खेलकुद

पोखरामा ट्रायथोलन हुने

पोखरा, १० वैशाख । आठौं राष्ट्रिय ट्रायथोलन प्रतियोगिता पोखरामा हुने भएको छ । कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा नेपाल ट्रायथोलन संघले १५ वैशाखमा सो प्रतियोगिता गर्न लागेको पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष सुमन देवकोटाले जानकारी दिए । खेलाडीले स्प्रिन्ट विधामा फेवातालमा ७ सय ५० मिटरको पौडी खेली बाराहीघाटदेखि मुस्ताङचोकसम्म चार ल्यापको २० किमी साइक्लिङ र ५ किमी दौड तथा दुवाथलनअन्तर्गत… पुरा पढौ

भूपू खेलाडी रानाभाटलाई सम्मान

पोखरा, ८ वैशाख। भूतपूर्व खेलाडीहरुको साझा मञ्च नेपाल भूतपूर्व खेलाडी मञ्चले संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलाई सम्मान गरेको छ। पूर्व राष्ट्रिय खेलाडी समेत रहेका रानाभाटले नेपालको खेलकुद विकासमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान गरिएको मञ्चले जनाएको छ । मञ्चको नवौं वाषिर्क साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष रानाभाटलाई प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुन, सांसदद्वय मोहन रेग्मी, इन्द्रधारा विस्ट, मञ्चका अध्यक्ष तेज… पुरा पढौ

शुभकामना कप उपाधि स्याङ्जालाई

हेमजा, ७ वैशाख। शुभकामना कप नकआउट फुटबल प्रतियोगिताको उपाधि स्याङ्जा वालिङ युनाइटेडले जितेको छ। शनिबार हेमजामा भएको फाइनलमा अमरसिंह व्वाइज क्लब -एबिसी) लाई ३-१ ले पराजित गर्दै उसले उपाधिसहित २ लाख २२ हजार २ सय २२ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता एबिसीले १ लाख ११ हजार १ सय ११ ट्रफी मेडल र प्रमाणपत्र पायो । स्याङ्जाको जितमा… पुरा पढौ

सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड शुरु

पोखरा, ६ वैशाख। बौद्ध शान्ति क्लब, रामघाटको आयोजनामा प्रथम विष्णुकुमारी गुरुङ स्मृति अन्तरक्लब खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ। अमरसिंह खेल मैदानमा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बयनबहादुर क्षेत्रीले प्रतियोगिता उद्घाटन गर्दै स्वास्थ्य र कुलतमुक्त समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताए। खेलुकदसँगै सभ्य समाज निर्माणमा युवाको भूमिका रहने बताउँदै रोजगारीका लागि विदेशिने हजारौं युवालाई देशमै… पुरा पढौ

वालिङ युनाइटेडको सहज जित

पोखरा, ४ वैशाख। स्या·जा वालि· युनाइटेडले संगम एफसीलाई ४-० गोलअन्तरले पराजित गर्दै हेमजामा शुभकामना कपमा सहज जित निकाली क्वाटरफाइनल पुगेको छ । खेलमा म्यान अफ दी म्याच विश्वास श्रेष्ठले हृयाटि्रक गरे भने टीकराज गुरुङले १ गोल थपे । यसअघि शुभकामना कपमा सहारा क्लबका गंगा गुरुङ पहिलो हृयाटि्रक गरेका थिए।एलजी एशोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्रबीचको खेल वर्षाका कारण रोकियो । 'लगातार वर्षा… पुरा पढौ

पश्चिम पृतना र आयोजक क्वाटरफाइनलमा

हेमजा ३, वैशाख। 'युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ हेमजास्थित हेमजा युनाइटेडले आयोजना गरेको शुभकामना कप-२०७५ जारी रहेको छ। सोमबार सम्पन्न २ खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुर र आयोजक हेमजा ११ वि विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । पहिलो खेलमा पश्चिम पृतना हेडक्वाटर विजयपुरले ५-० को फराकिलो गोलअन्तरले गार्डेन फुटबल क्लब माटेपानीलाई हराएको छ। जितका सन्तोष गुरुङले… पुरा पढौ

प्रदेशमा खेलकुद प्राथमिकता : मुख्यमन्त्री

लमजुङ, २६ चैत । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । सोमबार जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले प्रदेश ४ का ११ वटै जिल्लालाई खेलकुदमा आकर्षण गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । मुख्यमन्त्री गुरुङले भने, 'प्रदेश सरकारले खेलकुदको क्षेत्रलाई प्रथामिकता दिएर काम गर्नेछ । राज्यलाई… पुरा पढौ

संगमलाई बिटी कप उपाधि

हेमजा, २४ चैत । पोखरा बगरस्थित बुद्धटोल युवा क्लबले आयोजना गरेको दोश्रो वीरेन स्मृति १२ औं बिटी कपको उपाधि संगम फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा तारा फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै उसले उपाधिसहित १ लाख २१ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । उपविजेता तारा फुटबल क्लबले ७० हजार १ सय… पुरा पढौ

पोखरामा स्पोर्टस् मेडिसिन

पोखरा, २४ चैत। कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसिएसनले पोखरामा शनिबार स्पोर्टस् मेडिसिन कार्यक्रम गरेको छ। खेलाडीले आफ्नो स्वास्थ्यका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन सो कार्यक्रम गरिएको हो।  प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठन प्रशिक्षक जीवन घिमिरेले खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहजीकरण गर्दै क्लीनिकल फार्मेसिष्ट विजय काफ्लेले खेल जीवन शुरु गरेपछि र खेल जीवनपछि पनि… पुरा पढौ

वीरेन स्मृति विटी कप जारी

हेमजा, २० चैत। दोस्रो वीरेन स्मृति १२ औं विटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार ९ खेल भए। पहिलो खेलमा भीमकाली एफसी विजयी भयो । उसले नदीपुर एफसीलाई ४-० गोलअन्तरले पराजित गर्‍यो । त्यस्तै शीतलज्योतिले स्वस्तीक नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दा अर्को खेलमा माइ पोखरा स्पोर्टस्ले रञ्जन मेमोरियल १६ लाई २-० ले पाखा लगायो । ढुंगेपाटन एफसी र लेकसाइट एफसीबीचको खेलमा २-१… पुरा पढौ