खेलकुद

अन्तरव्यवसायी फुटसल उपाधि पोखरा टे्रडमललाई

पोखरा, २४ असार। अन्तर व्यवसायी फुटसल प्रतियोगिता २०७४ को उपाधि पोखरा टे्रेड मल व्यवसायी समितिले हात पारेको छ। पोखरा फुटसल एरिनामा शनिबार भएको फाइनल खेलमा पोखरा ट्रेड मलले बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनलाई टाइब्रेकरमा ३-१ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो। २०/२० मिनेटको निर्धारित समयमा दुबै तर्फ दुर्इ/दुर्इ गोल भएपछि खेल निर्ण्ाायकको लागि टाइब्रेकरमा धकेलिएको… पुरा पढौ

खेलाडीलाई सम्मानः राष्ट्रपति

काठमाडौँ, २२ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै उनले राज्यले सकारात्मक प्रोत्साहनका रुपमा खेलाडीको जीवनवृत्ति र स्तरोन्नतिका लागि अवसर प्रदान गर्नुपर्ने तथा खेलाडीलाई सम्मान गर्दै जानुपर्नेमा जोड दिइन्।… पुरा पढौ

दोस्रो पोखरा स्पोर्टस् अवार्ड तयारी

पोखरा, २१ असार । नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले साउन २१ मा आयोजना गर्ने दोस्रो पोखरा स्पोर्टस् अवार्डको तयारी थालिएको छ । मञ्चको बुधबार बसेको बैठकले मञ्च अध्यक्ष केशव पाठक मूलआयोजक समिति संयोजक र उपाध्यक्ष दीननाथ बराल उपसंयोजक रहेको एक सय एक सदस्यीय मूलआयोजक समिति गठन गरिएको छ । मञ्चमा आबद्ध ५५ सदस्य, पत्रकार महासंघ, कास्कीका पदाधिकारी, सदस्य, जिल्लास्थित सबै खेलसँग सम्बन्धित संघसंस्था,… पुरा पढौ

आइपिएल स्वादमा पोखरामा क्रिकेट

पोखरा, २० असार । कास्की र यस आसपासका जिल्लाका क्रिकेट खेलाडीलाई व्यावसायिक क्रिकेट अनुभव गराउने गरी पोखरामा माछापुच्छे्र क्रिकेट लिग -एमसिएल) २०१७ हुने भएको छ । आगामी असार १७ देखि २८ गतेसम्म पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको क्रिकेट मैदानमा हुने उक्त खेल इन्डियन प्रिमियर लिग -आइपीएल) स्वादमा हुने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । माछापुच्छे्र क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको… पुरा पढौ

पोखरा खेलकुदको हव : सचिव दाहाल

पोखरा, २० असार । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् । पोखरा साहसिक खेलका लागि नेपालकै उत्कृष्ट रहेको उल्लेख गर्दै सरकारले पोखरालाई खेलकुदको हव बनाउन प्राथमिकतामा राखेको उल्लेख गरे । नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले पोखरामा मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दाहालले भने-'सबै दृष्टिकोणले खेलकुदका लागि पोखरा उपयुक्त छ, यसलाई खेलकुदको राजधानी… पुरा पढौ

ह्याण्डबलमा लिग चरणका खेल सकियो

पोखरा, १२ असार। तेश्रो संस्करणको एकता बुक्स अन्तरविद्यालय छात्र तथा छात्रा हृयाण्डबल प्रतियोगितामा लिग चरणका खेल सकिएका छन् । पोखरा रंगशालामा दुर्इ दिनसम्म भएको प्रतियोगितामा छात्रतर्फ १६ टिम लिग चरणबाट छनौट भएका छन् भने छात्रातर्फ क्वाटरफाइनलमा आठ टिम छनौट भएको विद्यालय हृयाण्डवल संघ कास्कीका सचिव खिमबहादुर गुरुङले बताए। अबको प्रतियोगिता साउन ८ र ९ मा हुनेछ । छात्रातर्फ समूह एबाट ज्ञानज्योति विजेता… पुरा पढौ

अन्तरव्यवसायी फुटसल

पोखरा, ७ असार। साँघुमुख महेन्द्रपुल बजारको प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम अन्तरव्यवसायी फुटसल प्रतियोगिता आयोजना गरिएको छ। गैह्रापाटनस्थित पोखरा फुटसल एरिनामा असार २३ र २४ गते हुने उक्त प्रतियोगिता साँघुमुख महेन्द्रपुल बजार समितिले आयोजना गरेको हो। प्रतियोगितामा कानुनी रुपमा दर्ता भएका व्यवसायसं'ग सम्बन्धित संस्था सहभागी हुन पाउनेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब दुर्इ लाख ८० हजार रुपैयाँ खर्च लाग्ने समितिले पोखरामा मंगलबार… पुरा पढौ

राष्ट्रिय खेलकुदका स्वर्णयर कीर्तिमानीधारी पुरस्कृत

काठमाडौं, २५ जेठ। राष्ट्रिय खेलकुद परिषद् -राखेप) ले गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३४ खेलका स्वर्णयविजेता र कीर्तिमानधारी खेलाडीलाई बिहीबार नगदसहित पुरस्कृत गरेको छ। व्यक्तिगत स्पर्धामा दुइ सय ६० तथा टिमतर्फ चार सय २८ स्वर्णयविजेता खेलाडीलाई पूर्व घोषणा गरे बमोजिम पुरस्कत गरिएको हो। पुरस्कृत भएका कीर्तिमानधारी खेलाडीको संख्या १० रहेको छ। १० खेलाडीले १६ कीर्तिमान रचेका… पुरा पढौ

तेक्वान्दो रनिङ शिल्ड प्रतियोगिता

पोखरा, २४ जेठ। नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा चौथो जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङ शिल्ड प्रतियोगिता भएको छ। प्रतियोगितामा शहीद मेमोरियल आवासीय विद्यालयले तीन स्वर्णयहित शिल्ड हात पारेको छ। उसले दुर्इ रजत र एक कास्य हात पार्यो। उसले यस वर्ष राष्ट्रपति रनिङ शिल्डको तीन र कास्की जिल्लास्तरीय तेक्वान्दो रनिङ शिल्डमा प्राप्त गरेको छ स्वर्णयहित कुल नौ स्वर्णयपदक प्राप्त गरेको छ।… पुरा पढौ

फुटबल र क्रिकेटका जुनियर खेलाडी दीक्षित

पोखरा, २२ जेठ।  फुटबल र क्रिकेट खेलतर्फ जुनियर खेलाडीलाई पोखरामा सोमबार दीक्षित गरिएको छ। लेभल-१ को प्रशिक्षणबाट फुटबलमा ५० जना र क्रिकेटमा नौ जना दीक्षित भएका हुन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र प्रशिक्षणका संयोजक विद्या मसााीले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे। प्रशिक्षणका संयोजक विद्या मसााीले फुटबल र क्रिकेट खेलका लागि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण चलाइएको… पुरा पढौ