हिन्दूस्तान सरकार र थिड्ढट्याड्ढहरूको निहित धारणा

हिन्दूस्तानका बुद्धिजीवी (थिड्ढट्याड्ढ) हरू र सरकार चलाउने नेताहरूको धारणाले विगतको उपनिवेशवादी व्रिटिश इन्डिया सरकारकै पैतृक सम्पत्ति प्राप्त गरे जस्तै गरी आजको मानवता र मानव अधिकार स्थापित भएको एक्काइसौं शताब्दीमा पनि नेपाल र नेपालीप्रति अर्ध उपनिवेशवादी उही व्रिटिश सरकारको नियत राखेका छन्।

व्रिटिश इन्डिया सरकारले नेपालका तत्कालीन राणा शासकहरू माथि जस्तो हैकम जमाएको थियो, त्यही हैकम आजसम्म पनि नेपाल माथि कायमै छ भनेमा अतिशयोक्ति हुँदैन। फरक यति मात्र हो कि त्यो उपनिवेशवादी शासकले हाकाहाकी हैक जमाउँथ्यो भने अहिले लोकतन्त्रवादको खोल ओढेर अहिलेको लोकतन्त्रवादी हिन्दूस्तानी सरकारले कुटनीतिक चालेले हैकम जमाएको छ।

बरु स्मरणीय कुरा के छ भने त्यो बेला व्रिटिश इण्डियाले सिमानाको नेपालको भूमि मिच्दैनथ्यो भने, आजकाल नेताहरूलाई अप्रत्यक्ष रुपले उक्साएर, सिमानाका ठूलाठालू हिन्दूस्तानीहरूद्वारा ठाडै नेपालको भूमि हडपेको छ। तर हिन्दूस्तानको प्रान्तीय र केन्द्रीय सरकार थाहा नपाएझैँ गरेर चूप लागी बसेका छन्। यो रवैया कहाँ सम्मको नैतिकता र मानवसभ्यता रहित व्यवहार हो ? विश्वले बुझेको छ।

यस सर्न्दर्भमा, हिन्दूस्तान सरकारले नेपाललाई हृयाकुला मिचाइ गर्नुको आधार के होला भनी भित्रसम्म पुगेर विचार गर्दा पहिलो कुरा नेपालको तथाकथित राष्ट्रियता, नेपाली भाषा, हिन्दू धर्म र संस्कृतिको एकाधिकारी चरित्र हो भन्ने देखिन्छ। त्यसमाथि विगतको राणा सरकार र पञ्चायती सरकारले लिएको सत्तामुखी नियत र व्यवहार हो भन्ने पनि प्रस्ट देखिन्छ। त्यसैको आधारमा विश्वहिन्दू संगठनका हिन्दूस्तानी अगुवा र भाजपाका नेताहरूले नेपाल राजनीतिक रुपले छुट्टै देश देखिए पनि सामाजिक संस्कार-सांस्कृति, धर्म र भाषा एउटै हुनु वा मूल स्रोत एउटै भएकोले राष्ट्रियताको सम्बन्धमा हिन्दूस्तान र नेपाल हिन्दूराष्ट्र हो।’ भन्दछन्।

यसलाई विगतका नेपाल सरकारहरूले पनि आफ्नो सत्ता स्वार्थ सफल पार्न भित्रभित्रै समर्थन र प्रोत्साहन गरेका थिए र अहिले पनि सरकार चलाउने वरिष्ठहरूले गरिरहेका छन्। देश चलाउनेहरू नै यस्तो भएपछि नेपालको भित्री र बाह्य सार्वभौमिकताको रक्षा कसरी हुन सक्छ – नेपालको खास मौलिक राष्ट्रियता कसरी देखिन्छ   र – त्यसैले आफ्नो हैकमी अख्तियार जारि राख्ने स्वार्थले नेपालको सावैभौकिता र राष्ट्रियतालाई हिन्दूस्तान सरकारले ओझेलमा पारेको पारेकै छ।

नवलपरासीको सुस्तामा १४ हजार ५ सय हेक्टर जमिन, दार्चुलाको कालापानी लिम्पियाधुराको ३६ हजार जमिन मिचेको मिचेकै छ। राजा महेन्द्रले प्रथम जनप्रतिनिधि सरकारलाई २०१७ पौष १ गते सैनिक कु गरी हटाएर पञ्चायती निर्दलीय व्यवस्था लागु गरे। त्यही पञ्चायती व्यवस्थालाई हिन्दूस्तानले मौन समर्थन प्राप्त गरेर निरन्तरता दिइ राख्ने उद्देश्यले नेपालको काला पानीमा हिन्दूस्तानी सेनालाई तैनाथ गर्न दिएर हिन्दूतानलाई खुसी पारे।

नेपालको २००७ सालको पहिलो जनआन्दोलन हुँदाको पूर्वसन्ध्यामा जनआन्दोलन असफल पार्ने नियत लिएर हिन्दूस्तान सरकारको चाकडी गरी सन् १९५० मा राणा प्रधानमन्त्री मोहन शमशेरले गरेको असमान सन्धि र सुगौली सन्धि माथि पनि युगको माग अनुसार पुनः विचार गर्नर्र्े कुरालाई हिन्दूस्तान सरकारले कुटनीतिक चालमात्र गर्ने तर निहित स्वार्थ राखेर निरक्यौलमा आउन चाहेको छैन।

उदाहरणका लागि गएको वर्ष नेपाल र हिन्दूस्तानको तर्फबाट ५/५ जना विद्वान विज्ञहरू, थिङ्कट्याङ्कहरू नियुक्त गरी नेपाल र भारतको यावत समस्याहरू सौहार्दपूर्ण वातावरणमा समाधान गर्ने निरक्यौल निकाल्ने उद्देश्य राखेको थियो। तर पटक पटक बैठक बस्दा पनि अहिलेसम्म कुनै निर्णयमा पुग्न सकेको छैन। नेपालको प्रतिनिधि समूहका संयोजक भेष बहादुर थापाले दुर्इओटै सरकारलाई हामीले प्रतिवेदन तयार पारेर दिने हो। तर समस्या समाधान गर्ने दुवै सरकारको काम हो भनी जिम्मेवारी पन्छाउने मात्र नियत राखेको देखिन्छ। तर प्रतिवेदन तयार पारेर दिएका छौं’ भन्ने कुरा नै गर्दैनन्। अतः प्रतिवेदन तयार पारेको हो वा होइन केही स्पष्ट बुझिँदैन।

उता हिन्दूस्तान पक्षका प्रतिनिधि समूहका पि.के. लामाले पत्रकारसँगको भेटघाटमा नेपाली पक्षले भूमि फिर्ता गर्ने कुरा उठाउन सकेन भनेका छन्। यसबाट के देखिन्छ भने हिन्दूस्तान सरकारको नियत कालक्रम लम्ब्याएर स्वाभिमानी नेपाली जनमानसको हिन्दूस्तान विरोधी आवाजलाई तत्काल थामथुम पार्ने प्रयास मात्र देखिन्छ भने सरकारमा जो आए पनि जनतालाई झूटो आश्वासन दिएर आशामा झुण्ड्याई राख्ने र आफ्नो कार्यकाललाई टिकाइ राख्ने व्यक्तिगत साथै पार्टीत स्वार्थ सफल पार्ने नियत नेपाल सरकारको देखिन्छ।

यसको लागि नेपालका नेताहरू सत्तामा बसुन्जेल हिन्दूस्तानलाई रिझाइ राख्ने र आफ्नो अभिष्ट पूरा गर्ने मात्र अभिलाषा राखेको बुझिन्छ। यस्ता उदाहरणहरू थुप्रै छन्। तर ठूला पार्टीभनिएका नेपाली काँग्रेस, माओवादी एकता केन्द्र र एमाले जसले पालैपालो सरकारमा पुगेर राज्य चलाएका छन् ; तिनीहरूको एकएक ओटा उदाहरण दिइन्छ।

पहिलो तत्कालीन प्रधानमन्त्री प्रचण्डज्यूको उदाहरण लिऊँ, विगतमा हिन्दूस्तानका  राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा अधिराज्य भरि राष्ट्रिय विदा दिएर प्रणव मुखर्जीको प्रशंसा गरी हिन्दूस्तानको चाकरी गर्नु हो। दोस्रो, नेपालका राष्ट्रपति विद्यादेवीको हिन्दूस्तान भ्रमणमा जाँदा समानता र सहअस्तित्वको आधारमा हिन्दूस्तान सरकारले विदा नदिनु, तथा त्यसप्रति एमालेले केही पनि टीका टिप्पणी समेत नगर्नु र साथै गएको बुद्ध पूणिर्माको अवसरमा श्रीलङ्का सरकारले विश्व बौद्ध सम्मेलनमा उद्घाटनका प्रमुख अतिथि भएका प्र.म. नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउँदा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने कुरालाई त्यो सम्मेलनमा नदोहोर्‍याउनु। बौद्ध सम्मेलनमा नेपालप्रति साच्चै त्यस्तो सद्भाव देखाउन गरीे स्मरण गर्नु पथ्यो। तर बुद्धको नाम त के नेपालकै पनि नाम नलिएर नेपालप्रतिको आफ्नो कलुषित निहित स्वार्थ देखाए।

त्यस्तो परिस्थितिमा सम्मेलनको समापन समारोहका प्रमुख अतिथि भएका हाम्रा माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बुद्ध जन्मेको देश नेपाल हो भनी सम्झाउनु पर्ने थियो। केवल सगरमाथाको देश मात्र भन्नु भयो। यी सबै कुरा हिन्दूस्तानको अगाडि नतमस्तक हुने र आफ्नो पद र पार्टीको ‘छवि अमर राख्ने शैली देखिन्छ। त्यही कुरा वर्तमान प्रधानमन्त्री देउवाले आफू प्र.म. भएको उपलक्ष्यमा पहिलो निम्तो पाएर हिन्दूस्तानको भ्रमणमा जाँदा त्यहाँको प्र.म. मोदीले नेपालको आन्तरिक मामिलाको विषयवस्तु संविधान संशोधनको उल्लेख गर्दा देऊवाले नेपालमा संविधान संशोधनको अभियान निरन्तर अघि बढ्ने छ भन्ने अभिव्यक्ति दिनु पनि दुवैको कुनियतपूर्ण कुटनीतिक भाषामा बुझ्ने र बुझाउने शैली प्रष्ट भएको छ।

साधारण जनभाषामा यसलाई तिमीले भनेको कुरामा म मन्जुर गर्छु भनी चाकरी बजाएको अर्थ लागेको छ। जसलाई कुलुषित नियतको सर्न्दर्भमा कुटनैतिक सभ्य र शिष्ट भाषा भनिएको छ, त्यस्तो भाषा अभिव्यक्ति र क्रियाकलाप नेपालका प्रबुद्ध विद्वान थिङ्कट्याङ्कहरूबाट पनि व्यक्त भएको पाइन्छ। नेपालीहरूको यो कस्तो नियति भए छ ∕

यसरी छिमेकी देशले पनि नेपाल र नेपालीको सार्वभौकितामाथि हैकम जमाउने र समाजका बुद्धिजीवी नेता, अगुवा र सरकारहरूले पनि सार्वभौमिकताको  नाममा आफ्नो मात्र स्वार्थ पूरा गर्ने तर नेपाल र नेपालीको स्वतन्त्रता, गौरव र गरिमालाई ओझेलमा पारेर आफ्नै स्वार्थ पूरा गर्ने यो कस्तो नियति नेपाल र नेपालीको हुन गएछ ∕

यो नियतिलाई निर्मूल पार्न को आउला – भन्ने प्रश्न र पिरलो मनमस्तिष्कमा रहिरहेको बखत कालो बादलमा पनि सेतो चाँदीको घेरा देखिन्छ भने झैं हिन्दूस्तानी नेता र थिड्ढट्याड्ढहरुको हेपाईले युवावर्गमा नेपाली मौलिक राष्ट्रियताप्रति बढिरहेको चेतना र आजका किशोर किशोरीहरूलाई त्यो चाँदीको घेराको रुपमा देख्छु र शान्त्वना लिन्छु। तर यिनीहरू आजका राजनैतिक नेता मात्र होइन सामाजिक आर्थिक अगुवा र बुद्धिजीवी, व्यापारी उद्योगपति कर्मचारी आदि व्यक्ति र समाजले बनाएको भ्रष्ट वातावरणबाट र जीवनशैलीबाट बच्नु पर्छ; र त्यसको विपरीत सकारात्मक, अहिंसात्मक तथा इमान्दार बुद्द्धिजीवी जीवनशैली विकास गर्नुपर्छ। त्यसबेला पक्कै पनि नयाँ नेपालको रूप देखिने छ। त्यसमा आजका युवा, किशोरी र किशोरहरू सधैँ सजग रहून्।

- डा. गेहेन्द्र मान उदास "पोखरेली"