खेलकुद

वालिङमा प्रथम भलिबल महोत्सव हुने

वालिङ, ८ वैशाख।स्याङ्जाको वालिङमा प्रथम भलिबल महोत्सव-२०७० आयोजना हुने भएको छ। तमु फ्रें छमी धीं तथा तमु समाज सेवा समिति वालिङको आयोजनामा आगामी जेठ २ गतेदेखि १० गतेसम्म वालिङ खेल मैदानमा मनसराम स्मृति भलिबल महोत्सव हुने भएको हो। वैशाख पूणिर्माको अवसर पारेर तमु भाषा, धर्म संस्कृतिको संरक्षण तथा खेलकुदको विकास र विस्तारसँगै स्याङ्जाको सुन्दर नगरी वालिङ बजारलाई देश विदेशमा चिनाउने उद्देश्यले… पुरा पढौ

दोस्रो सफल पोखरा कपको आयव्यय सार्वजनिक पत्रकार कार्की र खेलाडी गुरुङ सम्मानित

पोखरा, ७ वैशाख।कास्की जिल्ला फुटबल सङ्घले गत कात्तिक १४ देखि २५ गतेसम्म पोखरा र·शालामा सञ्चालित दोस्रो सफल पोखरा कप फुटबल प्रतियोगिता-२०६९ को आयव्यय शनिबार सार्वजनिक गरेको छ। प्रतियोगिताबाट नौ लाख ७८ हजार आठ सय ५१ रूपैयाँ बचत गर्न सफल भएको छ। गत वर्षको भन्दा यस वर्ष सङ्घले करिब डेढ लाख बदी आम्दानी गर्न सफल भएको छ। पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष… पुरा पढौ

राष्ट्रिय महिला भलिबलमा पश्चिमाञ्चल च्याम्पियन

पोखरा, ७ वैशाख। बागलुङ कालिका भगवती गुठीको आयोजनामा बाङ्गेचौर खेलमैदानमा सञ्चालित १७ औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पश्चिमाञ्चल टीम च्याम्पियन बनेको छ। शनिबार भएको फाइनल खेलमा न्यू डायमण्डका खेलाडी सम्मिलित टीम मध्यमाञ्चललाई सोझो तीन सेटमा पराजित गर्दै कौशिला खत्रीको प्रशिक्षण पाएको पश्चिमाञ्चल टीम च्याम्पियन बनेको हो। उसले मध्यमाञ्चललाई २५-२१, २५-२१ र २५-२० ले पराजित गरेको थियो। शुक्रबार भएको फाइनल खेल… पुरा पढौ

मेरो नेपाल कप जारी

पोखरा, ६ वैशाख।मेरो नेपाल युवा क्लब पोखरा-१४ को आयोजना मझेरीपाटनमा जारी तेस्रो सेभेन-ए-साइड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार ११ खेल सम्पन्न भएका छन्। पहिलो खेलमा एबीसी ‘बी’ ले बिटी गाइजलाई ३-० ले पराजित गर्‍यो। दोस्रो खेलमा योङ स्टार एफसीले रामबजार एफसीलाई २-१ ले स्तब्ध पार्‍यो। अको खेलमा बशुन्धरा एफसीले हिमशिखर एफसी टाइब्रेकरमा ३-१ ले पाखा लगायो। चौथो खेलमा साधना मार्ग-१४ ले गार्डेन… पुरा पढौ

इन्डो नेपाल न्यू इयर फ्रेन्डसीप क्रिकेट कप २०७० को तयारी पूरा

पोखरा, ६ वैशाख।इन्डो नेपाल क्रिकेट डेभलोपमेन्ट फाउन्डेसनले वैशाख ७ गतेदेखि इन्डो नेपाल न्यू इयर फ्रेन्डसीप क्रिकेट कप २०७० को तयारी पूरा भएको छ। पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेट सहरको रूपमा विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा १४ टीमको सहभागिता रहनेछ भने प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले  १० हजार प्राप्त गर्नेछ। क्रिकेट विकास राष्ट्र विकास भन्ने मूल नारालाई नयाँ वर्ष २०७०… पुरा पढौ

आयोजक टीम र पोखरा भ्याली इन्द्रेणी कपको क्वाटरफाइनलमा

पोखरा, २८ चैत।पोखरा भ्याली स्पोर्टस् क्लब ए र इन्द्रेणी एफसी पोखराको टुँडिखेलमा जारी नवांै इन्द्रेणी कप सेभेन-ए-साइड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। इन्द्रेणी एकीकृत विकास केन्द्रद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार भएको प्रिक्वाटरफाइनल खेलमा पोखरा भ्यालीले लेकसाइड ए १-० ले तथा आयोजक इन्द्रेणीले भदौरे एफसीलाई ३-२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो।खेलमा पोखरा भ्यालीका प्रताप सैजू म्यान अफ दी म्याच भए।… पुरा पढौ

आर्मी बुढासुब्बा गोल्डकपको फाइनलमा

पोखरा, २८ चैत।त्रिभुवन आर्मी क्लब धरानमा जारी १५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई ३-३ ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समय दुर्इ-दुर्इ गोलको बराबरीमा सकिएपछि खेलाइएको अतिरिक्त समयको दोस्रो मिनेटमै विकर्णश्रेष्ठले निर्णायक गोल गर्दै टीमलाई उपाधिनिजक पुर्‍याएका हुन्। राजु ताममाङको प्रिmकिकमा टंक बस्नेटको हेड… पुरा पढौ

नवौं इन्दे्रणी कपमा नौ खेल सम्पन्न

पोखरा, २६ चैत।इन्द्रेणी एकीकृत विकास केन्द्र, बगरको आयोजनामा पुरानो टुँडिखेल मैदानमा जारी नवौं इन्द्रेणी सेभेन ए साइड फुटवल प्रतियोगिताअन्तगत सोमबार नौ खेल सम्पन्न भएका छन्। जसमध्ये पहिलो खेलमा एनवाइसीले लेकसाइड पसि क्लबलाई दुर्इ-एक गोलले पराजित गरेको छ। एनवाइसीको तर्फबाट दिनेश शेरचनले एक गोल गरे भने खेलका अन्य गोल आत्मघाती थिए। दोश्रो खेलमा युनाइटेड क्लब अमरसिंहले नयाँ प्रतिभालाई तीन-एक गोलले पराजित… पुरा पढौ

थ्रीस्टार क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा, २५ चैत। लिग च्याम्पियन थ्रीस्टार क्लब धरानमा जारी १५ औं बुडासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धरान फुटबल क्लबको आयोजनामा आइतबारको खेलमा पोखराको सहारा क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै लिग च्याम्पियन थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। सात मिनेट लामो इन्जुरी समयको छैटौं मिनेटमा गोलकिपर किरण चेम्जोङले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याएपछि खेल… पुरा पढौ

जिल्लास्तरीय ए डिभिजन लिग फुटबलमा संगम टेम्केसँग बराबरी खेल्यो

पोखरा, २५ चैत।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा झापामा जारी जिल्लास्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगितामा कास्कीको संगम फुटबल क्लबले सुनसरीको टेम्के क्लबसँग बराबरी खेलेको छ। यसअघिका खेलमा बा'केको जयकिसन क्लब र मकवानपुरको एफसी पोतालालाई पराजित गरेको संगमले आइतबार भएको तेस्रो खेलमा सुनसरीको टेम्केसँग एक-एक गोलको बराबरी खेलेको हो। टेम्केका प्रशान्त राईले पहिलो गोल गरे भने संगमका लागि अरुण… पुरा पढौ