खेलकुद

गण्डकी बोर्डिङ र पोखरा एकेडेमी उपाधिका लागि भिड्ने

पोखरा १५, साउन। डिफेण्डिङ च्याम्पियन पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल र पोखरा एकेडेमी पोखरामा जारी एकता बुक्स अन्तर बिद्यालय छात्रा ह्याण्डवल प्रतियोगिताको उपाधिका लागि सोमबार फाइनलमा खेलमा प्रतिष्पर्धा गर्ने भएका छन्। पोखरा रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा पोखरा एकेडेमीले सरस्वती आवासीय विद्याआश्रमलाई ६-३ को गोल अन्तरले पराजित गर्दै उपाधिको लागि फाइनल यात्रा तय गरेको हो। शनिबार पहिलो सेमिफाइनल… पुरा पढौ

कोकाकोला कप उपाधि अमरसिंह र टप्सलाई

पोखरा, ९ साउन। विद्यालयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगितामा छात्रतर्फको उपाधि अमरसिंह माविले जितेको छ। पोखरा रंगशालामा सोमबार भएको फाइनलमा शान्ति निकुञ्ज माविलाई ३-० ले हराउँदै अमरसिंहले उपाधि हात पारेको हो। सर्वाधिक १३ गोल गरेका अमरसिंहका नवीन थापालाई म्यान अफ दि म्याच घोषणा गरीएको छ। फाइनलमा उनले हृयाटि्रक गरेका थिए। छात्रातर्फ टप्स माविले ताराकुञ्ज माविलाई १-० ले गोलअन्तरले पराजित गरी उपाधि… पुरा पढौ

६ ए साइड फुटबलमा पोखरा ट्रेड मल ए विजेता

पोखरा, ८ साउन। फेन्सी तथा रेडिमेट व्यवसायी संघ पोखराको आयोजनामा ६ ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पोखरा ट्रेड महल ए विजेता बनेको छ। उसले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ उपविजेता बन्दै नगद १५ हजार, ट्रफी र मेडल हात पार्‍यो। प्रतियोगितामा पोखरा ट्रेड मल ए का मनिष थापा उत्कृष्ठ खेलाडी,… पुरा पढौ

नेपाल क्रिकेटमा पराजित

काठमाडौँ, ५ साउन। सिङ्गापुरमा भइरहेको आइसिसी एसिया यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा नेपाल अफगानिस्तानद्वारा १४१ रनले पराजित भएको छ। अफगानिस्तानले नेपाललाई जितका लागि १९१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ््याउने क्रममा नेपालले २६ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४९ रन बनायो। नेपालले खराब शुरुवात गर्‍यो। मात्र उन्नाइस रन बनाउँदा १०.१ ओभरमा नेपालले आफ्ना महत्वपूर्ण ६ वटा विकेट… पुरा पढौ

विश्वकप छनोटमा नेपालले सिंगापुरलाई हरायो

काठमाडौँ, २ साउन। उन्नाइस वर्षमुनि (यु १९) विश्वकप एसियाली छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरलाई चार विकेटले पराजित गर्दै सफल सुरुवात गरेको छ। सिंगापुरस्थित सिंगापुर क्रिकेट क्लब, पादाङ स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरले २९ ओभरमा ७३ रन जोड्दै अल आउट भयो। चौहत्तर रनको झिनो लक्ष्य पछयाएको नेपालले १७ दशमलव ३ ओभरमा… पुरा पढौ

१५ औं आहा रारा गोल्डकपबाट झण्डै २८ लाख बचत

पोखरा ३१ असार। पोखरामा वर्षेनी आयोजना हुने आहा रारा गोल्डकपको १५ औं संस्करणबाट झण्डै २८ लाख रुपैयाँ बचत भएको छ। आयोजक सहारा क्लब पोखराले उक्त प्रतियोगिताबाट २९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ बचत भएको शनिबार आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा जनाएको हो। अर्थ संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सञ्चालित उक्त प्रतियोगिताको… पुरा पढौ

स्पोर्टस् अवार्डलाई सहारा यूकेको सहयोग

पोखरा, ३१ असार। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले साउन २१ मा आयोजना गर्ने दोस्रो पोखरा स्पोर्टस् अवार्डका लागि सहारा क्लब, यूकेबाट सहयोग प्राप्त भएको छ। आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्न पोखरामा शनिबार आयोजित कार्यक्रममा सहारा युकेका तर्फबाट सल्लाहकार भूपालजंग कुँवरले मञ्च कास्कीका अध्यक्ष केशव पाठक तथा सचिव रञ्जन अधिकारीलाई ५० हजार रुपैयाँ संयुक्त हस्तान्तरण गरे। यसअघि नै एनआरएन… पुरा पढौ

पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण एजेन्सी

पोखरा, ३० असार। नेपाल नेट बल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गदै पोखरामा पहिलो पटक नेट बल प्रशिक्षण थालेको छ । विशेषगरी महिलाकेन्द्रित गरी शुरु गरिएको नेट बल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ। प्रशिक्षण उद्घाटनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनील गुरुङले नेट बलको खेलले यस क्षेत्रका महिलाको सशक्तिकरणमा राम्रो भूमिका खेल्न सक्ने बताए। नेपाल नेट बल संघका… पुरा पढौ

सागको पाँच खेल पोखरामा

पोखरा, २८ असार । १३ औं दक्षिण एशियाली खेलकुदमा पोखरामा पाँच खेल प्रस्ताव गरिएको छ । साग खेलकुद पूर्वाधार निर्माण समितिका सचिव रिमबहादुर रानाभाटले पोखरामा प्रस्ताव गरिएका पाँच खेलमा भलिबल, हृयाण्डबल, महिला फुटबल, आर्चरी र ट्रायथोलन खेल रहेको बताए । उनले प्रस्ताव गरिएका खेल पोखराका लागि उपयुक्त रहेको र पूर्वाधारका हिसावले समेत आयोजना सक्षम रहेको बताए। कास्की जिल्लाका विभिन्न खेल पदाधिकारीसँगको अन्तक्रिर्यामा स्थानीय… पुरा पढौ

तेक्वान्दो टोली कोरिया प्रस्थान

पोखरा, २८ असार। दुर्इ भिन्ना भिन्नै सहरमा आयोजना हुने दुर्इ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली तेक्वान्दो टोली बुधबार दक्षिण कोरिया प्रस्थान गरेको छ। जुलाई १३ देखि १८ तारिखसम्म मुजुमा हुने ११ औं वर्ल्ड कल्चरल एक्सपोमा कुमार लामा घिसिङले पुम्से, नोर्र्बु लामाले पुम्से, उज्ज्वल कटुवालले ४२ केजी, प्रतीक श्रेष्ठले ४५ केजी, प्रसुम तामाङले ३८ केजी, नवीन श्रेष्ठले पुम्से, स्वरुप भण्डारीले ३५… पुरा पढौ