाल आर्मी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र, चितवन टार्इगर्स र टप्स मावि पोखरा गरी ७ टिमल सहभागिता जनाउने… पुरा पढौ

लेखनाथमा आदर्श कप शुरु  

लेखनाथ, २० भदौ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासले मात्र देश समृद्धितर्फ जाने बताएका छन् । लेखनाथ रंशालामा बुधबार शुरु ऋद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप उद्घाटन गर्दै मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् । नेपालको समृद्धि लक्ष्य प्राप्तिका लागि खेलकुद विकासलाई पनि सँगसँगै लैजानु पर्ने धारणा राख्दै उनले जुन देशमा खेलकुदको विकास भएको छ, त्यो देश आर्थिक रुपमा पनि… पुरा पढौ

लामा अमृत फाउण्डेशनको भलिबल पुरुषतर्फ एपिएफलाई उपाधि

हेमजा, २० भदौ। लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबलको उपाधि एपिएफले जितेको छ। नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा सम्पन्न फाइनलमा बाग्लुङ क्लबलाई वेष्ट अफ फाइभमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो। जसमा २५-१७, २५-१९, २०-२५, २१-२५ र १५-१२ सेट कायम भयो। उपाधिसँगै उसले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५० हजार प्राप्त गर्‍यो भने उपविजेताले ३० हजार… पुरा पढौ

भेट्रान्स भलिबल प्रतियोगिता

पोखरा, १२ भदौ। लामा अमृत फाउण्डेशन, घान्द्रुकको आयोजनामा पोखरामा भदौ १५ देखि १८ सम्म क्लबस्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ। नदीपुरस्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो। फाउण्डेशन अध्यक्ष अमृत गुरुङले प्रतियोगितामा पुरुषतर्फ १६, महिलातर्फ ६ तथा भेट्रान्सतर्फ ७ टिमको सहभागिता रहने जनाए। पुरुषतर्फ विजेताले… पुरा पढौ