हिमनदीमा देखिएको समस्या र समाधान

विगत केही समयदेखि वातावरणमा आएको परिवर्तनसगै  यसले जल हिँउ हिमनदी क्षेत्रमा पनि प्रभाब पार्न शुरु गरेको छ। जसको कारण समयअनुसार मौसममा परिर्वतन देखिएको साथै वर्षाको वदलिदो प्रकृतिसँगै पानीको आपूर्र्ति कम हुदै गइरहेको छ। जलवायु परिवर्तनसँगै सुख्खापन बढ्ने र स्थानीय तहको जलवायु बढी संवेदनशील हुदैँ जानेछ। त्यसैगरी जलवायु परिवर्तनका कारण संसारको छानो मानिने हिमालय क्षेत्र पग्लने र खुम्चिने क्रम बढ्को छ जसले गर्दा हाम्रो पोखराबाट देखिने हिमालहरुमा पनि विगत केही समयदेखि हिउँ क्रमिक रुपमा घटदै गराइरहेको पाइन्छ जसले गर्दा कालो चट्टानको पहाड जस्तो मात्र देखिन थालेको छ।

यसले एकातिर मानव सभ्यतामा बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति निम्त्याउने देखिन्छ भने अकोर्तिर समुद्रको किनारमा वसेका शहरहरु डुब्नसक्ने आशंका जन्माएको छ नदीको पानीको मुहान वा प्रमुख स्रोतहरु रहेका हिमनदीहरु पग्लिसकेपछि नदीहरु सुक्नेछन्। पानिको लागि हाहाकार हुने छ विश्वव्यापी उष्णताकै कारण हिमतलाहरु फुट्ने सम्भावना पनि त्यतिकै प्रवल छ, जसले गर्द किनारका बस्तीहरुमा थप सकट सिर्जनागर्नेछ। यतिमात्रै होइन विश्व व्यापी उष्णताले निम्त्याएको असरसँगै हिमतालहरु फुटिसकेपछि पानीको संकट हुने गर्छ। नदी सभ्यताको अस्तित्व समेत संकटमा पर्न सक्नेछ

जलवायु परिवर्तनले जलाशय र इनारको जलभण्डारलाई पनि प्रभावित पार्नेछ जसका कारण सदियौदेखि मानिस र इनारको जलभण्डारलाई पनि प्रभावित पार्नेछ जसका कारण सदियौदेखि मानिस तथा जीवजन्तुहरुले उपभोग गर्दै अइरहेका पानीका स्रोतहरु प्रभावित हुनेछन्। जसले प्राणी र वनस्पतिहरुको  जीवनलाई संकटतर्फ धकेल्ने छ यसबाट सिंगो मानव समुदायमा तनाव सिर्जना हुनेछ।

जलवायु परिवर्तनकै कारण अन्र्टार्कटिकाको बरफीय तह प्रत्येक वर्ष ३६ क्युविक माइनसका दरले  घट्दै छ। यसैगरी ग्रिनल्याण्डको हिमनदी पहिले सोचिएभन्दा दुर्इगुणा तीव्र रुप्ाले पग्लिएर समुद्रमा मिसिदै छन्। यो शताव्दीको अन्त्यमा तीव्र तापक्रमका कारण अप्रिmका महादेशका एक चौथाई तालहरु सुकने छन्। अन्र्टार्कटिकामा  विश्व्ाकै ९० प्रतिशत बरफको भण्डार रहेको छ। यसको सानो अशं पग्लियो भने पनी विश्वभरिका समुद्रको सतह २० फिट बढ्न सक्छ। हिमाली क्षेत्रमा रहेका हिमालय हिमनदीहरु धमाधम पग्लिदै छन् र कतिपय हिमनदी लोप हुने अवस्थामा पुगिसकेका छन्। यी सबै स्वच्छ पानीको स्रोत भएकाले भविष्यमा खानेपानीको ठूलो संकट आउन सक्नेछ। हिमालयका हिमनदीहरु तथा समुद्री बरफ पग्लनाले समुद्र सतहमा वृद्धि भएको छ।

सन् १९६१ स २०१५ को समय अवधिमा समुद्र सतह औषत १.८ मिलिमिटर प्रति वर्षको दरले बढेको छ यसले गर्दा माल्दीभ्स ,टुभालु, समोआ जस्ता टापु देशहरु निकट भविष्यमा लोप हुने अवस्थामा पुगेका छन् विश्वका हुने ठाँउमा बढी पानी पर्न थालेको छ भने कतै पानी कम पर्ने र लामो समयको खडेरी पर्न थालेको छ।

नेपालको दक्षिणी सीमानामा रहेको भरताको उत्तरी क्षेत्र र गंगोत्तरीमा र नेपालको उत्तरी सीमानामा रहेको चीनतर्फ रहेको बरफको मात्रा पनि प्रत्येक वर्ष तीव्र गतिमा घटिरहेको छ। जसले सिंगो मानव समुदायलाई प्राकृतिक विपत्तितर्फ धकेलिरहेको छ । तापक्रमका वृद्धिले गर्दा हिमालको हिँउ तथा हिमनदी पग्लिएर हिमतालहरुको संरचना र आकार बढ्दै गएको छ। एक अध्ययन अनुसार ४ ड्रि्री सेलिसयस तापक्रम बढ्ने हो भने नेपालका सारा हिमनदीहरु विलाएर जानेछन्।

हिमनदी छिटो पग्लनाले हिमतालमा धेरै मात्रामा पानी जम्मा हुन जान्छ यस्तो परिवेशमा कुनै पनी बखत ती ताल फुटेर बाढी आउन सक्छ नेपालमा ५ ओटा  हिमतालहरु फुटिसकेका छन भने २० ओटा फुट्ने तयारीमा छन् यी फुटेको अवस्थामा नेपालको धेरै ठूलो धनजनको नोक्सानी हुनसक्छ। त्यसकारण हामीले समयमा यसलाई समाधान गर्न सकिएन भ्ान्ने नेपाल मात्रै होइन विश्वले नै ठूलो क्षतिको सामना गनुपर्ने छ। जसले गर्दा यसको जलवायु परिर्वतन एउटा जटिल समस्या भएको हुदाँ यसको रोकथामको लागी विश्वभरिका मानिसहरु एकजुट हुनु पर्ने बेला आएको छ।

जलवायु परिवर्तन कै कारण विभिन्न समस्याहरु आउने हुदाँ यसलाई समाधान गर्नको लागि विकसित राष्ट्रहरुले आफनो हरितगृह ग्यास उर्त्र्सजनमा कमी ल्याउनु पर्ने र स्वच्छ ऊर्जा संयन्त्र व्यवस्था एवं प्रयोगमा विशेष जोड दिनुपर्ने हुन्छ। ऊर्जाको लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवं कोइलाको  प्रयोग कम गर्नु पर्छ र नवीकरणीय ऊर्जा, सौर्य ऊर्जा र जलविद्युत ऊर्जाको प्रवर्धन गरी उपयोग गरिनु पर्छ। वोटविरुवाले वायुमण्डलमा भएको कार्वनडाइअक्साइड  ग्यास सोस्ने हुनाले बनजंगलको संरक्षण गरी नाङ्गो  जमीनमा वृक्षारोपण गर्ने र सीमसार क्षेत्रको उचीत व्यवस्थापन गर्नुपर्छ कलकारखाना तथा उद्योगधन्दामा कुशलता पूर्वक इन्धनको प्रयोग गर्ने र वायोग्यास, वायुशक्ति, जल विद्युत जस्ता स्वच्छ ऊर्जाको प्रवर्धन गर्न र प्राङ्गारिक खेतीको विकास र विस्तार गर्ने विविध प्रविधिहरु अपनाउन सकियो भने मात्र यसप्रकारको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।

अहिले विश्वभरीनै जलवायु परिवर्तन र यसले निम्त्याउन सक्ने नराम्रो असरहरुको वारेमा व्यापक चासो वढ्नुको साथै छलफल र वहसहरु सुरु भएको छ। जलवायु परिवर्तनका समस्याहरु निकै सम्वेदनशील छन्। अरु विकशित देशहरुको तुलनामा नेपालले हरित गृह ग्याँस नगन्य मात्रामा निकाले पनि नेपालले जलबायु  परिवर्तनमा नकारात्मक प्रभावहरु  भोग्न थालिसकेको छ। नेपालको औसत तामक्रम प्रतिवर्ष ०.०६ ड्रि्री सेलिसयसको दरले वृद्धि भइरहेको छ। जटिल भूवनोट सम्वेदनशील प्राकृतिक अवस्थाको कारण नेपाल विशेष जोखिममा छ। जसले पृथ्वीको मानवीय  प्रकृतिको सन्तुलन विगारी धेरै मानवीय समस्याहरु निम्त्याउन सक्छ । हामी र हाम्रै क्रियाकलापहरुको कारणले जलवायु परिवर्तनको समस्या सिर्जना भएको हो । त्यसैले यसको समाधानको लागि आजैवाट हामीले काम थाल्नु पर्ने भएको छ।

- दिपेन्द्र सिंह लामीछाने