होशियार ∕ वैदेशिक रोजगारीमा जाँदा ठगिनुहोला

नेपालको वर्तमान जनसाङ्ख्यिक विवरण अनुसार नेपालसँग अहिले लाभांश जनसङ्ख्या छ। त्यो हो बालबालिका र बृद्धबृद्धा भन्दा बढी युवाहरुको संख्या। नेपालको इतिहासमा पहिलो पटक यस्तो आँकडा प्राप्त भएको जनसङ्ख्याविदहरु बताउँछन्। नेपालको युवा नीति अनुसार नेपालको वर्तमान जनसङख्याको लगभग २०.८ प्रतिशत १६ देखि २५ वर्ष भित्र पर्दछ जबकी १६ देखि ४० वर्षसम्मको जनसङ्ख्या ४०.६८ प्रतिशत रहेको छ।

नयाँ नेपालको निर्माणमा युवाशक्तिको टड्कारो आवश्यकता भएको बेला यत्रो अधिक युवा जनसङ्ख्या हुनु नेपालको लागि संयोग र भाग्य दुवै मान्नु पर्दछ। यो अनुपम अवसरलाई नेपालले सदुपयोग गर्दै नेपालको विकास निर्माण कार्यहरु अघि बढ्नु पर्दछ। परन्तु दिनहुँ १५ सयदेखि दुर्इ हजारको सङ्ख्यामा रोजगार र अध्ययनको लागि भन्दै विदेशिने युवाहरुको आँकडा पढ्नुपर्दा मन चसक्क हुनपुग्छ। नेपालको भविष्य स्वणिर्म बनाउने प्रतिभा र पाखुरा विदेशिंदा नेपाल आमाको मन किन नरोला ?

नेपाल छाडी विदेशिंदा कति हाम्रा युवाले जनकविकेशरी स्व. धर्मराज थापाको गीत ‘धुरु धुरु नरोउ आमा, त्रि्रो आँसु पुछेर छाडौंला’ गाउलान् ? अध्ययनको सिलसिलामा जाने युवाहरु कतिपय अध्ययनलाई निरन्तरता दिने भन्दा कमाउन लाग्छन् त कतिपय आफ्नो योग्यता हासिल गर्न लागि पर्छन्। तर कामको सिलसिलामा विदेशिने हाम्रा युवा पाइला पाइलामा ठगिएका समाचार आइरहेका छन्। त्यो राम्रो कुरा होइन।

प्रत्येक वर्ष पाँच लाखको हाराहारीमा युवा शक्ति श्रमको बजारमा आइरहेको छ। नयाँ नेपाल बनाउने सपना बोकेको यो शक्ति रोजगारको वा उद्यमको अवसर कसरी मिल्छ भनेर अनेक प्रयत्न गर्छ। तर रोजगारदाताहरुका अनुसार विडम्वना मुलुकमा पाँच प्रतिशत जति जनशक्ति मात्र खपत हुन सकेको बताउँछन्। विभिन्न स्रोतहरुबाट प्राप्त तथ्याङ्क अनुसार नेपालको श्रम बजारमा आउने युवाशक्ति सोही मात्राको जनशक्ति उद्यम तर्फ लागी स्वदेशमा बस्ने हिम्मत गर्छन्। यहाँ बस्नुमा उनीहरु मध्ये कतिपयका धेरै बाध्यताहरु होलान्। उनीहरुको टिकाउपना र बिकाउपना उनीहरुले आर्जन गर्ने आम्दानी र त्यसले उनीहरुलाई दिने सन्तुष्टिमा भर पर्दछ। उनीहरुले सङघर्ष गर्दै नेपालमा आफ्नो अस्ितत्व खोजी ‘हामी यहीं नेपालमै केही गर्न सक्छौं’ भनेर पछिल्लो पुस्तालाई सिकाउने सिकाउपनामा नेपालको उनीहरु प्रेरणादायी हुनुपर्छ।

नेपाल सरकारले आफ्ना युवाहरु स्वरोजगार, उद्यम र रोजगारमा सहभागी हुने वातावरण मिलाउने र उनीहरुलाई टिकाउ, बिकाउ र सिकाउयोग्य बनाउने ठोस कार्ययोजना ल्याउन सकिरहेको छैन। युवाहरु कोरिया जान भाषा परीक्षा दिन मध्यरात देखि लाम लाग्ने, अमेरिका जान डिभी बजारमा खुलेका डिभी केन्द्रमा घण्टौं कुरेर बस्नुपर्ने जस्ता बिजोगपूर्ण अवस्थामा किन पुगे र पुर्‍याइए – यसको जिम्मेवार कसले लिने – कमाउन भनेर विदेशिएका युवाहरु अपाङ्ग भएर फिर्ता हुने, विभिन्न डरलाग्दा रोगको शिकार बनेर घर फिर्ने, बाकसमा लाश आउने जस्ता अवस्था आउनुपूर्वका सचेतना तथा सतर्कता गराउने को हो र कसले कुन भूमिका निर्वाह गर्नुपर्छ भन्ने जस्ता कुराहरुको थाहा अभियान अर्थात सूचना दिने र सावधानी अपनाउन लगाउने अवस्था कहिले गर्ने भन्ने कुरा त प्रष्ट हुनुपर्छ।

वैदेशिक रोजगारी नेपाली युवाको आवश्यकता होइन, बाध्यता हो। नेपाली युवाहरुलाई स्वाभिमानपूर्वक पौरख गरी खानको लागि श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्छ। काम जस्तो सुकै होस्, कामै हो र त्यसबाट आउने पैसा पनि एउटै हो। हाम्रोमा डाक्टर, इन्जिनिअर, चार्टर्ड अकाउन्टेण्ट, बैङ्कको म्यानेजर, होटल म्यानेजर, प्राध्यापक, न्यायाधीश, वकिल, निजामती कर्मचारी, सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र त्यति नभए विद्यालयको शिक्षक भए पनि ठीकै हुने भन्ने आम मान्यता छ। तर यहाँ उल्लेख भएका बाहेक अन्य पेशाबाट पनि रकम कमाइ हुन्छ र त्यो पैसाको बजार मूल्य पनि उही हो भन्ने धारणा स्थापित गर्नुपर्छ। जबसम्म हाम्रा युवाहरु स्वदेशमा जस्तो सुकै श्रम गरेपनि त्यसमा आत्मसम्मान र गौरवबोध गर्न सक्दैनन्, तबसम्म नेपाली युवा नेपालमा बसी विकासको मूल फुटाउन सक्ने छैनन्।

वैदेशिक रोजगारमा जानुपूर्व नेपाली युवाले जान्नैपर्ने कुरा के के हुन् त ?

पहिलो त आफू जान खोजेको देश नेपाल सरकारले वैदेशिक रोजगारको लागि खुल्ला गरेको छ कि छैन – उक्त मुलुक ११० मुलुक भित्र पर्छ कि पर्दैन ?

दोस्रो कुरा, आफू कुन तरिकाबाट वैदेशिक रोजगारमा जान लागेको हो – आफू दक्षिण कोरिया वा इजरायलमा वैदेशिक रोजगारीमा गए जस्तै जाने हो कि ?

तेस्रो कुरा, आफू नेपाल सरकारद्वारा इजाजतप्राप्त म्यानपावर एजेन्सी मार्फत वैदेशिक रोजगारीमा जान लागेको हो कि – उक्त म्यानपावर कम्पनी कारवाहीमा परेको छ कि ? विगतमा विवादमा परेको छ कि ?

चौथो कुरा, आफू यदि व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जान लागेको हो भने श्रम स्वीकृतिको पकृया पूरा गरेको छ वा छैन ? अनि स्वदेशमा गरिने प्रकृया र विदेशमा हुने जोखिमको जिम्मेवारी स्वयंले लिन तायर छ वा छैन ?

पाँचौं कुरा, वैदेशिक रोजगारीमा जान चाहनेले आफू कुन काम गर्न गइरहेको छ र सो काम गर्न आवश्यक तालिम वा प्रशिक्षण लिएको छ वा छैन ? घरेलु कामदारको रुपमा काम गर्न जान चाहनेले ती कार्य दिनको निःशुल्क आवासीय तालिम लिएको छ वा छैन ?

छैटौं कुरा, वैदेशिक रोजगारीमा जाँदा आफू आधिकारिक वैदेशिक रोजगार कम्पनीबाट जाँदैछ कि छैन – अनि यसरी जाँदा स्वदेशको एयरपोर्ट प्रयोग गर्दैछ कि छैन ?

सातौं कुरा, वैदेशिक रोजगारमा जान चाहने युवाले चाँडै धेरै पैसा कमाउने चाहना राख्ने र त्यसको लागि जस्तोसुकै पनि जोखिम मोल्न तयार हुने हुँदा आफू झुक्किने सम्बन्धमा होसियार छ वा छैन ?

नेपाल सरकारको आधिकारिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३ को असार मसान्त सम्ममा ४२,२३,५१४ पुरुष र १,५५,११३ महिला गरी कूल ४३,७८,६५४ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कबाट देखिन्छ। सोही हाराहारीम्ाा नेपाली युवाहरु वैदेशिक रोजगारी विभागमा दर्ता नभई बाहिर गएको आशंका छ।

कानूनतः वैदेशिक रोजगारीमा गएका धेरै युवाहरु बाहेक गैरकानूनी रुपमा वैदेशिक रोजगारमा जाँदा दलालहरुबाट ठगिने, मानव तस्करी तथा बेचविखनमा पर्न सकिने, रोजगारी पाउनको लागि तोकिएको भन्दा फरक वा जोखिमयुक्त काम गर्नुपर्ने धेरै रकम तिर्नुपर्ने, भनिएको भन्दा फरक वा जोखिमयुक्त काम गर्नुपर्ने अवस्था आउने, पक्राउ वा थुनामा पर्ने सम्भावना हुने, दुर्घटना वा अन्य कारणले मृत्यु हुँदा उद्धार गर्न समस्या हुने, रोजगारीको क्रममा शारीरिक, आर्थिक, मानसिक वा अन्य शोषणमा पर्ने जाेिखम हुने र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पाउने आर्थिक सहायता प्राप्त नहुने जस्ता समस्याहरु आर्इपर्न सक्छन्।

स्वदेशमै उद्यम र रोजगार गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने असीम क्षमता बोकेका युवा शक्तिलाई महंगो मूल्यमा राहदानी बनाई सिन्कीको मोलमा वैदेशिक रोजगारको रुपमा युवा जाँदा धेरै दुःखद समाचारहरु आइरहेका छन्। प्रवेशाज्ञा -भिजा) शुल्क नलाउने भनी माग भइआएका धेरै वैदेशिक रोजगारका अवसरहरुमा म्यानपावर कम्पनीले एक देखि डेढ लाख रुपैया उर्ठाई यहाँ रोजगार नपाई विदेशिने बाध्यता भएका गरिब र सिधासाधा नेपाली युवाहरु ठग्ने काम गर्दा पनि सरकार निरीह भई हेरिरहन्छ। सरकारले नियमन कडाइसका साथ लागू नगर्दा व्यवसाय गर्ने भनी दर्ता भएका संस्थाबाट मानव बेचबिखन भइरहेको त छैन – महिलाहरु घरेलु काममा लैजाने भन्दै अवैध यौनधन्दामा लाग्न बाध्य र विवश त छैनन् – कस्ता कामका लागि कामदार माग भएका छन् र कस्ता कामका लागि उनीहरुलाई लगिंदैछ भन्ने कुरामा भन्दा कामदारसँग कति रुकम कसरी असुल्ने भन्ने मात्र कर्मचारीको अर्जुनदृष्टि हुन्छ। नेपाली जाने भनेको धेरै जसो थ्री डी (र्डर्टी डेन्जरस र डिफिकल्ट) काम गर्न हो र जोखिमको मात्रा नहेरी कामदार पठाउन अनुमति दिने मन्त्री पनि कमाउ धन्दा र आगामी निर्वाचनको खर्च जोहो गर्ने मेसोमेलोमा लाग्दा दिनहुँ तीन चारवटा नेपाली युवाका लाशहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्छन्।

अब सकेसम्म युवाहरु स्वदेशमै उद्यम गर्न अग्रसर हुने र त्यसको वातावरण सरकारले मिलाउने काम शुरु गरिहाल्नु पर्दछ। तर वैदेशिक रोजगारीमै जानुपर्‍यो भने आफूले गर्ने कामको बारेमा राम्रोसँग सूचना लिनु पर्दछ। को मार्फत व्यक्तिगत श्रम स्वीकृति आएको हो, सो बारेमा आफू र परिवारमा जानकारी भएको हुनुपर्दछ। बीमादेखि श्रम स्वीकृति लगायतका कागजात समेत राम्रोसँग व्यवस्थित गरी आफूलाई थाहा नभएका कुराहरु सरकारी निकायहरुबाट जानकारी लिनु राम्रो हुन्छ। अनि सबै सावधानी अपनाउँदा अपनाउँदै पनि आफू समस्यामा परेमा नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधीकरण, परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग, विशेष सरकारी वकिलको कार्यालय वा मानव अधिकारका लागि जनमञ्च र यसले सञ्चालन गरेका कानूनी सहायता केन्द्रहरुमा सर्म्पर्क गर्नुपर्दछ। पैसा कमाउने भनेर दलालको फन्दामा पर्नुपूर्व एक पटक चिसो रुमाल तालुमा राखेर सोच्नुहोस्, ‘के म सही माध्यममार्फत वैदेशिक रोजगारीमा जाँदैछु -’ अन्यथा तपाईंको सुनिश्चित भविष्यको चिन्ता अरुले लिइदिएर हुने छैन। आजै सावधानी अपनाउनुहोला। ‘यो अमूल्य मानव चोला त्यसै खेर नफाल’ भन्ने उखान मनन गर्नुहोला।

- वामदेव पौड्याल