खेलकुद

आईकिडो आईकिकाईको दुर्इ दिने तालिम तथा गोष्ठी

पोखरा, २० चैत। नेपालमा मार्शल आर्ट सम्वन्धि आईकिडो आईकिकाईको खेल लाई थप व्यवस्थित गर्न दुर्इ दिने तालिम तथा गोष्ठी पोखरामा भएको छ। जापानमा प्रचलित आईकिडो आईकिकाई खेल युरोप तिर समेत खेल्ने गरिएको यसका प्रशिक्षक विनय श्रेष्ठले जानकारी दिए। आईकिडो आइकिकाई जापानको प्रधान कार्यालयका वरिष्ठ प्रशिक्षक माकोतोर्र् इतो -६ डान) लाई निमन्त्रणा गरी पहिलो तालिम गोष्ठी तथा पाँचौ जन्मोत्सव समारोहको समेत… पुरा पढौ

वीरेन स्मृति बिटी कप शुरु

हेमजा, १९ चैत। ११ औं संस्करणको बिटी कप २०७३ शनिबारदेखि शुरु भएको छ। बुद्घटोल युवा क्लब पोखरा-१, पुरानो टुँडीखेलको आयोजनामा भएको प्रतियोगिता चैत २६ गतेसम्म स्थानीय टुडीखेल मैदानमा चल्नेछ। प्रतियोगिताको उद्घाटन गर्दै मुक्तिनाथ गणका सहायक बाहिनीपति कविन्द्रमान श्रेष्ठले खेलले मानव जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकोमा जोड दिए। शनिबार बिटी ह्वाइट र स्मृति क्लब सराङकोट… पुरा पढौ

पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल

पोखरा, १६ चैत।अपांग खेलकुद समिति कास्की र स्वावलम्बन जीवन पद्दति समाज नेपालको संयुक्त आयोजनामा चैत २० र २१ मा पोखरा रंगशालामा पाँचौ राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । काठमाडौ, चितवन र कास्की गरी छ टिमको सहभागिता रहने उक्त प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिता संयोजक भरतविक्रम बानियाँले समाजमा अपांगता… पुरा पढौ

तेक्वान्दो राष्ट्रिय रेफ्री कोस

पोखरा, १६ चैत। नेपाल तेक्वान्दो संघको आयोजनामा पश्चिमाञ्चलमा भएका नवौं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा आठौं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । यस क्षेत्रका लागि पोखराको रंगशालाको कभर्डहलमा भएको दुर्इ दिने उक्त कोर्समा संघका निर्णायक कमिटीका संयोजक नवीनकुमार श्रेष्ठ र कोरियन प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएका थिए । विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका… पुरा पढौ

बिटि कप प्रचारार्थ मोटरसाइकल र्‍याली

हेमजा, १५ चैत । बुद्धटोल युवा क्लब पोखरा-१, पुरानो टुँडिखेलको आयोजनामा शनिबारदेखि शुरु हुने ११ औं संस्करणको विटि कप प्रचारार्थ मंगलबार मोटरसाइकल र्‍याली निकालिएको छ । स्थानीय टुँडिखेलमा चैत २६ गतेसम्म चल्ने उक्त प्रतियोगिता प्रचारका लागि निस्केको र्‍याली टुँडिखेल मैदानबाट शुरु भई हरिचोक, सिम्पानी, बगर, लामाचौर, बाटुलेचौर, नदीपुर, महेन्द्रपुल, रानीपैवा, अमरसिंहचोक, पृथ्वीचोक, राष्ट्रबैकचोक, लेकसाइड, न्यूरोडहुँदै पुनः टुँडिखेल मैदानमा पुगेको थियो । आपसी भाइचारा… पुरा पढौ

शुभकामना कप फुटबल प्रतियोगिता हुने

पोखरा, १३ चैत। ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडको आयोजनामा बैशाख १ देखि ७ गतेसम्म शुभकामना कप फुटबल प्रतियोगिता-२०७४ हुने भएको छ। खेलकुद माध्यमबाट कुलतमा फसेका तथा वेरोजगार युवालाई विकृति र विसंगतिबाट जोगाई सही बाटो देखाउन टेवा पुर्‍याउने उद्देश्यले हेमजाको गौरीशंकर खेल मैदान -गैरी) मा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न हेमजा… पुरा पढौ

अलि मियाँ स्मृति फुटबल शुरु

पोखरा, १३ चैत। लोककवि अलि मियाँको सम्झनामा पोखरामा आयोजना गरिएको प्रथम अलि मियाँ स्मृति सेेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना तथा मुस्लिम युवा क्लबको संयोजनमा प्रतियोगिता गरिएको हो। प्रतियोगितामा ४० टिम सहभागि छन्। पोखरा लेखनाथ महानगरपालिका-१३ माछापोखरीस्थित खेल मैदानमा शुरु भएको प्रतियोगिता १९ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले एक लाख २५ हजार र… पुरा पढौ

भलिबल प्रतियोगिताको उपाधि पुनहिललाई

पोखरा, ५ चैत। अभियान युवा क्लबद्वारा आयोजित प्रथम अभियान पुरुष भलिबल प्रतियोगिता-२०७३ को उपाधि पुनहिल क्लब घोरेपानीले जितेको छ । पोखराको मालेापटन खेल मैदानमा शनिबार भएको फाइनलमा पोखरा क्लबलाई २५-१९, २५-२१ र २५-१४ को सोझो सेटमा पराजित गर्दै उसले उपाधि हात पारेको हो । विजयी पुनहिल क्लबले नगद ५० हजार पाँच सय ५५ जित्यो भने द्वितीय पोखरा क्लबले ३० हजार पाँच सय… पुरा पढौ

कास्की फुटसल संघमा लिगल

पोखरा, २४ फागुन । फुटसल खेल मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठनपछि कास्की पहिलो शाखाको रुपमा विस्तार गरिएको हो । संघ जिल्ला खेलकुद विकास समितिमा ८९ औं खेलकुद संघको रुपमा दर्ता भएको छ । सञ्जय लिगलको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा सुशील केसी, सचिवमा प्रदीप घिमिरे, सहसचिवमा धर्मराज पराजुली र… पुरा पढौ

अलि मियाँका नाममा फुटबल

पोखरा, २३ फागुन । लोककवि अलि मियाँका नाममा पोखरामा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानद्वारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पोखरा-१३ मा क्रियाशील मुस्िलम युवा क्लबको संयोजनमा प्रतिष्ठानले पहिलो पटक सेभेन ए साइड फुटबल कप प्रतियोगिताको आयोजना गर्ने जनाएको हो। चैत १३ देखि १९ गतेसम्म पोखराको माछापोखरीस्थित खेल मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा ४५ टिमले सहभागिता… पुरा पढौ