खेलकुद

जिल्लास्तरीय ए डिभिजन लिग फुटबलमा संगम टेम्केसँग बराबरी खेल्यो

पोखरा, २५ चैत।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा झापामा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा कास्कीको संगम फुटबल क्लबले सुनसरीको टेम्के क्लबसँग बराबरी खेलेको छ। यसअघिका खेलमा बा'केको जयकिसन क्लब र मकवानपुरको एफसी पोतालालाई पराजित गरेको संगमले आइतबार भएको तेस्रो खेलमा सुनसरीको टेम्केसँग एक-एक गोलको बराबरी खेलेको हो। टेम्केका प्रशान्त राईले पहिलो गोल गरे भने संगमका लागि अरुण… पुरा पढौ

कास्कीका पुनम क्वाटरफाइनलमा

पोखरा, २२ चैत।नेपाल आर्मी क्लबले लि निङ ३६ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष तथा महिला दुवैको टीम स्वर्णजितेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषको फाइनलमा आर्मीले एपीएफ क्लबलाई ३-१ ले पराजित गर्‍यो। महिलाको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई २-० ले निराश पार्‍यो। महिला एकलमा साविक विजेता आर्मीकी नङ्शलदेवी तामाङले काभ्रेकी सम्झना हमालबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा प्रवेश गरिन्।… पुरा पढौ

आजदेखि नवौं इन्द्रेणी सेभेन-ए-साइड

पोखरा, २२ चैत।वडा नम्वर १ बगरलाई समेटेर फुटबल एकेडेमी सञ्चालन गर्ने उद्देश्यले इन्द्रेणी एकीकृत विकास केन्द्र, बगरको आयोजनामा शुक्रबारदेखि नवौं इन्द्रेणी सेभेन-ए-साइड फुटबल प्रतियोगिता सुरु हुँदैछ। पुरानो टुँडिखेल मैदानमा हुने प्रतियोगितामा ५४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टीमले नगद ६० हजार, द्वितीय हुने टीमले नगद ३५ हजार प्राप्त गर्ने केन्द्रका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए। प्रतियोगितामा सवोर्त्कृष्ट खेलाडी,… पुरा पढौ

नेपाल एसीसी ट्वान्टी-२० क्रिकेटको फाइनलमा

पोखरा, २० चैत।चिपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युर्एइ) लाई छ विकेटले पराजित गर्दै नेपाल काठमाडौंमा सञ्चालित एसीसी ट्वान्टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। करिब २० हजार दर्शकसामु म·लबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा युर्एइलाई छ विकेटले पराजित गर्दै नेपालले उपाधिको लागि अफगानिस्तानसँगको भेट पक्का गरेको हो। फाइनल खेल बुधबार दिउँसो सवा एक बजे हुनेछ। युर्एइले जीतको लागि दिएको… पुरा पढौ

जिल्लास्तरीय ए डिभिजन लिग फुटबलमा सहभागिताको लागि संगम झापा प्रस्थान

पोखरा, २० चैत।डिफेण्डिङ च्याम्पियन संगम फुटबल क्लब कास्की अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यक्रमअनुसार झापा जिल्लामा सञ्चालन भइरहेको जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागिताको लागि म·लबार त्यसतर्फ प्रस्थान गरेको छ। झापा प्रस्थान गर्ने २१ सदस्यीय टोलीको कप्तानी उत्तम गुरुङले गरेका छन्। गोलकिपरमा तेन्जिङ नाम्गेल र रोशन गुरुङ तथा अन्य खेलाडीमा किरण गुरुङ, अरुण केसी, अजय गुरुङ, सरोज तामाङ, राकेश… पुरा पढौ

क्रिकेटमा नेपाल सेमिफाइनल नजिक

काठमाडौं, १७ चैत। एसीसी ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको समिफाइनल प्रवेशको लागि महत्त्वपूर्ण मानिएको खेलमा शनिबार नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ। नेपालको जीतपछि प्रतियोगिताको सेमिफाइनल प्रवेशको सम्भावनालाई मजबुत बनाएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले दिएको १६४ को लक्ष्य पछ्याउने क्रममा मलेसिया नौ विकेटको क्षतिमा एक ४४ रनमै समेटिएपछि नेपालले विश्वकप यात्राको सम्भावनालाई बलियो बनाएको हो। सशक्त… पुरा पढौ

फ्रेण्ड्सद्वारा आरसिटी पराजित

पोखरा, १७ चैत। फ्रेण्ड्स क्क्लबले  आफ्नो अन्तिम खेलमा आरसिटीलाई पराजित गर्दै काठमाडौंमा जारी सर्वाधिक राशिको शहीद स्मारक ए डिभिजन सुपर लिगमा सुखद अन्त्य गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ र·शालामा भएको खेलमा आरसिटीलाई २-० ले पराजित गर्दै फ्रेण्ड्सले सुपरलिगमा सुखद अन्त्य गरेको हो। फ्रेण्ड्सका लागि जगजीत श्रेष्ठ र डोडोजले एक-एक गोल गरेका थिए।दुवै गोल दोस्रो हाफमा भएका थिए। पहिलो हाफमा गोलरहित… पुरा पढौ

अन्तर्राष्ट्रिय ट्राइथलोन च्याम्पियनसीप सम्पन्न

पोखरा, १७ चैत। कास्कीको लेखनाथमा आयोजित अन्तर्राष्ट्रिय ट्राइथलोन च्याम्पियनसीप शनिबार सम्पन्न भएको छ। १५ मुलुकका कूल ८४ जना खेलाडीको सहभागिता रहेको प्रतियोगिता विभिन्न पाँच इभेन्टमा खेलाइएको थियो। जसअन्तर्गत इन्टरनेश्नल हिमालयन रस च्याम्पियनसीपको उपाधि बेलायतका साम मिडलहर्टले जितेका छन्। उनले निर्धारित दूरी दुर्इ घण्टा ५७ मिनेट ५६ सेकण्डमा पार गरी प्रथम हुन सफल भएका छन्। बेलायतकै रिचार्ज म्याक्डोवल्स दोस्रो र नेपालका… पुरा पढौ

अन्तिम खेलमा पुलिसले मच्छिन्द्रसँग बराबरी खेल्यो

पोखरा, १६ चैत। डिफेण्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले  अन्तिम खेलमा मच्छिन्द्र एफसीसँग बराबरी खेल्दै सुपरलिग टुङ्गयाएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रसँग एक-एक गोलको बराबरी खेल्दै डिफेण्डिङ च्याम्पियन पुलिसले सुपरलिग टुङ्गयाएको हो। २२ खेलमा आठ जीत, छ हार तथा आठ खेल बराबरी खेलेको पुलिस ३२ अड्ढसहित सातौं स्थानमा  रहेको छ। शनिबार हुने आरसिटी र प|mेण्ड्सबीचको खेलले सातौं… पुरा पढौ

एसीसी यु-१९ एलिट कप क्लोज क्याम्पका लागि ३२ खेलाडी छनौट

पोखरा, १६ चैत। मलेसियाको क्वालालाम्पुरमा यही मेज १ तारिखदेखि सञ्चालन हुन गइरहेको एसीसी यु-१९ एलिट क्रिकेट प्रतियोगिता तयारीको लागि क्लोजक्याम्पमा नेपाल क्रिकेट सङ्घले पहिलो चरणमा आठवटा क्षेत्रबाट ३२ जना खेलाडी छनौट गरेको छ। छनौट भएका खेलाडीमा क्षेत्र नं. १ विराटनगरबाट अमित दाहाल, कालीचरण यादव, मायानन्द चौधरी र सुमन श्रेष्ठ, क्षेत्र नं. २ वीरगञ्जबाट अविनाश कर्ण रामनरेश गिरी, सुरजकुमार कुर्मी, अमित… पुरा पढौ