खेलकुद

पुलिसलाई आठ वर्षपछि उपाधि

पोखरा, २० माघ । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ । वैकल्पिक खेलाडी राम वाजीको एकमात्र गोल मद्दतमा उसले थ्रीस्टारलाई १-० गोलले हराउँदै लामो समयपछि उपाधि उचाल्न सफल बनेको हो । २०६६ मा पाँचौ पटक उपाधि चुमेयता फाइनल पुग्नै नसकेको पुलिसले आठौं वर्षमा उपाधि खडेरी टारेको हो । पोखरा रंगशालामा क्याराभान गोल्डकप सहित लगातार आठौं संस्करणसम्म… पुरा पढौ

पीसीसी क्रिकेट कपमा ८ टीम

पोखरा, २० माघ। फुटबल रौनक सकिनेबित्तिकै पोखरा रंगशालामा क्रिकेट खेल हेर्न पाइने भएको छ। माघ २३ देखि २७ गतेसम्म अन्तरक्लब दी युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप-२०७४ प्रतियोगिता हुँदैछ। पोखरा क्रिकेट क्लब (पिसीसी) ले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा कास्की सहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न ८ क्रिकेट क्लबको सहभागिता रहने क्लब अध्यक्ष निकेश श्रेष्ठले जानकारी दिए। टी-२० फर्म्याटमा सञ्चालन… पुरा पढौ

विश्वासको ह्याटि्रकसँगै थ्रीस्टार फाइनलमा

पोखरा, १७ माघ । पोखराको मैदानमा विश्वास श्रेष्ठ चम्किएपछि भारी गोलअन्तरले एकतर्फी नतिजा आफ्नो पक्षमा पार्दै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको पनि उपाधि नजिक पुगेको छ । थ्रीस्टार यो सिजनमा लगातार दुर्इ प्रतियोगितामा फाइनलमा पुगेको छ । गत शनिबार मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टार बुधबार पाहुना टोली उत्तर बरिन्धरा क्लब, बंगलादेशलाई एकतर्फी ५ गोल वर्षाएको हो । पोखरा रंगशालामा भएको पहिलो… पुरा पढौ

डिफेन्डिङ च्याम्पियन मनाङलाई पुलिस तगारो

पोखरा, १६ माघ। डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पहिलो खेलमै पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा पुलिसले मनाङविरुद्ध ३-१ गोलअन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सहारा क्लब पोखराले आयोजना गरेको क्याराभान सहित १७ पटकको प्रतियोगितामा यी दुवैले समान पाँच पटक… पुरा पढौ

थ्रीस्टार सेमिफाइनलमा

पोखरा, १५ माघ । दुर्इ दिनअघि मात्रै इटहरी गोल्डकप जितेको थ्रीस्टारले पोखरामा सुखद शुरुवात गरेको छ । यद्यपि, उसलाई एपीएफविरुद्ध सहज जित निकाल्न भने मुस्किल पर्‍यो । १६ औं आहा रारा गोल्डकपमा सिधैँ क्वाटरफाइनल खेलेको थ्रीस्टारले एपीएफलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । इटहरी कपको सेमिफाइनलमा थ्रीस्टारले आर्मीलाई पेनाल्टीमै हराउँदै फाइनलमा मनाङसँग खेलेको थियो । आहा रारा गोल्डकपमा चार पटकको विजेता थ्रीस्टारले… पुरा पढौ

सहारा यूकेलाई खेलकुद पत्रकार र भूपू खेलाडीको स्वागत 

पोखरा, १५ माघ । सहारा यूके परिवारलाई यहाँका खेलकुद पत्रकार र भूपू खेलाडीले स्वागत गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च, कास्की र भूतपूर्व खेलाडी मञ्च नेपालले सोमबार संयुक्त रुपमा सहारा यूके र हङकङका पदाधिकारी, सल्लाहकार तथा सदस्यलाई स्वागत/सम्मान गरेका हुन्। सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ लगायतलाई भूपू खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ र मञ्चका अध्यक्ष केशव पाठकले खादा लगाई मायाको चिनो… पुरा पढौ

अन्तरक्लब पीसीसी कप तयारी तीव्र

पोखरा, १५ माघ । पोखराको क्रिकेट विकासका लागि स्थानीयस्तरबाटै योगदानको हेतु पुरानो क्लब पोखरा क्रिकेट क्लबले आयोजना गर्ने अन्तरक्लब पीसीसी क्रिकेट कप २०७४ तयारी तीव्रता दिइएको छ । क्लबको यो उत्साहलाई दि युनाइटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन बनेर साथ दिएको छ । प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य र क्लबका अध्यक्ष निकेश श्रेष्ठले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरे । २३ वर्षअघि स्थापित उक्त क्लबले माघ… पुरा पढौ

अग्रता गुमाउँदा आर्मी धरानसँग टाइब्रेकरमा स्तब्ध

पोखरा, १४ माघ । अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लब १६ औं आहा रारा गोल्डकपको उपाधि यात्राबाट पनि बाहिरिएको छ । आर्मी तुलनात्मक रुपमा सहज आँकलन गरिएको धरान फुटबल क्लबसँग टाइब्रेकरमा ५-४ गोलले स्तब्ध बन्यो । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कप्तानको जिम्मेवारी सम्हालेका आर्मीका जर्ज प्रिन्स कार्कीको पेनाल्टी क्रसबारमा लागेर विफल बनेपछि आर्मीले इटहरी कपकै नियति ब्यहोर्न बाध्य बन्यो। आर्मी ४… पुरा पढौ

तनावपूर्ण खेलमा बंगलादेशी क्लब विजयी

पोखरा, १३ माघ। तनावपूर्ण खेलमा सुदूरपश्चिम स्पोर्र्टिङ क्लबविरुद्ध २-१ गोलको जित निकाल्दै पाहुना टोली उत्तर बरिन्धरा क्लब १६ औं आहारारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा एकपछि अको खेलाडी गुमाएको बरिन्धरालाई आगामी खेलमा असर पर्नेछ। पोखरा रंगशालामा शनिबार भएको निकै प्रतिष्पर्धात्मक खेलमा ७४ औं मिनेटमा मिडो मासाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। म्यान अफ दि म्याच उनले सिल्ला… पुरा पढौ

एकै खेलमा १० कार्ड

  सम्भवतः एकै टीमका खेलाडीलाई यति धेरै कार्ड पहिलो पटक पोखरा रंगशालामा प्रयोग भएको छ। तनावपूर्ण खेलमा ८ पहेंलो कार्ड र २ रेड कार्ड प्रयोग भएको छ। श्रवण लामा चोटपछि १८ औं मिनेटमा बाहिरिएसँगै सो जिम्मेवारी लिएका रेफ्री सुदीशकुमार पाण्डेले बंगलादेशका ६ खेलाडीलाई पहेंलो कार्ड देखाउँदा यीमध्ये जनाले २ रातो कार्ड पाए भने सुदूरपश्चिमका २ खेलाडीले पहेंलो कार्ड व्यहोरे। २-१… पुरा पढौ