खेलकुद

तेक्वान्दो हानमादाङमा नेपालको बर्चश्व

पोखरा, १६ फागुन। पोखरामा जारी विश्व तेक्वान्दो हानमादाङ प्रतियोगिता २०१६ अन्तगत दुर्इ दिनको खेलमा नेपालले वर्चश्व कायम गरेको छ। नेपालले छ स्वर्णपदक जित्दा मलेसियाले एक स्वर्णपदक जित्न सफल भएको छ। शनिबार र आइतबार भएका केही इभेण्टको आधारमा नेपालले हालसम्म वर्चश्व कायम गर्न सफल भएको हो। प्रतियोगिताअन्तगत हाइजम्प किक जुनियर तेस्रो तर्फको इभेण्टमा नेपालले स्वर्णपदक जितेको छ। काठमाण्डौँ रिलायन्स स्कुलका विनोद… पुरा पढौ

अन्तर्राष्ट्रिय म्याराथनको तयारी

पोखरा, ११ फागुन। पोखरामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०७२ नजिकिएसँगै तयारी तीव्र पारिएको छ। नवौँ संस्करणसम्म भएर २०६७ सालदेखि स्थगित प्रतियोगितालाई यो वर्षदेखि फेरि निरन्तरता दिन लागिएको हो। फागुन २२ गते पोखरा रङ्गशालामा हुने म्याराथनका लागि विभिन्न समिति तथा उपसमितिले तयारी गरिरहेका छन्। भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना र सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजन रहेको म्याराथनमा देश… पुरा पढौ

टप्स र माउण्ट अन्नपूर्ण उपाधि होडमा

पोखरा ६, फागुन। टप्स उच्च मावि र माउण्ट अन्नपूर्ण उच्च मावि दोहोरो उपाधिको लागि भिड्ने भएका छन्। पोखरा रङ्गशालामा जारी १३ औं संस्करणको कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र/छात्रा बास्केटबल प्रतियोगिताको छात्र तथा छात्रातर्फको फाइनल खेलमा उपाधिको लागि शुक्रबार भिड्ने भएका हुन्। बिहीबार छात्रतर्फ भएको पहिलो सेमिफाइनल खेलमा टप्स उच्च माविले लिटिल स्टेप उच्च माविलाई ५२-३७ को स्कोरले पन्छाउँदै फाइनलमा यात्रा… पुरा पढौ

आठौं राष्ट्रपति रनिङ शिल्ड सुरु

लमजुङ, ५ फागुन। सांसद् जमीन्द्रमान घलेले अतिक्ति क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने बताउँदै किताबमा मात्र सिमित नहुन आग्रह गरेका छन्। लमजुङमा आठौं राष्ट्रपति रनिङ शिल्ड अन्तर माविस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै घलेले खेलकुदले स्वास्थ्यमा टेवा पुग्नुको साथै अनुशासन पनि सिकाउने, खेलकुदले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताए। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका आयोजित प्रतियोगितामा क्षेत्र नम्बर… पुरा पढौ

सहाराको अक्षयकोष बढ्दै

      पोखरा, ४ फागुन। सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको दिगो व्यवस्थापनका लागि सहारा एकेडेमीको अक्षयकोषमा रकम सङ्कलन हुने क्रम जारी छ। पछिल्लो क्रममा सहारा युकेका सल्लाहकार दिलराज गुरूङबाट ५० हजार, नेपाल महिला संघ हङकङका अध्यक्ष एवम् सहारा क्लबका सल्लाहकार टीकादेवी गुरूङबाट २० हजार, म्याग्दी भक्म्ली गाविस-५ हाल अष्ट्रेलियाबाट बाबु धनबहादुर रोकाको स्मृतिमा छोरा अमित रोकाले ५० हजार, सहारा… पुरा पढौ

गुरूकुलमा खेलकुद सप्ताह सुरू

    पोखरा, ४ फागुन। लेखनाथ-१२, पावरहाउसस्थित गुरूकुल विद्याश्रममा खेलकुद मङ्गलबारबाट सप्ताह सुरू भएको छ। सप्ताहको विद्यालयका संस्थापक प्रिन्सिपल मिलन केसीले विद्यार्थीलाई फुलबलका रेफ्री तथा अतिरिक्त क्रियाकलाप प्रमुख रमेशराज भण्डारीलाई बल हस्तान्तारण गरी उद्घाटन गरे। कार्यक्रममा ५० मिटर छात्र दौडतर्फ प्रथम अजय पुन, द्वितीय लक्षुमण राना र तृतीय प्रमित थापामगर भए।  यस्तैगरी, छात्रातर्फ क्रमशः अनुष्का पण्डित, एलिन बिमली र पुष्पा… पुरा पढौ

भारतमा नेपालले रच्यो इतिहास, २३ वर्षपछि साग फुटबलमा स्वर्ण

पोखरा, ३ माघ। भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा इतिहास रचेको छ। सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै स्वर्णपदक जितेको हो। इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई पराजित गर्दै क्षेत्रीय खेलकुदको उपाधिमाथि नेपालले कब्जा जमाउँदा नेपालीले गर्व महसुस गरेका छन्। नेपालको जितमा प्रकाश बुढाथोकीले ६६ औँ तथा नवयुग श्रेष्ठले ७० औँ मिनेटमा… पुरा पढौ

संगम कास्की लिगको विजेता

पोखरा ३ फागुन। एन्फा कास्कीको आयोजनामा पोखरा रगशालामा सम्पन्न स्वर्गीय बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल लिगकम नकआउट  फुटबल प्रतियोगिताको उपाधि संगम युवा क्लबले जितेको छ। सोमबार पोखरा रङ्गशालाको फुटबल मैदानमा भएको फाइनलमा संगमले एलजी एसोसियसनविरुद्ध १-० गोलको कठिन जित निकाल्दै जिल्लास्तरीय लिग च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। २० मिनेट… पुरा पढौ

लिटल फ्लावरमा कराँते टेष्ट वेल्ट

लेखनाथ, ३ फागुन। लेखनाथ-२, रिठ्ठेपानीमा रहेको लिटल फ्लावर एजुकेसनल एकेडेमीमा कराँते खेलाडीको वेल्ट टेष्ट भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष क्योकुसिन बुदोकाइ कराँते पश्चिमाञ्चलका प्रमुख एवम् केन्द्रीय सदस्य दीपकबहादुर गोदारले शारीरिक तन्दुरूस्तीका लागि खेलकुद अत्यावश्यक रहेकोमा जोड दिए। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष सुरजजंग राणा, सचिव जानुका अधिकारी,… पुरा पढौ

नेपाल १७ वर्षपछि साग फुटबलको फाइनलमा

काठमाडौँ, १ फागुन। दक्षिण एसियाली खेलकुद -साग) फुटबलतर्फ नेपाल १७ वर्षपछि फाइनलमा प्रवेश गरेको छ। भारतको गुवाहाटीमा भर्खरै सम्पन्न सेमीफाइनलमा माल्दिभ्सलाई ४-३ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपाललाई जित दिलाउन नवयुग श्रेष्ठले हृयाटि्रक गरे। त्यस्तै, अर्को गोल अञ्जन विष्टले गरेका थिए। विष्टले खेलको १५ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। त्यसपछि लगातार आक्रामक खेल… पुरा पढौ