खेलकुद

जनप्रिय क्याम्पसलाई बीबीए कप उपाधि

पोखरा, ११ माघ। जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय बीबीए फुटबल कपको उपाधि जितेको छ। जनप्रियले पोखराकै पृथ्वीनारायण क्याम्पसलाई १-० गोल गोलअन्तरले हराउँदै उपाधिसहित ७० हजार रुपैयाँ र ट्रफी हात पार्‍यो । उपविजेता पृथ्वीनारायण क्याम्पसले ३५ हजारसहित ट्रफी पार्‍यो। प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय सम्बन्धनप्राप्त २३ क्याम्पसले सहभागिता जनाएको जनप्रिय बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष आशिक गुरुङले जानकारी दिए। प्रतियोगिताको ११ औं संस्करणसम्म आइपुग्दा पोखराका… पुरा पढौ

सदूरपश्चिमले बदला लिँदा आयोजक बाहिरियो

पोखरा, ९ माघ । आयोजक सहारा क्लब पोखराको १६ औं आहा रारा गोल्डकपको यात्रामा पहिलो खेलबाटै विराम लागेको छ। सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबले गत वर्ष व्यहोरेको हारको बदला लिँदा साविक विजेता घरेलु टोली उद्घाटन खेलबाटै बाहिरिन पुगेको हो। पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सहारा सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबसँग ३(० गोलान्तरले पराजित भयो। एकतर्फी ३ गोल गर्नेक्रममा सुदूरपश्चिमका लागि धनबहादुर थापा,… पुरा पढौ

अर्मलाको बास्केटबल कोर्ट समुदायलाई

पोखरा, ९ माघ । पोखरा १६ को अर्मलकोटमा नवनिर्मित बास्केटबल कोर्ट समुदायलाई हस्तान्तरण गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष तथा नेपाल बास्केटबल संघका अध्यक्ष टेण्डी लामा शेर्पाको प्रमुख आतिथ्यमा उक्त कोर्ट समुदायलाई हस्तान्तरण गरिएको हो। अर्मला कोर्टमा कोर्ट निर्माण गर्न अर्मला निवासी ब्रिटिश सेनाका सेवानिवृत डव्लुओवान जितबहादुर गुरुङको ठूलो देन छ। २०७१ सालमा करिब ४ रोपनी जग्गामा फैलिएको उक्त बास्केटबल कोर्ट… पुरा पढौ

१६ औं आहा रारा गोल्डकप तयारी पूरा

पोखरा, ७ माघ । सहारा क्लब पोखराको आयोजनामा यही मंगलबारदेखि पोखरा रंगशालामा १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । माघ २० सम्म चल्ने उक्त प्रतियोगिताको आवश्यक तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । विदेशी २ सहित १२ टिमको सहभागिता रहने प्रतियोगितामा उद्घाटन खेल आयोजक र धनगढीको सुदूरपश्चिम ११ स्पोर्र्टिङ क्लबबीच हुने प्रतियोगिता संयोजक… पुरा पढौ

बंगलादेश सामु नेपाल पराजित

पोखरा, ४ माघ । नेपाललाई टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित गर्दै बंगलादेशले १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फेवाताल किनार बाराहीघाट खेल मैदानमा बिहीबार भएको फाइनलमा बंगलादेशी टिमले नेपाललाई हराउँदै उपाधिसहित नगद २ लाख रुपैयाँ पुरस्कार जित्न सफल भएको हो । निर्धारित ५० मिनेटको खेल १-१ को गोल बराबरीमा टुंगिएको थियो । अतिरिक्त १० मिनेटमा गोल हुन नसक्दा… पुरा पढौ

नेपाल र बंगलादेश उपाधिका लागि भिड्ने

पोखरा, २ माघ । प्रभू बैंक १२ औं दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिको लागि घरेलु टिम नेपाल र बंगलादेश फाइनल भिड्ने भएका छन्। लेकसाइडस्थित बाराहीघाटमा फुटबल खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा नेपालले पाकिस्तानलाई र दोश्रो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । फाइनल बिहीबार दिउँसो १ हुने प्रतियोगिता संयोजक तथा नेपाल सेभेन ए साइड फुटबल… पुरा पढौ

१२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी

पोखरा, २९ पुस। भूतपर्व खेलाडी मञ्च नेपालले १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७४ को तयारी शुरू गरेको छ। मञ्चले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी फागुन ७ गते म्याराथन गर्न लागेको जनाएको छ। पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दूधले दुर्इ वर्षदेखि मूख्य प्रायोजन गर्दै आइरहेको छ। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले प्रतियोगिताले पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित… पुरा पढौ

पोखरामा राष्ट्रिय भारोत्तोलन शुरु

पोखरा, २६ पुस । राखेप च्याम्पियनसीप-२०७४ अन्तर्गत पोखरामा एकपछि अर्को खेलकुद प्रतियोगिता भएको छ । यसै महिना महिला पुरुष भलिबल र हृयाण्डबल सकिएकोमा बुधबारदेखि च्याम्पियनसीपअन्तर्गत २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १ सय ८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिलातर्फ… पुरा पढौ

पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबल उपाधि

पोखरा, २२ पुस।  राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा भएको नवौं महिला तथा १८ औं पुरुष ह्याण्डबल प्रतियोगितामा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी बल -एपीएफ) ले उपाधि जितेका छन्। पोखरा रंगशालामा शनिबार पुरुषतर्फ फाइनलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीलाई २९-२५ गोलअन्तरले पराजित गर्दै उपाधि तिजेको हो। उल्लेख्य दर्शकमाझ घरेलु टिम राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानिमा कोर्ट उत्रिएको थियो। पश्चिमाञ्चलका हेमन्त थापा प्रतियोगितामा उत्कृष्ट… पुरा पढौ

पोखरामा राष्ट्रिय ह्याण्डबल शुरु

पोखरा, १९ पुस।राखेप च्याम्पियनसीपअन्तर्गत पोखरामा बुधबारदेखि १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा एपिएफ र नेपाली सेना गरी २ विभागीय, ५ विकास क्षेत्रका १-१ टिम गरी महिला पुरुष दुवैर्तर्पm समान ७ टिम सहभागी छन् । आगामी पुस २२ सम्म सञ्चालन हुने प्रतियोगितामा महिला पुरुष दुवैतर्फ विजेता, उपविजेता र तेस्रोलाई क्रमशः ३०, २० र १० हजार… पुरा पढौ