२०४ औं विश्व ब्रेल दिवस र ब्रेल लिपिको इतिहास

दृष्टिविहीनहरूले पढ्न लेख्न प्रयोग गरिने लिपि ब्रेललिपि हो। आज संसारमा सबै दृष्टिविहीनले यही लिपिको माध्यमद्वारा पढ्ने लेख्ने, ज्ञान हासिल गर्ने अवसरले सा·सरह जीवनको हरेक क्षेत्रमा अघि बढ्ने अवसर मिलेको छ दृष्टिविहीन ठहरिएका व्यक्तिहरू छापिएका अक्षर पढ्न सक्दैनन्। उनीहरूले ब्रेल लिपि मात्र पढ्छन्। ब्रेल लिपि कागजमा उठेका बे्रल डट हातका औँलाले छामेर पढ्ने गरिन्छ। दृष्टिविहीन विद्यार्थीलाई स्रोत कक्षामा ब्रेलमा लेख्ने र पढ्ने अभ्यास गराउनुपर्दछ। ब्रेलका अक्षर बनाउन स्लेट नामको पातोमा मोटो कागज च्याँपेर स्टाइलस नामको सुइरोले घोचेर कागजमा अक्षर सड्ढेत हुने डट उठाइन्छ। स्लेटको पातोभोरि ६/६ वटा प्वालमा हार हुन्छन्। ६ वेटा प्वालको एउटा समूहलाई ब्रेल सेल भनिन्छ। एउटा सेलका ६ ओटा प्वालबाट निकाल्न सकिने ६ वटा डटमध्ये देब्रे पट्टकिो सबभन्दा माथिको डटलाई डट नं. १ भनिन्छ भने दायाँ पट्टकिो सबभन्दा तलको डटलाई डट नं. ६ भनिन्छ। अक्षर बनाउन ब्रेल सेलका ६ वटा प्वालमध्ये आफूले बनाउन चाहेको अक्षर अनुसारका केही प्वालमा घोपेर डट उठाइन्छ। एउटा सेलमा डट नं. १ मात्र निकालियो भने ब्रेल लिपिमा अ हुन्छ। १ र ३ डटबाट क हुन्छ।

ब्रेलका अक्षर बनाउन बायाँबाट अक्षर अनुसारका प्वालमा घोप्दै दायाँपट्ट िल्याइन्छ र पाना पल्टाएर उठेका डट छामेर पढिन्छ। ब्रेल लिपिमा एउटा शब्द लेख्न धेरै ठाउँ चाहिन्छ र लेख्न पनि धेरै समय लाग्दछ। ठाउँ र समय बचतका लागि थोरै डटबाट पनि शब्द लेखिन्छ। यसलाई ब्रेल सड्ढुचन भन्ने गरिन्छ। कतिपय विषयका विषयगत तथा प्राविधिक शब्दहरू ब्रेल सड्ढुचन गरेर लेखिन्छन्। ब्रेल लिपि सिक्नेहरूलाई सुरु सुरुमा ठूल्ठूला डट छाम्न लगाउनुपर्छ। जब उनीहरूले ब्रेल अक्षर चिन्न सक्ने हुन्छन्। त्यसपछि उनीहरूलाई साना डटका ब्रेल लिपि पढ्ने अभ्यास गराउनुपर्दछ। ब्रेलका पाठ्यपुस्तक सामान्य पाठ्यपुस्तकभन्दा धेरै महङ्गा हुन्छन्। ब्रेल पाठ्यपुस्तक डट छामेर पढ्दा बस्दै र खिइँदै जान्छन्। डट बसे वा खिएपछि ब्रेल लिपि पढ्न सकिँदैन। त्यसैले विद्यार्थीलाई ब्रेल पाठ्यपुस्तक पढ्न दिँदा कम दबाब दिएर छाम्न लगाउनुपर्दछ। अर्कोतर्फ ब्रेल पाठ्यपुस्तक पाना छुट्टनिे र च्यातिने भएमा दृष्टिविहीन विद्यार्थीले देख्ने विद्यार्थीले जस्तै पाना मिलाएर पढ््न सक्दैनन्। यस कारण ब्रेलका पाठ्यपुस्तक अत्यन्त सुरक्षित साथ प्रयोग गराउने र केही वर्ष चलाउने प्रयास हुनुपर्दछ।

दृष्टिविहीन व्यक्तिहरूलाई शिक्षा दिन वा पढ्ने लेख्ने कार्यका लागि प्राचीन समयदेखि नै विविध स्र्पर्श लिपिको प्रयोग, अभ्यास, खोज र विकास गरिँदै आएको पाइन्छ तर प्राचीनकालमा विभन्न समय काल खण्डमा विभिन्न देशमा विभिन्न व्यक्तिद्वारा प्रयोग गरिएका स्र्पर्शलिपि प्रयोगमा असहज र जटिल भएको कारणले सर्व मान्य हुन सकेन। स्र्पर्श लिपिको इतिहास हेर्दा मानव सभ्यताको विकासको चौथो शताब्दीमा नामक दृष्टिविहीन दार्शनिकले सर्वप्रथम काठका अक्षर बनाई दृष्टिविहीनका लागि केही सीमित अक्षर र वाक्य बनाउन सफल भएको पाइन्छ। यस्ता ‘चबलअष्कअय ीगअबक ले काठको पातलो पत्र पत्र बनाइ सोमा काठका अक्षरहरूको रचना गरेको पाइन्छ। सन् १६४० ताका पेरिसमा एष्भचचभ :बचभबग नामका व्यक्तिले थाहा पाउने अक्षरको विकास गरेका थिए भने सन् १६७६ मा अमेरिकामा जेर्सुइट पादरी ‘चबलअष्कअय त्भचशष् ले डोरीको प्रयोग गरी वर्गाकार र अन्य आकृृति बनाई केही अक्षरको विकास गरेको थिए। जुन अक्षरहरू डोरीको गाँठो पारी बनाइएका र स्र्पर्शद्वारा छामेर पढ्न सक्ने बनाइएको थियो। यो लिपि पनि सिकाइका लागि कठिन भएकाले अमेरिकामा पनि सर्वमान्य हुन सकेको पाइँदैन। दृष्टिविहीनहरूको लागि भरपदो स्र्पर्श लिपिको आविष्कारका लागि निकै प्रयत्न भए पनि विफल नै भएको पाइन्छ।

फ्रान्सको कुप्रवेमा सन् १८०९ जनवरी ४ मा जन्मिएका लुइ ब्रेलद्वारा आविष्कार गरिएको स्र्पर्श  लिपिलाई दृष्टिविहीनहरूको अध्ययनका लागि उपयुक्त लिपिका रूपमा स्वीकार्दै लुइ ब्रेलले आविष्कार गरेका लिपि भएकाले ब्रेल लिपिको नाम दिँदै ब्रेलले मान्यता प्राप्त गरे पछि मात्र यस लिपिको विकास तथा प्रबर्द्धन हुँदै आएको पाइन्छ। लुइ ब्रेल १८०९ मा पेरिसको नजिकै जन्मिएका थिए। उनका बाबुले घोडाको काठी बनाउने कार्य गरिरहेको समयमा उनी त्यहाँ रहँदा दुर्घटनावस आँखामा चोट लागि दृष्टिविहीन भएका थिए। लुइ ब्रेल दृष्टिविहीनहरूले पढ्ने पेरिसको विद्यालयमा भर्ना भए तापनि दृष्टिविहीनहरूलाई पढाउने सहज र आधुनिक प्रकारको स्र्पर्श तथा ब्रेल लिपिको पूर्ण विकास भइसकेको थिएन। यसै सर्न्दर्भमा लुइ ब्रेलले ऋजबचभिक द्यबचष्भिच समेत भेट गरी ३ वर्षको अथक खोज, प्रयोग र अभ्यासपछि सन् १८२५ मा उनले स्र्पर्शलिपिलाई दृष्टिविहीनहरूलाई सहज ढङ्गले छामेर पढ्न र लेख्न सक्ने लिपिमा परिमार्जित गर्न सफल भए। जुन कुरा सन् १८२९ मा प्रकाशमा आयो। उनको यो सफलतापछि सन् १८३४/३५ मा स्र्पर्शलिपिलाई ६ विन्दुमा अधार बनाइ व्यवस्थित रूपमा ६ अक्षरको एक कोठा बनाई तिनै ६ विन्दुबाट ब्रेल लिपिको विकास गरे। सन् १८५२ जनवरी ६ मा उनको मृत्युपश्चात् सन् १८५४ मा अमेरिका, बेलायत र फ्रान्सले उनको यो लिपिलाई सर्वमान्य बनाइ उक्त स्र्पर्शलिपिको नाम ब्रेल लिपि रहन गयो। सन् १८६० मा लुइ ब्रेलको लिपिलाई अमेरिकामा समेत अपनाइयो र दृष्टिविहीन व्यक्तिहरूलाई पढाउने विद्यालयहरू फ्रान्स, बेलायत र अमेरिकामा प्रचुर मात्रामा खुल्न थालेको पाइन्छ। सन् १८७८ पछि फ्रान्सिसी मूल ब्रेल, अमेरिकन ब्रेल र न्यूयोर्क पोआइन्ट लिपि अन्य युरोपियन देशमा प्रचलनमा आउन थाले तर एकै देशमा तीन प्रकारका स्र्पर्शलिपि प्रयोगमा आउँदा केही अस्पष्ट र जटिलता उत्पन्न भयो एक प्रकारको ब्रेल लिपिमा पढेको दृष्टिविहीन व्यक्ति अर्को स्पष्ट लिपिमा पढ्न र बुझ्न असर्मर्थ हुने स्थिति देखा पर्‍यो। यसरी ४० वर्षसम्म खासगरी बेलायत, अमेरिका र फ्रान्समा ३ स्र्पर्शलिपि प्रयोगको विवादपश्चात् सन् १९१७ मा अनेक समितिहरूको बैठक बसी फ्रान्सिसी ब्रेललाई मुख्य ब्रेलको रूपमा अपनाउने निर्णय गरियो भने सन्। १९३१ मा न्यूयोर्कमा आयोजित अमेरिका, बेलालयत र फ्रान्सका विशेषज्ञहरूले फ्रान्सिसी ब्रेलको आधारबाट नै अङ्ग्रेजी भाषामा समेत समान स्पष्ट लिपिको रूपमा ब्रेललिपिलाई स्वीकार गरे र सन् १९३२ मा प्रायः बोलिचालीमा आउने शब्दहरूले सड्ढुचन रूप ९ऋयलकतचगअतष्यल० विकास गरी स्वीकार गरियो। एसिया, अफ्रिका र संसारका अन्य देशमा ब्रेलको अभ्यास प्रयोग र विकास गर्ने कार्यमा अमेरिका र युरोपका इसाई मिसिनरीहरूले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। सन् १९४९ मा युनेस्कोले विश्वका अनेक देशमा, अनेक भाषामा, अनेक रूपमा छरिएको ब्रेललिपिलाई सुस·त बनाउन एक विशेषज्ञ नियुक्ति गरी ब्रेल लिपिको संरक्षण र संहिता गर्ने कार्यको थालनी गरियो युनेस्केको सल्लाहाकार समितिको बैठक सन् १९४९ मा फ्रान्सको पेरिसमा बसी समितिले एक विश्व ब्रेलको आवश्यकता महसुस गर्दै सन् १९५० मा पेरिसमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनले फ्रान्सिसी मूल ब्रेललाई नै विश्व ब्रेलको मान्यता दियो र युनेस्कोले सन् १९५१ मा विश्व ब्रेल परिषद्को स्थापना गर्‍यो। यस परिषद्को स्थापनापश्चात् विश्व ब्रेल परिषद्ले संसारभरि नै ब्रेलको प्रचलन र प्रयोग गर्ने मान्यता दिलाउन सफलता पाएको छ। संसारभरि ब्रेललिपिको मान्यता र प्रचलनपछि ब्रेल छापाका लागि ब्रेलप्रेसको आविष्कारले ब्रेललिपिको प्रयोग र उपयोगमा कोशे ढुङ्गाको काम गरेको छ। वर्तमान समयमा ब्रेललिपिको छपाइका लागि अति आधुनिक छपाई मेसिनको समेत आविष्कारले ब्रेललिपिका पाठकलाई हरेक सूचना तथा ज्ञान प्राप्तिमा सहज पहुँच पुगेको छ। नेपालमा ब्रेललिपिको विकासको क्रमलाई हेर्दा सर्वप्रथम सन् १९६४ मा एकीकृत शिक्षा लागू भई दृष्टिविहीनहरूले पढ्ने विद्यालयको स्थापना (लेब्रोटरी हाइस्कुल) भएको र नेपाली ब्रेलको विकास नभएकाले अङ्ग्रेजी तथा भारतीय ब्रेलको प्रयोग हुन थालेको पाइन्छ। भारतीय र नेपाली दुवै देवनागरी लिपि भएकाले प्रयोगमा त्यति जटिलता देखिँदैन। जंगबहादुर बोगटी -जो दृष्टिविहीन थिए)। ले भारतको देहरादुनमा नेसनल इन्स्टिच्युट अफ द ब्लाइण्डमा अध्ययन गरेको थिए। उनले नै सर्व प्रथम भारतीय ब्रेलबाट विकास गरी नेपाली बे्रलमा अपनाइएको भन्ने तर्कले जंगबहादुर बोगटी नेपालमा ब्रेल भित्र्याउने व्यक्ति थिए भन्ने कुरा पुष्टि गर्दछ।

अर्कोतर्फ नेपालमा नेपाली ब्रेललार्ई नेपाल सरकारका तर्फबाट मान्यता नपाइरहेको अवस्थामा नेपाली ब्रेल मस्यौदा समिति दृष्टिविहीन  कुमार थापाको संयोजकत्वमा एक समिति गठन भइ उक्त समितिले नेपाली ब्रेल एकरूपतासम्बन्धी संहिता सन् २००४ मा राष्ट्रिय तहको कार्याशालाबाट निर्णय गरी नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागलाई बुझाएको थियो। सन् २००६ मा नेपाल सरकारको सम्बन्धित मन्त्रालयबाट नेपाली ब्रेल एकरूपतासम्बन्धी संहितालाई मान्यता दियो। अतः दृष्टिविहीनले हातले स्र्पर्श गरी पढ्ने लेख्ने स्र्पर्शलिपिको अत्यन्त लामो प्रयोग, खोज र अभ्यासपछि मात्र २० आँै शताब्दीको मध्यतिर मात्र स्र्पर्शलिपि ब्रेललिपिको रूपमा विकसित भएको पाइन्छ।

आज जनवरी ४ सन् २०१३ २०४ औँ विश्व ब्रेल दिवस सँगसँगै लुइ ब्रेल दिवस मनाइरहदा नदेख्ने व्यक्तिहरूलाई संसार देखाउने ब्रेल लिपिका आविष्कारक लुइ ब्रेल र नेपालमा ब्रेल भित्र्याउने अग्रज दृष्टिविहीन जंगबहादुर बोगटीप्रति हार्दिक श्रद्धा सुमन

(लेखक पृथ्वीनारायण क्याम्पस शैक्षिक योजना तथा व्यवस्थापन विषय शिक्षा विभाग पोखरासँग सम्बन्धित छन्।सं.)

- श्रीकान्त सापकोटा