खेलकुद

११ औं हिसान स्पोर्ट्स मिट जारी

पोखरा, ९ पुस। निजी कलेज तथा विद्यालयको छाता संस्था हिसान कास्कीले आयोजना गरेको ११ औं स्पोर्ट्स मिट पोखरा रंगशालामा जारी रहेको छ। हिसान कास्कीमा आवद्ध ६० कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलमा प्रतिष्पर्धाको अवसर प्रदान गर्दै उनीहरूका बीचमा आपसी मित्रता अभिवृद्धि खेलकुदका विभिन्न इभेन्ट्मा २ हजार ५ सय विद्यार्थी प्रतिष्पर्धा गरिरहेका छन्। आइतवार सम्पन्न छात्र/छात्रा भलिवल, छात्र/छात्रा बास्केटबल र टेबुल… पुरा पढौ

बाँझापाटन बी थर्टिन उपाधि नजिक

पोखरा, ६ पुस । छैटौं संस्करणको संगम कपमा बाँझापाटन -बी) थर्टिन फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबारको पहिलो सेमिफाइनलमा गार्डेेक्लबलाई र्टाईब्रेकरमा २-१ गोलअन्तरले पराजित गर्दै बाँझापाटन उपाधि नजिक पुगेको हो । ७० मिनेटको निर्धारित समयमा दुबैतर्फ२/२ गोल हुँदा अतिरिक्त २० मिनेट गोलरहीत बनेपछि निर्णायको लागि खेल र्टाईब्रेकरमा धकेलिएको थियो । बी थर्टिनको जितमा विदेशीमुलका खेलाडी च्रि्रा र दिलीप क्षत्रीले पेनाल्टी सुटआउटमा गोल… पुरा पढौ

त्रिवेणी कप विजेतालाई तीन लाख

लमजुङ, ५ पुस। लमजुङमा हुने २६ औं त्रिवेणी कप-२०७४ को पुरस्कार राशिमा वृद्धि गरिएको छ।  पुस १२ देखि शुरु हुने राष्ट्रव्यापी उक्त खुला फुटबल प्रतियोगिता विजेताले अबदेखि तीन लाख रुपैयाँ पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो। क्लब अध्यक्ष छविन्द्र गुरुङका अनुसार उपविजेतालाई १ लाख ५०  हजार र सेमिफाइनलिष्ट दुर्इ समूहलाई ५०/५० हजार प्रदान गरिने छ। त्यस्तै, सर्वाधिक गोलकर्ता र… पुरा पढौ

संगम कपमा पहिलो चरणका खेल

पोखरा, ३ पुस ।  छैटौं संगम कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा रञ्जन मेमोरियल स्मृति समूह, फसाकर एकेडेमी, गार्डेफुटबल क्लब र भद्रकाली समूहले जित दर्ता गरेका छन् । संगम क्लबको आयोजनामा पोखरा रंगशालामा भएको पहिलो चरणका ती चार खेलअन्तर्गत पहिलो खेलमा रञ्जन मेमोरियलले टुँडिखेल युनाइटेड एको समूहलाई ६-४ गोलअन्तरले पराजित गरेको हो । जितमा सुशान गुरुङले २, प्रवीन गुरुङ, विजय तामाङ, अशोक थापा र श्रमिक… पुरा पढौ

संगम कप जारी

पोखरा, २ पुस। संगम क्लबको आयोजनामा पोखरा रंगशालामा जारी छैटांै संगम कप फुटबल प्रतियोगितामा आइतबार पहिलो चरणका ४ खेल भएका छन् । पहिलो खेलमा टुँडिखेल बीको समूहले बी वान भेट्रान्सको टिमलाई २-१ को झिनो गोलअन्तरले पराजित गरेको छ। जितमा अञ्जन सापकोटा र दीपक तामाङले एक/एक गोलको योगदान दिए। दोश्रो खेलमा सशस्त्र प्रहरी वलको एपिएफले जित हासिल गरेको छ। एपिएफले एवाईसीको समूहको… पुरा पढौ

एन प्याब्सानको शैक्षिक प्रदर्शनी सम्पन्न

पोखरा, २ पुस। दोस्रो बृहत् शैक्षिक प्रदर्शनी एवं १२ आंै लोकनृत्य प्रतियोगितामा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन बनेको छ। विभिन्न विधामा समग्रमा उत्कृष्ट अंक ल्याउँदै कास्की मोडनाइज्ड च्याम्पियन बनेको हो ।प्रतियोगितामा गोर्खा बोर्डिङ स्कुल द्वितीय र अक्सफोर्ड स्कुल तृतीय भए। प्रदर्शनीमा भाषा तथा साहित्य, विज्ञान तथा प्रविधि, गणित, सामाजिक शिक्षा र पूर्व प्रावि गरी पाँच विधा समावेश थियो। भाषा तथा साहित्यमा अक्सफोेर्ड… पुरा पढौ

इपीएल खेल्न पोखरा राईनोजमा तीन पाकिस्तानी खेलाडी

पोखरा, २८ मंसिर। आगामी पुस ४ गतेदेखि काठमाडौं किर्तीपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमीयर लिग -इपीएल) मा सहभागी टोली पोखरा राइनोजमा तीन पाकिस्तानी खेलाडी अनुबन्ध भएका छन्। प्रतियोगितामा सहभागिताका लागि तयारी गरिरहेको पोखराको क्लबमा तीन विदेशी खेलाडी सहभागी गराउनैपने नियमानुसार पाकिस्तानका खेलाडीहरु हालै अनुबन्धित भएका हुन्। इसरार उल्लाह, अली आशिफ र ताज वालीलाई पोखरा राइनोजले भित्राएको हो। ३०… पुरा पढौ

१५औं प्याब्सन मिटको उपाधि टप्सलाई

पोखरा, १७ मंसिर। १५ औ प्याब्सन मिटको उपाधि टप्स माविले हासिल गरेको छ। प्याब्सन मिटमा सहभागी ८० विद्यालयलाई उछिन्दै टप्सले १५ औं प्याब्सन मिटको ट्रफी उचाल्न सफल भएको हो। टप्सले छात्रा भलिवल र छात्रा एथ्लेटिक्समा दर्ता गरेको जितसँगै प्राप्त अंकको आधारमा टप्स विजयी बनेको हो। टप्सलाई यो उपाधि चौथो पटक हो। टप्सले १२ औ, १३ औं र १४ औं प्याव्सन… पुरा पढौ

प्याब्सन मिटमा फुटबल जारी

पोखरा, ११ मंसिर । १५ औं संस्करणको प्याब्सन मिटअन्तर्गत सोमबार सिनियर र जुनियरतर्फको  फुटबल खेल जारी रहे। भण्डारढिक रंगशाला र नेपाल आदर्शको खेल मैदानमा जुनियर तर्फका खेल र हेमजाको विष्णुपादुका तथा गौरीशंकर माविको खेल मैदानमा सिनियरतर्फ नकआउट चरणका खेल भए । सिनियरतर्फ बालविद्यालय अमरज्योतिलाई ४-०, अल्फाले प्रतिभालाई २-१, ग्लोवल कलेजियटले फेवा पव्लिकलाई १-०, सोसियल पव्लिकले पोखरा पव्लिकलाई ४-१ गोलअन्तरले पराजित गरे। त्यस्तै,… पुरा पढौ

आदर्श युवा क्लबमा नयाँ नेतृत्व

लेखनाथ, १० मंसिर। खेलकुदको क्षेत्रबाट अगाडि बढेको आर्दश युवा क्लब पोखरा लेखनाथ २९ को १८ औं वाषिर्क साधारणसभा तथा १० औं अधिवेशनले आगामी कार्यकालका लागि लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कोषाध्यक्ष पदमा बाहेक अन्य पदमा भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी रोशन अधिकारीलाई १२ मतले पछि पार्दै भण्डारी पुन नयाँ कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसैगरी, क्लबको उपाध्यक्षमा… पुरा पढौ