खेलकुद

थ्रीस्टार सुपरलिगको उपाधिनजिक

पोखरा, १० चैत। आरसिटीवरुद्धको महत्त्वपूर्ण खेलमा जीत हात पार्दै लिगलिडर थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन सुपरलिगको उपाधिनजिक पुगेको छ। काठमाडौंको दशरथ रङ्गशालामा जारी सुपर लिगअन्तर्गत शनिबार भएको खेलमा आरसिटीलाई २-० ले पराजित गर्दै थ्रीस्टार सुपरलिगको उपाधिनजिक पुगेकोहो।पहिलो चरणको खेलमा थ्रीस्टार आरसिटीसँग १-० ले पराजित भएको थियो। थ्रीस्टारको जीतमा विजय गुरुङ र फेमी जोसुवाले एक-एक गोल गरे।खेल सुरु भएको तेस्रो… पुरा पढौ

आर्मीद्वारा पुलिसविरुद्ध लिग इतिहासमै पहिलो जीत

पोखरा, ९ चैत। लिगको इतिहासमै पहिलोपटक त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसविरुद्धको खेलमा जीत हात पारेको छ। काठमाडौंको दशरथ र·शालामा जारी शहीद स्मारक ए सडभिजन सुपर लिगअन्तर्गत शुक्रबार भएको खेलमा पुलिसलाई १-० ले पराजित गर्दै आर्मी लिगको चौथो स्थानमा उक्लिन सफल भएको हो।पहिलो चरणको खेलमा आर्मी पुलिससँग २-१ ले पराजित भएको थियो। आर्मीको जीतमा राजु तामाङले पेनाल्टीमा गोल गरेका थिए। निर्धारित… पुरा पढौ

आजदेखि पोखरामा तेस्रो सूर्य नेपाल एमाच्योर गल्फ च्याम्पियनसीप

वालिङ, ९ चैत। पर्वतीय खेलकुद महोत्सवअन्तर्गत शनिबारदेखि पोखरामा तेस्रो सूर्य नेपाल एमाच्योर गल्फ च्याम्पियनसीप हुँदैछ। नेपाल गल्फ सङ्घको आयोजना, सूर्य नेपाल प्रालिको मुख्य प्रायोजन तथा वेस्र्र्टन युनियन मनि ट्रान्सफरको सहप्रायोजनमा उक्त प्रतियोगिता हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। चैत १२ गतेसम्म हिमालयन गल्फ कोर्ष्ामा हुने सो प्रतियोगितामा टीम तथा सि·ल इभेण्टमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका महासचिव टासी घलेले… पुरा पढौ

जित्नैपर्ने खेलमा मच्छिन्द्र फ्रेण्ड्ससँग बराबरीमा रोकियो

पोखरा, ८ चैत । जित्नैपर्ने खेलमा मच्छिन्द्र एफसीले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा काठमाडौंमा जारी सुपर लिगको तेस्रो खेलमा फ्रेण्ड्स क्लबसँग बराबरीमा रोकिएको छ। बिहीबार दशरथ रङ्गशालामा भएको खेलमा फ्रेण्ड्ससँग गोलरहित बराबरीमा रोकिँदै मच्छिन्द्रले दोस्रो स्थानमा उक्लिने अवसर मात्र गुमाएन, उपाधिको होडबाट पनि करिब-करिब बाहिरिएको छ। अघिल्लो खेलमा रातो कार्ड खाएर बेन्चमा बसेको दीपक राईको अभाव अत्यन्तै देखिन्थ्यो बिहीबार… पुरा पढौ

एनआरटी सुपर लिगको दोस्रो स्थानमा

पोखरा, ७ चैत। आरसिटीलाई पराजित गर्दै एनआरटी काठमाडौंमा जारी सुपर लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको छ। बुधबार दशरथ र·शालामा भएको खेलमा आरसिटीलाई २-१ ले पराजित गर्दै एनआरटी दोस्रो स्थानमा उक्लिन सफल भएको हो।योसँगै एनआरटीले लिगलिडर थ्रीस्टारसँगको अड्ढ दूरी चारमा झारेको छ।बुधबार थ्रीस्टारसँग बराबरी खेलेको मनाङ तेस्रो स्थानमा झरेको छ भने थ्रीस्टार भने शीर्ष स्थानमै छ। एनआरटीका लागि सुवास गुरुङ… पुरा पढौ

नेपाली राष्ट्रिय क्रिकेट टोली काठमाडौं फिर्ता

पोखरा, ७ चैत। यही चैत १३ देखि २१ गतेसमम काठमाडौंको कीर्तिपुरमा सञ्चालन हुन गइरहेको एसीयाली क्रिकेट परिषदको टी-ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिता तयारीमा एक हप्ते अभ्यासको लागि पोखरा आएको नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार काठमाडौं फर्किएको छ। पारस खड्काको कप्तानीमा पोखरा बसाईंका क्रममा १८ सदस्यीय राष्ट्रिय टोलीले पोखरा र·शालामा रहेको क्रिकेट खेलमैदानमा अभ्यास गरेको थियो।टोलीमा प्रमुख प्रशिक्षक पुबुदु दासा नायके… पुरा पढौ

मनाङलाई बराबरीमा रोक्दै थ्रीस्टार सुपर लिगको शीर्ष स्थानमै

पोखरा, ६ चैत। चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई बराबरीमा रोक्दै काठमाडौंमा जारी सुपर लिगमा लिगलिडर थ्रीस्टार क्लबले पाँच अड्ढको अग्रतालाई कायमै राख्न सफल भएको छ। म·लबार दशरथ रङ्गशालामा भएको चौथो राउण्डको खेलमा मनाङलाई बराबरीमा रोक्दै थ्रीस्टारले पुनः पाँच अड्ढको अग्रता कायमै राख्न सफल भएको हो। अघिल्लो खेलमा डबल एलोकार्डका कारण गुमएका आफ्ना मुख्य डिफेण्डर सन्दीप राईको अनुपस्थितिमा मैदानमा उत्रिएको थ्रीस्टारले… पुरा पढौ

तेस्रो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने

पोखरा, ५ चैत। मेरो नेपाल युवा क्लब, पोखरा-१४, मझेरीपाटनले नववर्ष २०७० को अवसर पारेर तेस्रो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लब भवन विस्तार गरी सभाहल निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ। बैशाख ४ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४० समूहको सहभागिता रहने क्लबका अध्यक्ष हरि जिसीले जानकारी दिएका छन्।… पुरा पढौ

सुपरलिगमा पुलिस पनि चुक्यो

पोखरा, ४ चैत। पुछारमा रहेको आरसिटीसँग पराजित भएपछि नेपाल पुलिस क्लबले सर्वाधिक राशिको पुरस्कार शहीद स्मारक ए डिभिजन सुपर लिग फुटबल प्रतियोगिताको उपाधि होडमा केही धक्का लागेको छ।पुलिसको यो हारले लिग लिडर थ्रीस्टारलाई फाइदा पुगेको छ। आइतबार भएको खेलमा आरसिटीसँग १-० को हारपछि पुलिसलाई उपाधि होडमा धक्का लागेको हो।जितेर चौथो स्थानमा पुग्ने अवसर गुमाएको पुलिसविरुद्ध आरसिटीका अमर डंगोलले खेलको ३२… पुरा पढौ

कटुवाललाई कयाक उपाधि

पोखरा, ४ चैत। प्रथम पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पोखराको फेवातालमा आयोजित फ्ल्याट वाटर कयाक च्याम्पियनसीपको उपाधि गोरखाका महादेव कटुवालले प्राप्त गरेका छन्। १४०० मिटरको दूरी उनले ११ मिनेट ४८.८९ सेकेन्डमा पूरा गरे। उनलाई पछ्याइरहेका कास्कीका विभिन गुरुङले उक्त दूरी ११ मिनेट ५१.३० सेकेन्डमा पूरा गरे। तेस्रो स्थान तनहुँका सोमबहादुर मगरले प्राप्त गरे। उनले निर्धारित दूरी ११ मिनेट ५६.५८ सेकेन्डका साथ पूरा… पुरा पढौ